• Tuesday, May 13, 2025

एक्सक्लुसिभ समाचार

विज्ञ भन्नुहुन्छ, ‘बाघ समृद्धिको आधार बन्न सक्छ’

लक्ष्मीप्रसाद उपाध्याय / काठमाडौँ, साउन १३ गते । नेपालमा बाघको सङ्ख्या बढेसँगै बाघसँगको द्वन्द्व न्यूनीकरण गर्न विज्ञहरूले चासो व्यक्त गर्नुभएको छ । बाघको आक्रमणले मान्छे मर्न थालेपछि मानव र वन्यजन्तुबिचको द्वन्द्व कम गर्न बाघको वासस्थान सुधार, स्थानीय समुदायको बानी, व्यवहारमा परिवर्तन आवश्यक रहेको विज्ञहरूको सुझाव छ । बाघ लगायतका वन्यजन्तुसँग हुने गरेको द्वन्द्व व्यवस्थापन गर्न […]


कला, साहित्यका लागि नेपाल ऊर्बर भूमि हो : प्रधानमन्त्री ओली

काठमाडौँ, साउन १२ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यको उर्वर भूमि भएको बताउनुभएको छ। शनिबार नेकपा (एमाले) को पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले वनजंगल, घाँस पात, पानी पँधेरा, रोदीहरू नेपालका महत्त्वपूर्ण सम्पत्ति भएको बताउनुभयो। उहाँले नेपालमा मात्रै यस्ता संस्कृति र संस्कार रहेको भन्दै यसको […]


मौद्रिक नीतिः यस्ता नयाँ प्रावधान; अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति: गभर्नर अधिकारी

काठमाडौँ, साउन ११ गते । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था ल्याएको छ भने केही पुराना व्यवस्थालाई खुकुलो बनाएको छ । समग्र मौद्रिक तथा वित्तीय क्षेत्र व्यवस्थापनका लागि राष्ट्र बैंकले सन्तुलित ढङ्गले सजगताका साथ लचिलो मौद्रिक नीति ल्याएको गभर्नर महाप्रसाद अधिकारीको भनाइ छ । अर्थतन्त्रलाई चलायमान बनाउन कर्जा […]


मन्त्रिपरिषद् बैठक : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त; लगानीको वातावरण सुधार्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, साउन १० गते। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो। त्यसैगरी सरकारले राष्ट्रिय योजना आयोगका सदस्यमा डा. आरती बिछार, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, […]


सौर्य एयरलाइन्स दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय आयोग गठन; शवको पोस्टमार्टम सुरु, रिपोर्ट आउन तीन दिन लाग्ने

काठमाडौँ, साउन ९ गते । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । उहाँका अनुसार सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा […]


अर्थतन्त्रका ४६ चुनौती सामना गर्न २९ क्षेत्रमा सुधार आवश्यक

काठमाडौँ, साउन ८ गते । मुलुकको अर्थतन्त्रका देखिएका चुनौती र समाधानका उपायबारे अर्थमन्त्रालयका कर्मचारीहरूले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ‘ब्रिफिङ’ गरेका छन् । मन्त्रालयले आज प्रेस नोट जारी गर्दै विभिन्न चुनौती पहिचान भएका र ती चुनौती समाधानका लागि चाल्नुपर्ने कदमबारे पनि अर्थमन्त्री पौडेललाई जानकारी गराइएको उल्लेख गरेको छ । “अर्थमन्त्रालयका नजरमा नेपालको अर्थतन्त्रमा विशेष गरी ४६ वटा […]


एक वर्षमा १४ खर्ब ४० अर्ब व्यापार घाटा; चार वर्ष अघिकै स्थितिमा वैदेशिक व्यापार

काठमाडौँ , साउन ७ गते । आर्थिक वर्ष २०८०/८१ मा नेपाललाई वैदेशिक व्यापारमा १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा नेपाललाई झण्डै साढे १४ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । आर्थिक वर्ष २०८०/८१ मा नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको आयात गरेको […]


प्रधानमन्त्री ओलीलाई संसदबाट दुई तिहाइ : पक्षमा १८८, विपक्षमा ७४; थालेको काम सक्नु सरकारको मुख्य प्राथमिकता होः प्रधानमन्त्री ओली

काठमाडौँ, साउन ६ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ मत पाउनुभएको छ। प्रधानमन्त्री नियुक्त भएको एक सातामै उहाँले आइतबार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको पक्षमा दुई तिहाइ मत पाउनुभएको हो। प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को […]


प्रधानमन्त्री ओली आइतबार विश्वासको मत लिँदै

लक्की चौधरी / काठमाडौं, साउन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको सहयोगमा असार […]


सरकार जिम्मेवारीपूर्वक अघि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, साउन ४ गते । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकार जिम्मेवारीपूर्वक एवम् गम्भीर रुपमा अगाडि बढ्ने बताउनुभएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेद्वारा प्रधानमन्त्री ओलीलाई सुझावसहितको प्रतिवेदन प्रस्तुत कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकार जिम्मेवारपूर्वक जान्छ, गम्भीर रुपमा जान्छ । यो सुझाव सरकारलाई नै […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter