एक्सक्लुसिभ समाचार

दैवले धोका दिएपछि पढ्ने उमेरमा भाँडा माझ्दै बालबालिका

हेमन्त केसी / जाजरकोट, ४ असोज । यहाँको दुर्गम गाउँका बालबालिका आमाले दोस्रो विवाह गर्दा र बाबुको मृत्यु भएपछि बिचल्लीमा परेका छन् । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने सीमा गाविस–३, तागागाउँका झन्डै आधादर्जन बालबालिका यस्तो समस्यामा परेका हुन् । अधिकांशका बाबु गरिबीका कारण कमाइ गर्न देश बाहिर गएका बेला कठोर परिश्रम गर्दा मृत्यु भएको पाइएको छ […]


राष्ट्रिय पर्वका रुपमा संविधान दिवस मनाइँदै; संविधान दिवसको विशेष कार्यक्रममा राष्ट्रपति सरिक

काठमाडौँ, ३ असोज । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज एक वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो । सरकारले संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको […]


भारत भ्रमण पूर्ण सफल : प्रधानमन्त्री दाहाल

हरि लामिछाने / नयाँदिल्ली, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण पूर्णरुपमा सफल भएको बताउनुभएको छ । नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा आज आयोजित विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले अब नेपाल र भारतबीच नयाँ सम्बन्धको सुरुवात भएको र त्यसले दीर्घकालीन महत्व राख्ने बताउनुभयो । उहाँले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका […]


प्रधानमन्त्री दाहालद्वारा ‘गार्ड अफ अनर’ ग्रहण; विकासका लागि शान्ति र स्थिरता आवश्यक : प्रधानमन्त्री दाहाल

हरि लामिछाने / नयाँदिल्ली, ३१ भदौ । भारतको चारदिने राजकीय औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले ‘गार्ड अफ अनर’ ग्रहण गर्नुभएको छ । भारतीय राष्ट्रपति भवनमा आज विहान आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्री दाहाललाई उक्त सम्मानमा भारतीय सेनाको विशेष टुकडीले सम्मान गारत अर्पण गरेको थियो । समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहालसँग हात मिलाउनुका […]


पाटन दरबार स्क्वायरमा एकद्वार प्रणाली सुरु

सञ्चिता घिमिरे / ललितपुर, २९ भदौ । पाटन दरबार स्क्वायर र सङ्ग्रहालयका बीचमा एकै ठाउँबाट शुल्क लिने गरी ‘सहमतिपत्र’ मा हस्ताक्षर भएको छ । मङ्गलबार दुई निकायबीच एकद्वार प्रणालीबाट पर्यटकसँग शुल्क उठाउने गरेर सहमति भएको हो । पाटन सङ्ग्रहालयमा कार्यालयले नै र दरबार स्क्वायरमा उपमहानगरपालिकाले शुल्क उठाउँदै आएको थियो । एकद्वार प्रणाली आगामी असोज १ […]


विशुद्ध सेवाभावले जग्गादान (आलेख)

कृष्ण दर्नाल / पाल्पा, २८ भदौ । करोडौँ कमाएर पनि सामाजिक क्षेत्रमा खर्च गर्न हिच्किच्चाउँछन् भने त्यस्तो धनको अर्थ छैन । गोजीमा पैसा छैन तर मनभित्र समाज सेवा गरौं भन्ने भावना छ भने त्यो स्तुत्य छ । यस्ता सहयोगी भावना बोक्नेहरु जस्तोसुकै परिस्थितिमा पनि सहयोग गर्न पछि पर्दैनन् । पाल्पा जिल्ला हुमिन गाविसका विष्णुप्रकाश विश्वकर्मा […]


पूर्वराष्ट्रपति यादवको नेपालमै पेट सिटी स्क्यान भित्र्याउने चाहना अझै पूरा भएन

चितवन, २६ भदौ । तीन वर्षअघि तत्कालीन राष्ट्रपति डा रामवरण यादव जापानबाट क्यान्सर परीक्षण गरी नेपाल फर्किएलगत्तै स्वदेशमै पेट सिटी स्क्यान उपकरण हुनुपर्ने प्रस्ताव आएपछि तीन वर्षसम्म बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सो सम्बन्धी उपकरण खरिदका लागि विनियोजित बजेट फ्रिज भइसक्दा पनि अहिलेसम्म उपकरण भने आउन सकेको छैन । चिनियाँ सहयोगमा एसियाकै नमुना अस्पतालका रुपमा […]


‘विशिष्ट व्यक्तिले स्वदेशमै उपचार गराउनुपर्छ’ – स्वास्थ्य मन्त्री थापा

काठमाडौँ, २५ भदौ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले देशका सबै विशिष्ट व्यक्तिले स्वदेशमै अस्पतालमा स्वास्थ्योपचार गर्नुपर्ने बताउनुभएको छ । चाहविलस्थित गोपीकृष्ण नगरमा आज नवनिर्मित हरियाली पार्कको उद्घाटन गर्दै उहाँले विशिष्ट भनिएका व्यक्तिका लागि मात्र भनेर राज्यले उपचार खर्च छुट्याउने हो भने सो भेदभावपूर्ण काम हुने बताउनुभयो । उहाँले भन्नुभयो – “राज्यका लागि सबै नागरिक बराबर हुन्, […]


भारत भ्रमणको प्रमुख कार्यसूची : सम्बन्ध सुधार र दुई देशको हित

काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको प्रमुख कार्यसूची आपसी हित र सम्बन्ध सुधार नै रहेको बताउनुभएको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बुझाउनुभएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले जनता र राष्ट्रको हितमा दिइने जुनसुकै सुझावलाई पनि आफूले गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो “मुलुक र […]


राष्ट्रपतिबाट सुशोभन

काठमाडौँ, २३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले ३७औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा आज उच्चशिक्षाका विभिन्न तहमा उपाधि र उत्कृष्टता हासिल गर्नेहरुलाई विभूषणबाट सुशोभित गर्नुभयो । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’ तथा नेपाल छात्रा विद्यापदकबाट विभिन्न व्यक्ति तथा विद्यार्थीलाई विभूषित गरिएको हो । सो अवसरमा स्वदेश तथा विदेशका […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter