• Tuesday, May 13, 2025

एक्सक्लुसिभ समाचार

राष्ट्रपति पौडेलबाट कांस्य पदक विजेता पलेशालाई सम्मान; पलेशा काठमाडौँ महानगरबाट पाँच लाख रुपियाँसहित सम्मानित

काठमाडौँ, भदौ १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ । शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमकाबिच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । राष्ट्रपति पौडेलले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा […]


मौलिक हकलाई कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ, भदौ १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्गलबार आयोजित लैङ्गिक समावेशीकरणसम्बन्धी एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरूको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको संविधानले […]


कांग्रेस-एमाले गठबन्धनले जनतामा आशा जगायो : महासचिव पोखरेल

गोविन्द शर्मा / बाँके, भदौ १७ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता गठबन्धन भएपछि आम जनतामा नयाँ किसिमको आशा र उत्साह देखिएको बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरूको क्षमता विकास सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रमको सोमबार बर्दियाको ठाकुरद्वारामा उद्घाटन गर्दै महासचिव पोखरेलले […]


मन्त्रिपरिषद् बैठकका १८ निर्णय; बहुक्षेत्रिय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरणको २५ मिलियन युरो सहायता स्वीकृत

काठमाडौँ, भदौ १६ गते । भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय आइतबार सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरु : १. बहुक्षेत्रिय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनको लागि युरोपियन युनियनबाट प्राप्त […]


मुलुकमा विगतजस्तो हिंसा सम्भव छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ १५ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कहिल्यै पनि विगतको जस्तो हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने बताउनुभएको छ । क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तकको विमोचन कार्यक्रमलाई शनिबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले श्रीलङ्का वा बङ्गलादेशको जस्तो अवस्थाबाट सिक्न भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ […]


नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौँ, भदौ १४ गते । नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा […]


राष्ट्रपतिद्वारा टीआरसी विधेयक प्रमाणीकरण; अमेरिकासहित १० देशद्वारा विधेयकको स्वागत

काठमाडौँ, भदौ १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । ‘‘राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को […]


सार्वजनिक ऋण सरकारको काबुभित्रै छ, ऋण लिँदा होसियार हुनुपर्छः अर्थमन्त्री पौडेल

काठमाडौँ, भदौ १२ गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक ऋण सरकारको काबु भन्दा बाहिर नभएको बताउनुभएको छ। बुधबार प्रतिनिधि सभा बैठकमा वित्तीय उत्तर दायित्व ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो। उहाँले मुलुकको सार्वजनिक ऋण २४ खर्ब पुगे पनि राज्यको काबु भन्दा बाहिर नभए […]


चार अर्ब १९ करोडको विद्युत् निर्यात

काठमाडौँ, भदौ ११ गते । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा चार अर्ब १९ करोड रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपियाँ आम्दानी गरेको छ । साउनमा दैनिक रुपमा १३ करोड […]


छिमेकी मुलुकसँगका समस्याबारे खुलस्त संवाद गरेर समाधान गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौँ, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकका बिचमा यदाकदा समस्याहरू देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने बताउनुभएको छ । पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter