एक्सक्लुसिभ समाचार

सुदूरपश्चिमको पर्यटकीय प्याकेज लिएर व्यवसायी काठमाडौँमा

काठमाडौँ, १७ साउन । प्राकृतिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा रहेको सुन्दर सुदूरपश्चिमको पर्यटकीय प्याकेज लिएर व्यवसायी राजधानी आएका छन् । पर्यटनको प्रचूर सम्भावना भए पनि भौगोलिक अवस्थिति र पूर्वाधार अभावले गति लिन नसकेको सुदूरपश्चिमको पर्यटनको व्यावसायिक प्रवद्र्धनका लागि व्यवसायी जुटेका हुन् । पर्यटन विकास समाज नामक संस्थाको अगुवाइमा आएका व्यवसायी तथा टुर अप्रेटरले […]


जैविक मार्गमा गाडी रोक्दै हुनुहुन्छ ? होसियार ! (आलेख)

नारायण ढुङ्गाना / चितवन, १६ साउन । वन्यजन्तु आवतजावत गर्ने चितवनका जैविक मार्ग (कोरिडोर) क्षेत्रमा तपाईं गाडी रोक्दै हुनुहुन्छ ? पहिले पहिले रोक्नुभएको पनि होला । दिसापिसाब पनि गर्नुभयो होला । अञ्जानमा वन्यजन्तुलाई गाडीले ठक्कर दिएर भाग्नु पनि भयो होला । तर अब तपाईंले यसरी गाडी रोक्नुभयो भने या कुनै अवाञ्छित गतिविधि गर्नुभयो भने निकुञ्ज […]


आफ्ना समर्थकका साथमा डा केसी सडकमा

काठमाडौँ, १५ साउन । स्वास्थ्य र शिक्षाका बेथितिविरुद्ध आठौँ पटक अनशनमा बस्नुभएका डा गोविन्द केसी आज आफ्ना समर्थकका साथमा प्रदर्शन गदै सडकमा उत्रिनुभएको छ । स्थानीय माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका डा केसीका समर्थकले स्थास्थ्य र शिक्षाका बेथिति निम्त्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग(अदुअआ) का प्रमुख आयुक्त सक्रिय रहेको भन्दै उहाँविरुद्ध नारा लगाउँदै प्रदर्शनमा उत्रिए […]


सन्दर्भ : विश्व बाघ दिवस बाघका लागि उपयुक्त वासस्थान बन्दै चितवन राष्ट्रिय निकुञ्ज

नारायण अधिकारी / चितवन, १४ साउन । नेपालले अन्तर्राष्ट्रिय रुपमा प्रतिबद्धता जनाएअनुरुप चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भइरहेको छ । यहाँको उपयुक्त वासस्थान र चोरी सिकारी नियन्त्रण अभियान प्रभावकारी भएसँगै बाघको सङ्ख्यामा वृद्धि हुँदै गएको विज्ञहरुको भनाइ छ । सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा विश्वमा बाघको […]


ऊर्जा सङ्कट कार्ययोजना कागजमा मात्र सीमित

रमेश लम्साल / काठमाडौँ, १३ साउन । दुई वर्षभित्र पूर्णरुपमा विद्युत्भार कटौती अन्त्य गर्ने लक्ष्यका साथ घोषणा भएको ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना, २०७२ को कार्यान्वयन प्रक्रिया सुस्त रहेको पाइएको छ । कार्ययोजनामा उल्लेख गरिएका अधिकांश बुँदाको कार्यप्रगति सुस्त गतिमा अगाडि बढेको र त्यसले लक्ष्य भेटाउन नसक्ने भएपछि सरोकार भएका निकायले चिन्ता […]


प्रधानमन्त्री ओलीले ‘यो नेपाली शिर उचाली…’ उच्चारण गरेपछि…

प्रकाश सिलवाल / काठमाडौँ, १२ साउन । ‘‘मेरो राजीनामाबाट कहाँकहाँ खुसीयाली छायो ? देशभित्र खुसीयाली छायो कि देश बाहिर ?’’ प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, ‘‘ठीक छ, खुसीयाली मनाउन पाइन्छ तर खुसीयालीभित्र नेपालको अनिष्ट लुकेको छ भन्ने भ्रम नपाले हुन्छ ।’’ यही साउन १० गते राजीनामा दिनुभएका प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘‘यो खसीका साँप्रा लिएर समाजका […]


खेलकुदले नेपाली झन्डा अन्तर्राष्ट्रियजगत्मा फहराएको छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, ११ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समयमा खेलकुदको माध्यमबाट नेपाली राष्ट्रिय झन्डा अन्तर्राष्ट्रिय जगत्मा फहराउन सकेको बताउनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज ओलम्पिक खेल्न ब्राजिल जान लागेका खेलाडीलाई सफलताको शुभकामना दिँदै उहाँले भन्नुभयो, “यसपटक पनि सबै खेलका उत्कृष्ट खेलाडीले भाग लिँदै हुनुहुन्छ, मनमा तनाव नलिई आफ्नो कला र सीप प्रयोग गरेर देशको […]


सदाबहार पर्यटन : भौतिक पूर्वाधार र गन्तव्य प्रवद्र्धन जरुरी

रमेश लम्साल / सिबी अधिकारी काठमाडौँ, १० साउन । वर्षमा चार÷पाँच महिना मात्रै चल्ने मुलुकको पर्यटन उद्योगलाई बाह्रै महिना सञ्चालन गर्न सकिए उल्लेख्य मात्रामा राजस्व सङ्कलन तथा रोजगारीको अवसर सिर्जना हुने देखिएको छ । नेपालमा विशेषगरी फागुन, चैत, वैशाख, असोज, कात्तिक, मङ्सिर महिनामा मात्रै पर्यटन उद्योग चल्ने गरेको पाइन्छ । अन्य समयमा भने अवस्था सामान्य […]


प्राकृतिक पुलमुनिबाट हेरौँ ‘चाँदी जस्तो मनोरम झरना’

हरि बास्तोला / पोखरा, ९ साउन । ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्व बोकेको पोखराको छोरेपाटनस्थित प्राकृतिक पुलमुनि गुफाबाट देखिने चाँदी जस्तै मनोरम झरना यतिखेर आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बनेको छ । विश्वको एक मात्र राजमार्गमा रहेको प्राकृतिक पुलको उत्तरपट्टि डेभिजफल र दक्षिणी भागमा गुप्तेश्वर महादेव गुफा अचम्मको संगम भएको कारण यस ठाउँमा पर्यकटको आकर्षक […]


विश्वका ७३ मुलुकका आरोहीले नेपालको हिमाल चढेका छन्

रमेश लम्साल / सिबी अधिकारी (काठमाडौँ), ८ साउन । विश्वका ७३ मुलुकका नागरिकले नेपालको हिमालको आरोहण गर्ने गरेको पाइएको छ । सरकारले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालसहितका आरोहीले नेपालको प्राकृतिक सौन्दर्यको रसपान गरेको मात्रै नभई हिमाली श्रृङ्खलाको आरोहण गरेका छन् । हिमाल आरोहणका लागि स्वीकृति लिनेमा भने नेपाली नागरिक नै उल्लेख्य सङ्ख्यामा रहेका छन् । […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter