एक्सक्लुसिभ समाचार

चेपाङहरु पहिले बाध्यताले गिठा भ्याकुर खान्थे, अहिले रहरले

नारायण ढुङ्गाना / चितवन, ७ कात्तिक । शिक्षक बन्ने धोको बोकेका यस जिल्लाकै विकट गाविस लोथरका १४ वर्षीय गणेश चेपाङ तीन वर्षअघिसम्म जङ्गलमा घाँस दाउरा गर्ने, गिठा भ्याकुर र च्याउ खोज्ने गर्थे । कहिले बुबाआमासँग त कहिले उनी एक्लै पनि जान्थे । कुनैबेला जङ्गली गिठा खोजेर नल्याए बेलुकी भोकै सुत्नु पथ्र्यो । विद्यालय छाडेर जङ्गल […]


रेमिट्यान्सले फेरियो दलित बस्तीको मुहार

बेनी, ६ कात्तिक : घरमा आर्कषक टिभी, गोठमा दुहुनो भैसी र बैंकमा पैसा। केही वर्ष अगाडिसम्म म्याग्दीको पुलाचौर पुरुन्नेका दलित समुदायलाई यो सपना जस्तै लाग्थ्यो। आर्थिक अवस्था कमजोर भएकै कारण दैनिक ज्याला मजदुरी गरेर घरखर्च चलाउने गरेका बेनीनगरपालिका–११ पुरुन्नेका दलितको दैनिकीमा अहिले परिवर्तन आएको छ। गाउँबाट धमाधम वैदेशिक रोजगारमा जानेको लर्को लाग्न थालेपछि पुरुन्नेवासीको हातमा […]


अब सौर्यबत्तिले काठमाडौँका मुख्य सडक झिलिमिली हुने

काठमाडौँ, ५ कात्तिक । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रु २० करोड ५७ हजारको लागतमा सौर्यबत्ती जडान प्रक्रिया अघि बढेको छ । काठमाडौँ महानगरपालिकाले तीन भागमा विभाजन गरी एक वर्षभित्र एक हजार ८५ खम्बामा कामपाले आगामी एक वर्षभित्र उपत्यकाका प्रमुख सहरमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत सौर्यबत्ती जडान गर्न लागेको हो । । उक्त कार्यका लागि […]


एडिबीका परियोजनालाई गति दिन जोड

काठमाडौँ, ४ कात्तिक / एसियाली विकास बैंक (एडिबी)ले लगानी गरेका परियोजनाको कार्य प्रगति सन्तोषजनक हुन नसकेकाले सुधारका लागि सबै पक्षले कडाइका साथ कार्यान्वयनमा ध्यान केन्द्रित गर्न जोड दिइएको छ । एडिबीले बिहीबार अर्थ मन्त्रालयमा आयोजना गरेको त्रिपक्षीय समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनका अनुसार एडिबीको लगानी रहेका कुल ३२ परियोजनाको कार्य प्रगतिमा सुस्तता आएको छ । एडिबीका […]


संविधान संशोधनको मस्यौदा अन्तिम चरणमा पुगेको छ –प्रचण्ड (प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ)

काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’ले संविधान संशोधनको मस्यौदा अन्तिम चरणमा पुगेको बताएका छन् । बुधबार व्यवथापिका संसदमा संवोधन गर्दैं प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन । उनले समस्या समाधानका लागि औपचारिक भन्दा पनि अनौपचारिक छलफल बहसका जोड दिएको बताए । प्रधानमन्त्री प्रचण्डले तिहार र छट सम्म सत्तापक्ष , प्रतिपक्ष र आन्दोलनकारी […]


अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि विधेयक स्वीकृत

काठमाडौँ, २ कात्तिक । व्यवस्थापिका– संसद्को आजको बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक,२०७२ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याणमन्त्री पुष्पकमल दाहालका तर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशङ्कर नायकले सो विधेयक सदन समक्ष प्रस्तुत गरेका थिए । अपाङ्गता सम्बन्धी विधेयकको सैद्धान्तिक पक्षमाथि भाग लिँदै नेकपा ९एमाले०का डा वङ्शीधर मिश्रले […]


पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै अन्नपूर्ण सेरोफेरो (आलेख)

वासुदेव पौडेल / पोखरा, १ कात्तिक । पर्वतीय पर्यटनका लागि विश्वमा नै आफ्नो विशिष्ट पहिचान बनाउन सफल अन्नपूर्ण सेरोफेरो क्षेत्र पदयात्राका लागि विशिष्ट गन्तव्य बन्दै गएको छ । नेपालका विभिन्न पदमार्गमध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्य हेर्ने र पदयात्रा गर्ने लालसा बोकेर यस क्षेत्रमा पर्यटक आउने गरेका छन् । अघिल्लो […]


एक खर्ब ३४ अर्बको खाद्यान्न आयात

राजाराम कार्की / काठमाडौँ, ३० असोज । सरकारले खाद्यवस्तु उत्पादनमा जोड दिँदै आएपनि यसको आयात भने बढ्दो छ । आर्थिक वर्ष २०७२÷७३ मा मात्र सबै प्रकारका गरी कूल रु एक खर्ब ३४ अर्बको खाद्यवस्तु आयात भएको छ । खाद्यान्नमा गहुँ र कुखुराको मासुबाहेक मुलुकको माग स्वदेशी उत्पादनले धान्दैन । खानेबानीमा सुधार नहुँदा चामलको आयातदर वृद्धि […]


प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

कृष्ण अधिकारी / गोवा (भारत), २९ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण यसै वर्ष उपयुक्त समयमा गर्ने वचन दिनुभएको छ । ब्रिक्स सम्मेलनमा भाग लिने क्रममा यहाँ आउनुभएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सीबीच भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपाल भ्रमणका लागि उहाँलाई पुनः निम्तो दिनुभएको थियो । परराष्ट्रमन्त्री डा प्रकाशशरण […]


भैरहवा विमानस्थल विस्तार र निजगढमा जग्गा अधिग्रहणका लागि काम हुँदै

काठमाडौँ, २८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनबहादुर शाहीले सात प्रदेशमा पर्यटन पूर्वाधार विकासका लागि गुरुयोजना तयार भइरहेको जानकारी दिनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले भैरहवा विमानस्थल विस्तार र निजगढमा जग्गा अधिग्रहणका लागि काम अगाडि बढेको बताउनुभयो । कार्यक्रममा नेकपा (एमाले) का नेता लालबाबु पण्डितले मुलुकमा विद्यमान समस्या […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter