एक्सक्लुसिभ समाचार

मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह; प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

काठमाडौँ, २८ असार । नेपाली काँग्रेस र नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट राजीनामा दिई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)ले आज वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछि काँग्रेसको दृष्टिकोणका बारेमा नेता विमलेन्द्र निधिले सत्ता साझेदार दलले सरकारबाट समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री […]


मलेसिया जाँदा रु १० हजार बढी तिर्न कामदार बाध्य

किरण भट्टराई / काठमाडौँ, २७ असार । बिचौलियाको चलखेल र सरकारी उदासीनताका कारण मलेसिया जाने नेपाली कामदारले प्रतिव्यक्ति झन्डै रु १० हजार बढी शुल्क तिर्न परिरहेकोे छ । भिएलएन नेपाल, बायोमेट्रिक, माईग्राम, आइसिएसजस्ता संस्थामार्फत कामदारमाथि थप आर्थिक भार थोपरिरहे पनि यो मामिला हेर्ने निकाय श्रम तथा रोजगार मन्त्रालय, मलेसियास्थित नेपाली दूतावास र संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध […]


भ्रष्टाचारमुक्त र स्वच्छ न्यायपालिका बनाउँछु : प्रधानन्यायाधीश कार्की

कालिका खड्का / काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद्, संसदीय विशेष सुनुवाइ समितिले कामु प्रधानन्यायाधीश सुशीला कार्कीलाई सर्वसम्मत रुपमा प्रधानन्यायाधीशमा अनुमोदन गरेको छ । सुनुवाइपछि निर्णय सुनाउँदै समितिका सभापति कुलबहादुर गुरुङले कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको बताउनुभयो । कामु प्रधानन्यायाधीश कार्कीले सुनुवाइ समितिमा न्यायलय भ्रष्टाचारमुक्त गरी स्वच्छ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफूले पछिल्लो समयमा गरिब र […]


पर्या –पर्यटन प्रवद्र्धनमा जोड

कावासोती, २५ असार । नवलपरासीमा पर्या पर्यटन प्रबद्र्धनको प्रशस्त सम्भावना रहेकाले सरोकारवाला निकायले ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र, महाभारत पर्वत श्रृखला र थुप्रै ताल तलैया भएकाले नवलपरासीलाई पर्या–पर्यटनको जिल्लाको रुपमा चिनाउन सकिनेमा सहभागीहरुले जोड दिएका हुन् । नेपाल पर्यटन पत्रकार मञ्च नवलपरासीले कावासोतीमा आयोजनामा गरेको दुई दिने […]


भानुजयन्तीका अवसरमा कविगोष्ठी

मोरङ, २५ असार । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा शुक्रबार दिउँसो विराटनगरमा प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ । भानुकला केन्द्र र भानु मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सुमित्रा भट्टराई प्रथम, मञ्जरी घिमिरे द्वितीय तथा सरिता तुलाधर र जीवन बोगटी तृतीय हुनुभयो । साहित्यकार राधिका गुरागाईं र मीनकुमार नवोदितको निर्णायक समितिले पुरस्कृत कविको […]


सीपले दिएको अवसर : बारटेन्डरमा जम्दै नेपाली युवा

सिबी अधिकारी / काठमाडौँ, २३ असार । वैदेशिक रोजगारी भन्नासाथ सबैले दुःख पाउँछन् भन्ने छैन । सीप र जाँगर भए पैसा मात्र होइन सम्मानित बन्ने अवसरसमेत पाउँछन् । कर्मशील यस्तै नेपालीले आफ्नो इमान्दारिता र मिहिनेतले युरोपमा आफ्नो पहिचान र गौरवलाई बढाइरहेका छन् । झापा जिल्लाको भद्रपुर–२ का ३४ वर्षीय राजु आलेमगर तिनै प्रतिनिधि पात्र हुन् […]


विशेष नमाज पढेर इद उल फित्र मनाइँदै; राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुद्वारा इदको शुभकामना

काठमाडौँ, २३ असार । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइँदैछन् । खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन आज बेलुकी चन्द्रमा देखिएपछि भोलि इद […]


नेता कोइरालाको अवस्था गम्भीर तर स्थिर

काठमाडौँ, २२ असार । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि ओम अस्पतालमा गएराति ८ बजे भर्ना हुनुभएका नेता कोइरालाको अवस्था बिहान ५ बजे गम्भीर भएको थियो । बिहान बान्ता भएपछि सर्किएको र फोक्सोको निमोनियाका कारण एक्कासी स्वास्थ्य अवस्था […]


‘साहित्यकार झमक निर्भीक’

काठमाडौँ, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार झमक घिमिरे निर्भीक व्यक्तित्वका रुपमा स्थापित भएको बताउनुभएको छ । झमक घिमिरे साहित्यकला प्रतिष्ठान नेपालले साहित्यकार झमक घिमिरेको ३५औँ जन्मोत्सवका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले साहित्यकार घिमिरेले स्वतन्त्र ढङ्गले सत्यलाई बाहिर ल्याउने काम गर्नुभएको छ, जे देख्नु र भोग्नुभएको छ, त्यही लेख्नुभएको छ भन्नुभयो […]


खाडीको मरभूमिभन्दा गाईगोठ नै ठीक

राजाराम कार्की / काभ्रे, २० असार । विदेशमा दिने समय आफ्नै गाईभैँसीको गोठमा उपयोग गर्दा लखपति मात्र नभई आत्मनिर्भर भइन्छ भन्ने काभ्रेको कुशादेवी पुगे देख्न पाइन्छ । काठमाडौँबाट करिब ४० किलोमिटर टाढा अवस्थित कुशादेवीको कुल जनसङ्ख्याको २० प्रतिशत घरधुरीले पशुपालन व्यवसायबाट जीविकोपार्जन गर्दै आएका छन् । पहिला खाडी क्षेत्रमा काम गरेका युवा कुशादेवीमा सक्रिय देखिन्छन […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter