एक्सक्लुसिभ समाचार

बाथ मुटुरोगको निःशुल्क शल्यक्रिया सुरु

काठमाडौँ, १ फागुन । बाराका १५ वर्षीय बाथ मुटुरोगी आर्यन अन्सारीको आज सहिद गङ्गालाल हृदय केन्द्रमा निःशुल्क शल्यक्रिया गरी मुटुको भल्ब फेरिएको छ । सरकारले आजैबाट १५ वर्षभन्दा माथि ७५ वर्षमुनिका बाथ मुटुरोगीको उपचार, शल्यक्रिया, औषधिलगायतका सेवा निःशुल्क गर्ने व्यवस्था गरेको थियो । सो व्यवस्थाबमोजिम अन्सारीले शल्यक्रियालगायतका उपचार निःशुल्क पाउनुभएको हो । स्वास्थ्य मन्त्री गगनकुमार […]


ऊर्जाले भन्यो – आयोजना अध्ययन गर्न अष्ट्रेलिया होइन, माथिल्लो तामाकोसी जाऊ

काठमाडौँ, २८ माघ । ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भएपछि ऊर्जाले सो निर्देशन दिएको हो । मुलुकभित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना निर्माणको चरणमा रहेको […]


बन्चरे डाँडामा दीर्घकालीन फोहर विस्थापनस्थल विकास गरिने

काठमाडौँ, २७ माघ । नुवाकोट र धादिङको सिमाना बन्चरे डाँडामा दीर्घकालीन फोहर विस्थापनस्थल विकास गर्ने सहमति भएपछि ओखरपौवा डम्पिङसाइट समन्वय सङ्घर्ष समितिले आज विरोधका कार्यक्रम स्थगन गरेको छ । यहाँ आज काठमाडौंँ महानगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र सङ्घर्ष समितिका तर्फबाट अध्यक्ष विश्वास डिसीलगायतबीच बसेको बैठकमा सो सहमति भएपछि आगामी विरोधका कार्यक्रम स्थगन गरिएको […]


स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी

बागलुङ, २६ माघ, स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लामा हालसम्म एकहजार २७ जना बिमितले उपचार सेवा लिएका छन् । जिल्लाभित्रकै स्वास्थ्य संस्थामा सेवा लिने ९०३ र अन्यत्रबाट लिने १२४ जना रहेका छन् । स्वास्थ्य संस्थाबाट सामान्यदेखि जटिल उपचारसम्मको सेवा बिमित सदस्यले पाएका छन् । स्वास्थ्य बिमा कार्यक्रम बागलुङका अनुसार सबैभन्दा बढी सेवा धवलागिरि अञ्चल अस्पतालबाट ५६२ जनाले […]


विदेशबाट फर्किएर उद्यमी बनेकालाई पुरस्कृत गरिने

काठमाडौँ, २५ माघ । तपार्ई वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यमी बन्नु भएको छ भने तपाईलाई सरकारले पुरस्कार र सम्मान गर्ने कार्यक्रम ल्याएको छ । वैदेशिक रोजगारीमा सिकेको सीप र आर्जन गरेको पैसाबाट स्वदेशमा फर्किएर उद्यमी बनेकालाई श्रम तथा रोजगार मन्त्रालयले एक जनालाई रु एक लाखको उत्कृष्ट उद्यमी पुरस्कार र छ जनालाई रु ५० हजारका दरले […]


हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान फागुनमा

काठमाडौँ, २४ माघ । हरेक वर्ष सञ्चालन हुँदै आएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन अभियान यो वर्ष आगामी फागुन २१, २२ र २३ गते सञ्चालन हुने भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लाका एक करोड पाँच लाखलाई सो रोगविरुद्वको औषधि खुवाउन लागेको हो । ती जिल्लाका दुई वर्षभन्दा […]


अर्गानिक तरकारी खेती र बाख्रापालनबाट वार्षिक ४० लाख

मीना घोरसाइने / काभ्रे, २३ माघ । सङ्खुवासभा घर भई काभ्रेको बालुवापाटी–२ रोहिणीमा नगरकोट एग्रिकल्चरल रिसर्च फार्मको नामबाट फार्म दर्ता गरी काम गर्दै आउनुभएका देवी सिलवाल उदाहरणीय व्यक्ति हुनुहुन्छ । उहाँले अर्गानिक तरकारी खेतीबाट वार्षिक रु ४० लाख आम्दानी गर्दै आउनुभएको छ । ४७ वर्षीय सिलवालले करिब १५ वर्षसम्म दुबईको एक प्रतिष्ठित होटलमा व्यवस्थापको जिम्मेवारी […]


दाइजोमा लैनो भैंँसी दिन नसक्दा बेहुली अमृताको सिन्दूर पुछियो

गोपाल प्रसाद बराल / बर्दिवास, २२ माघ । ‘गरिब के कोनो जिन्गी अई हुजुर’ (गरिबको कुनै जिन्दगी हुन्छ र हजुर) कुटुम्बले मागेजति दाइजो दिन नसकेपछि विवाह गरेपनि छोरी बेहुली भएर दुलाहा घर जान नपाएकी घटनाले आहत भएका महोत्तरी र्बिर्दवास–८ फूलबारी बस्तीका ५५ वर्षीय रामप्रकाश कापर अहिले सबैसँग यस्तै बिलौना गरिरहेका भेटिन्छन् । गत माघ ९ […]


खिम्ती–ढल्केबर प्रसारण लाइन आएपछि भोल्टेजको समस्या समाधान

रमेश लम्साल / काठमाडौँ, २१ माघ । नेपालको विद्युत् प्रसारण प्रणाली एकीकृत हुन नसक्दा भोल्टेजलगायतका समस्या व्यहोर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । खिम्ती–ढल्केबर र हेटाँैडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन प्राधिकरणको केन्द्रीय प्रसारण लाइनसँग जोडिएपछि भोल्टेजमा देखिएको उतारचढाव कम भएको छ । ढल्केबरबाट आयात भएको विद्युत् प्रवाहका लागि विभिन्न चारवटा प्रसारण लाइन एकीकृत रुपमा सञ्चालनमा आएपछि भोल्टेजको समस्या […]


अदुअआलाई फैसला भएका मुद्दामा ६० प्रतिशत सफलता

काठमाडौँ, १९ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आव २०७२÷ ७३ को वार्षिक प्रतिवेदन आज पेस भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा आयोगका कावा प्रमुख आयुक्त दीप बस्न्यातले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धनको दिशामा सम्पादन गरेका कार्य समेटिएको आयोगको छब्बिसाँै वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । आयोग र मातहतका […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter