एक्सक्लुसिभ समाचार

जीवनशैलीका कारण कलेजोमा बोसो जम्ने समस्या बढ्दो

काठमाडौँ, २२ भदौ । जीवनशैलीका कारण आजकल कलेजोमा बोसो जम्ने समस्या अधिकांश नेपालीमा देखिन थालेको छ । वीर अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्रा डा विधाननिधि पौडेलका अनुसार कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भए पनि १० प्रतिशतभन्दा बढी बोसो छ भने यस्तो अवस्थालाई कलेजोमा बोसो जमेको मानिन्छ । सुरुमा यसले खासै असर नगरे […]


जथाभावी गर्भपतनले स्वास्थ्यमा जोखिम थप्दैछ (आलेख)

सन्तोष गौतम / म्याग्दी, २१ भदौ । साउन अन्तिम हप्ता बेनीस्थित जिल्ला अस्पतालमा आएका एक दम्पती तनावमा थिए । दुई सन्तानका अभिभावक बनिसकेका करिब तीस वर्ष हाराहारीको यो जोडीको तनावको कारण थियो, अनिच्छित गर्भ । उनीहरु परिवार नियोजनको साधन प्रयोग नगरेका कारण रहन गएको गर्भलाई तुहाउन अस्पताल पुगेका थिए । यो जोडी त उदाहरण मात्रै […]


झमककुमारी घिमिरेलाई मानार्थ विद्यावारिधि; मैले सम्पूर्ण नेपालीको मन पढेँ : झमक

काठमाडौँ, २० भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मपविवि) ले साहित्यकार झमककुमारी घिमिरेलाई आज मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । विश्वविद्यालयको गत जेठ २५ गते बसेको बैठकले साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको थियो । यहाँ आज आयोजित दीक्षान्त समारोह–२०७३ मा राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार घिमिरे नेपाली साहित्यमा अद्वितीय प्रतिभा धनी भएको बताउनुभयो […]


कोरला नाका खोल्ने चर्चा भए जति काम भएको छैन (आलेख)

वासुदेव पौडेल / पोखरा, १९ भदौ । हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा ल्याउने चर्चा चलेको धेरै समय बिते पनि यसका लागि काम भने मन्द गतिमा मात्रै अघि बढेको छ । नाका सञ्चालनसँगै नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिनुका साथै नेपालमा विकासका धेरै सम्भावना खोलिने अनुमान गरिए पनि भौगोलिक अवस्थितिलगायतका धेरै कारणबाट […]


हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी मनाईदै ; पशुपतिमा महिला दर्शनार्थीको भीड

काठमाडौँ, १८ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज हिन्दू नारीहरु देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । सखी पार्वती […]


‘जेष्ठ नागरिक परिचयपत्र’ पाएपछि खुसी हँुदै वुद्ववृद्वा

पाल्पा, १८ भदौ । पाल्पा जिल्लाका ज्येष्ठ नागरिकलाई ‘जेष्ठ नागरिक परिचयपत्र’ वितरण गर्न थालिएको छ । महिला तथा बालबालिका कार्यालयले पहिलोचरणमा दशजना वृद्ध, वृद्वालाई ‘जेष्ठ नागरिक परिचयपत्र’ वितरण गरेको हो । तानसेन नगरपालिका– ३ का ७७ वर्षीय द्वारिकाप्रसाद शर्मालाई एक नम्बरको परिचयपत्र महिला विकास प्रमुख तुल्सा अर्यालले प्रदान गर्नुभयो । परिचयपत्र पाएपछि यहाँ वृद्धहरुको अनुहारमा […]


मनास्लु पदमार्ग मर्मतको पर्खाइमा चुम तथा नुव्रीबासी

प्रशन्न पोखरेल / गोरखा, १७ भदौ । उत्तरी गोरखामा दुई वटा मनोरम पर्यटकीय उपत्यका छन् – चुम तथा नुव्री । चुम उपत्यकामा चुम्चेत र छेकम्पार गाविस पर्छ भने नुव्रीमा बिही, प्रोक, ल्हो र सामागाउँ पर्छन् । यी गाविसहरु हिमालपारिका क्षेत्र हुन् । सरकारले मनास्लु क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा राखेको छ । प्रकृति संरक्षण कोष अन्तर्गत […]


मातृ तथा नवजात शिशु मृत्युदर शून्यमा झ¥यो

लहान, १७ भदौ । सरकारले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि सिरहामा मातृ तथा नवजात शिशु मृत्युदर शून्यमा झरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका अनुसार आर्थिक वर्ष ०७२÷७३ मा सिरहामा सुत्केरी गराउने क्रममा कुनै पनि आमा र नवजात शिशुको मृत्यु भएको छैन । स्वास्थ्य संस्थामा गएर नियमित गर्भवती जाँच गराउने […]


घाइते रङ्गशालाको ‘निको’ हुने आशा

दीपेन्द्र सापकोटा / काठमाडौँ, १५ भदौ । करिब दुई वर्षअघि बङ्गलादेशमा भएको टि–ट्वन्टी क्रिकेट विश्वकपमा नेपाल छनोट भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले भन्नुभएको थियो, “विश्वमा नेपाली क्रिकेट खेलाडी मात्र यस्ता भाग्यमानी हुन् जसले फुटबल मैदानमा अभ्यास गरेर क्रिकेटको विश्वकप खेल्ने अवसर पाए ।” उहाँको यो भनाइलाई त्यतिबेला विश्वभरका सञ्चार माध्यमले प्राथमिकताका साथ […]


सरकार : कि लास चाहियो, कि सास चाहियो

कालिका खड्का / काठमाडौँ, १४ भदौ । “यत्रो वर्ष भयो, कुनै अत्तोपत्तो छैन, न लास छ, न सास छ” – बेपत्ता परिवारका शर्मिला त्रिपाठीले यहाँ आयोजित एक कार्यक्रममा दुःख पोख्नुभयो । उहाँका पति ज्ञानेन्द्र त्रिपाठी बेपत्ता भएको अहिलेसम्म जीवत वा मृत फेला पर्न सकेका छैनन् । “न पार्टी न राज्य कसैले हेरेको छ, मान्छे मार्नेलाई […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter