• Wednesday, April 16, 2025

एक्सक्लुसिभ समाचार

फेवाताल मापदण्डका संरचना तत्कालै हटाउन उच्च अदालतको आदेश

पोखरा, जेठ २७ गते । पोखरास्थित फेवातालको मापदण्डभित्रका संरचना तत्कालै हटाउन र कुनै पनि भौतिक संरचना निर्माण हुन नदिन उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । अधिवक्ता मनोज घर्तीमगरले दायर गरेको रिटमा आइतबार निर्णय सुनाउँदै उच्च अदालतले तालको निर्धारित मापदण्डभित्र यसअघि बनेका सबै संरचना हटाउन र मध्यवर्ती क्षेत्रको सुन्दरीकरण गर्न समयसीमा तोकिदिएको हो । […]


पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्‍याउन ११२ खर्ब लगानी आवश्यक

काठमाडौँ, जेठ २६ गते। सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०८१-८२/२०८५-८६)ले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार एक सय तीन खर्ब हाराहारी पुर्याउन करिब एक सय १२ खर्ब लगानी आवश्यक पर्ने देखाएको छ। चालु आव २०८०-८१ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) उपभोक्ता मूल्यमा ५७ खर्ब पाँच अर्ब पुग्ने अनुमान गरिएको छ। सोह्रौँ पञ्चवर्षीय आवधिक […]


मन्त्रिपरिषद् बैठक : भारतका प्रधानमन्त्रीको शपथ समारोहमा प्रधानमन्त्री प्रचण्ड जानुहुने; ज्येष्ठ नागरिकसम्बन्धी नियमावली स्वीकृत

काठमाडौँ, जेठ २४ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी बन्न भारत जानुहुने भएको छ। बिहीवार सिंहरदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने निर्णय गरेको हो। बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले […]


विद्युत व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ : प्रधानमन्त्री

सङ्खुवासभा, जेठ २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउँदै विद्युत व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताउनुभएको छ । अरुण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई मङ्गलबार यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त […]


‘अर्थतन्त्र विकासमा नीतिगत स्थिरता आवश्यक’

काठमाडौं, जेठ २१ गते । राष्ट्रिय सभाका सदस्य डा. अन्जान शाक्यले अर्थतन्त्रको विकासका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताउनुभएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८१–८२ का लागि तर्जुमा गरेको बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनु भएको हो । ‘सरकार फेरिनु, मन्त्री वा सचिव फेरिनुबाट हचुवा किसिमले तारन्तार नियम–कानुनहरु फेरिनु हुँदैन’ शाक्यले भन्नुभयो, ‘उद्योगी–व्यवसायीका […]


टी–२० मा सबै टोलीको हैसियत बराबर : कप्तान रोहित

गाेविन्द रेग्मी / डालास । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० क्रिकेटमा कोही टोली कमजोर र कोही बलियो नहुने बताउनुभएको छ । आइतबार देखि सुरु हुने आइसिसी टी–२० विश्वकप अघि बोल्दै कप्तान रोहितले टी–२० फरम्याटको क्रिकेटमा जुनसकै टोलीले जित्ने र हराउने बराबर हैसियत राख्ने बताउनुभएको हो । ‘‘विश्वकप खेल्नका लागि हामी उत्साहित छौँ […]


त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न समिति गठन

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गाको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गाको अध्ययन, अनुसन्धान, छानबिन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो । समितिले लगत संकलन, संरक्षण, […]


मन्त्रीपरिषद् बैठकका निर्णयहरू; राष्ट्रपतिको स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण स्वीकृत

काठमाडौँ, जेठ १७ गते । मन्त्रीपरिषद्को बैठकले नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशेष श्रेणीको पदमा खेमराज ज्ञवाली, यामबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायवमहान्यायाधिवक्ता, न्यायपरिषद सचिव र सर्वोच्च अदालतको रजिस्टार पदमा पदास्थापना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार […]


सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट; कुन मन्त्रालयको बजेट कति ? ईभीमा २० प्रतिशतसम्म बढ्यो कर

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदको बैठकमा मङ्गलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै सो बजेट प्रस्तुत गर्नुभएको हो । व्ययमध्ये सबैभन्दा बढी चालुतर्फ छुट्याइएको छ । चालूतर्फ कुल विनियोजन बजेटको ६१.३१ प्रतिशत अर्थात् […]


‘बङ्गलादेशमा एमबिबिएस र बिडिएस पढ्न नाम काटिएका विद्यार्थीले पनि पढ्न पाउने’

काठमाडौँ / जेठ १४ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बङ्गलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस अध्ययनका लागि सरकारले सिफारिस गरेका विद्यार्थीहरुले पढ्न पाउने अवस्था बनेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्नुहुँदै मन्त्री श्रेष्ठले एमबिबिएस र बिडिएस पढ्न बङ्गलादेशमा सिफारिस गरिएका विद्यार्थीहरुमध्ये केहीको नाम काटिएर आएको […]




TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter