एक्सक्लुसिभ समाचार

आगामी छ महिनाभित्र फार्मेसी सञ्चालन गर्न मन्त्रालयको परिपत्र

विष्णु नेपाल / काठमाडौँ, २७ असोज । स्वास्थ्य मन्त्रालयले आफू मातहतका केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल एवम् जिल्लास्तरका सबै अस्पतालमा फार्मेसी निर्देशिका अनुसार आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ । अस्पताल आफैंले फार्मेसी सञ्चालन नगर्दा बिरामीले चर्काे मूल्यमा औषधि खरिद गर्न परिरहेको भन्दै मन्त्रालयले आफू मातहतमा सञ्चालित सबै अस्पताललाई आगामी छ महिनाभित्र आफ्नै […]


आज विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ, २५ असोज । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ८ बजेर ४५ मिनेटको साइत उत्तम रहेको […]


छाप्रो मै उम्रिए जमरा, भूकम्पपीडितलाई आएन दसैँ

रमेश गिरी / भक्तपुर, २४ असोज । भक्तपुरको कमलविनायक अस्थायी शिविरमा बस्दै आउनुभएकी रीता पोखाले पालभित्रै जमरा उमार्नु भएको छ । गत वर्षको वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै आउनुभएको पोखाले साँघुरो छाप्रो मै जमरा उमार्नु भएको हो । सानो छाप्रोमा एकै ठाउँमा भान्छा, ओछ्यान र जमरा रहे पनि […]


राजधानी काठमाडौँ प्रायः सुनसान

काठमाडौँ, २३ असोज । दसैँ मान्नका लागि राजधानी काठमाडौँबाट लाखौँको सङ्ख्यामा सर्वसाधारण बाहिरिएपछि उपत्यका प्रायः सुनसानजस्तै बनेको छ । उपत्यकाका तीनवटै जिल्लाबाट २२ लाखभन्दा बढी मानिस विभिन्न गन्तव्यमा गएका छन् जसका कारण उपत्यकाका मुख्य बजार, सडक चोकका पसल बन्द छन् । सडकमा पातलो सङ्ख्यामा सवारी साधन गुडेका छन् । मानिसको चहलपहल पनि न्यून छ । […]


विधिपूर्वक दसैँघरमा फूलपाती भित्र्याइयो

काठमाडौँ, २२ असोज । बडादसैँको नवरथाको सप्तमीका दिन हनुमानढोका दरबारस्थित दसैँघरमा यस वर्षका लागि आज फूलपाती भित्र्याइएको छ । सरकारी कर्मचारी, हनुमानढोका दरबार हेरचाह अड्डाका प्रतिनिधि तथा विभिन्न सांस्कृतिक बाजागाजा, सुरक्षाकर्मीको लावा लस्करसहित जमलबाट फूलपाती हनुमानढोका ल्याइएको हो । प्रत्येक वर्ष फूलपातीका दिन राजकीय सम्मानका साथ फूलपाती भित्र्याइने परम्पराअनुसार सो अवसरमा गुर्जुको पल्टनले तोप पड्काएको […]


मासु खाँदा सावधानी अपनाउन चिकित्सकको सुझाव

नारायण अधिकारी / चितवन, २० असोज । मासुको बढी उपभोग हुने दसैँका बेला मासु खाँदा के कस्ता सावधानी अपनाउनु पर्ला ? मुख्य रुपमा पोलेका, तारेका, रसायन प्रयोग गरी प्रशोधन गरिएका मासुले क्यान्सर रोग हुन सक्ने भएकाले यी कुरामा ध्यान पु¥याउन चिकित्सकहरुले सुझाव दिएका छन् । क्यान्सर लाग्ने मुख्य तत्व कार्सिनोजेनिक यस्ता मासुबाट उत्पादन भई दीर्घकालीन […]


‘पाल्पा दरबार सङ्ग्रहालय’ पर्यटक आकर्षणको केन्द्र

कृष्ण दर्नाल / पाल्पा, १८ असोज । ‘पाल्पा दरबार सङ्ग्रहालय’ को कार्यालय स्थापना भएपछि यहाँ पर्यटकको चहलपहल बढेको छ । तानसेनस्थित बहुउद्देश्यीय दरबार सङ्ग्रहालय क्षेत्रको अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । ‘पाल्पा दरबार सङ्ग्रहालय’ मा सङ्ग्रहणीय सामग्री नभएपछि दैनिक ३० देखि ५० को हाराहारीमा पर्यटकले अवलोकन गर्दै आएको पाल्पा दरबारमा सङ्ग्रहालयका […]


पर्यटकीय चहलपहल बढ्यो

सिबी अधिकारी / काठमाडौँ, १७ असोज । अनुकुल वातावरणले यतिखेर नेपालमा पर्यटकको चहलपहल बढेको छ । पदयात्रा पर्यटनको महत्वपूर्ण पाटो भएकाले पनि यो समय विदेशी तथा आन्तरिक पर्यटक पनि घुमफिरमा निक्लिएका छन् । सफा र सुन्दर मौसम भएकाले हिमाल र प्राकृतिक सौन्र्दयको मज्जा लिनका लागि विदेशी पर्यटक उल्लेख्य मात्रामा आउने गरेको पाइन्छ । पर्यटकीय मौसमसँगै […]


दश वर्षपछि उपत्यका बाहिर साझा बस

काठमाडौँ, १६ असोज । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी आजदेखिसेवा विस्तार गरेको छ । दश वर्षपछि पहिलो पटक आजदेखि साझाले आफ्नो सेवा उपत्यका बाहिर विस्तार गरेको हो । दसँैमा घर जाने यात्रु बोकेर पहिलो पटक साझा बाग्लुङ र गोरखाका लागि छुटिसकेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी […]


पर्यटक लोभ्याउदै हिमाली हीरक महोत्सव

सिबी अधिकारी / काठमाडौँ, १५ असोज । नेपाली पर्यटनको मुख्य आधार हिमाल आरोहण हो । जसले नेपालको पहिचानलाई विश्वसामु प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । सर्वोच्च शिखर सगरमाथा सहित विश्वका ८ हजार मिटर अग्ला आठ वटा हिमाल नेपालमा छन् । सन् १९५३ मे २९ मा पहिलो पटक नेपाली तेन्जिन नोर्गे शेर्पा र विदेशी न्यूजील्याण्डका […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter