जनकपुरधाम, ३० कात्तिक । शुद्धता र आपसी सद्भावका रुपमा प्रचलित छठ पर्व मनाउन यहाँका इतिहास वर्णित जलाशयलाई बेहुली झैँ सिँगारिएको छ । गङ्गासागर, अरगजा, रुक्मिणी, विहारकुण्ड, दशरथ तलाउ, महाराजसागर, धनुषसागर, रत्नसागर र रामसागरमा मनाइने छठ अत्यन्त मनमोहक हुन्छ । जनकपुरधाममा सबैभन्दा बढी व्रतालु आउने मुख्य ठाउँका रुपमा गङ्गासागर, धनुषसागर र अरगजा पोखरी रहेका छन् । […]
म्याग्दी, ३० कात्तिक । म्याग्दीको बँैसरीका पहिरोपीडितलाई ५० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । पहिरोले पूरै बस्ती पुरेपछि विस्थापित बनेका बैँसरीवासीको राहत तथा पुनर्वासका लागि जिल्लाका सङ्घसंस्था, देशभित्र र विदेशमा रहेका म्याग्देलीमार्फत ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग प्राप्त भएको हो । ४० लाख रुपैयाँ नगद र १० लाख रुपैयाँ बराबरको जिन्सी […]
वासुदेव पौडेल / लेखनाथ। विश्वमै प्रसिद्ध नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेगको लेखनाथ नगरपालिका–१८ भरतपोखरीस्थित हुँडिकोट आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ । माछापुच्छ्रे हिमालका साथै पोखराको फेवातालसमेतको दृश्य र सात तालको बगैंचा शहर लेखनाथलाई एक साथ नाङ्गो आँखाले हेर्न सकिने हुँडिकोटमा पछिल्लो समयमा पोखरा लगायतका विभिन्न स्थानबाट पर्यटक पुग्न थालेका छन् । पर्यटकीय आकर्षणको प्रशस्त सम्भावना भएर पनि […]
परासी, २९ कात्तिक । छठ पर्वलाई लक्षित गरी नवलपरासीका विभिन्न नदी, पोखरी र तलाउलाई पूर्णरूपमा सरसफाइ गरिएको छ । छठका दिन विशेष पूजाअर्चनासहित सूर्यलाई अर्घ दिनका लागि यहाँ रहेका नदी, पोखरी र तलाउ पूर्णरूपमा सरसफाइ गरिएको हो । नवलपरासीसहित तराईका विभिन्न जिल्लामा विशेष धुमधामका साथ छठ पर्व मनाउने गरिन्छ । पर्वलाई थप व्यवस्थित गर्न स्थानीय […]
शीतलप्रसाद महतो / वीरगन्ज, २८ कात्तिक । श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ पर्व आइतबारदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाइँदैछ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो […]
काठमाडौँ, २७ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई पञ्चरङ्गी टीका लगाउने गर्छन् । दिदीबहिनीलाई पूजा गरी अखण्ड सौभाग्य, सुखद् दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद […]
काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल संवत ११३६ न्हूदँ राष्ट्रिय समारोह समितिले आज बसन्तपुरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “दुई जना सडकमा निस्केर करोडौँ नेपालीको भावना विपरीत माग राखेमा सरकारले सम्बोधन गर्न सक्दैन, […]
-योगीशकृष्ण : तीस वर्षपछि देखियो । यस अवधिमा उल्लूमा आएको परिवर्तन देखेर म चकित परेँ ।टिलिक्क टल्केको सूट टाईमा सजिएको उल्लू आकर्षक उल्लू देखिन्थ्यो । उल्लूपूर्ण आँखा छोप्न उसले कालो चश्मा भिरेको थियो । सुकेको अनुहारमा रौनक थपिएको थियो । उसले मलाई चिनेर पनि नचिनेको झैँ गर्यो । म उसको बलेरो गाडी अघिल्तिर उभिएपछि ऊ लाचार […]
काठमाडौँ, २४ कात्तिक । मन्त्रीका लागि सवारी साधन, सुरक्षाकर्मीको व्यवस्था गरिएको हुन्छ । मन्त्री भनेपछि सुरक्षामा हिँड्नुपर्ने भन्ने प्रचलन पनि नेपालमा स्थापित छ । तर आज सिंहदरबारमा रमाइलो र नेपालीले अवलम्बन गर्नैपर्ने दृश्य पनि देख्न पाइयो । सन्दर्भ हो विज्ञान, प्रविधि तथा वातारण मन्त्रालयले ‘पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधन हटाऔँ, साइकल चढौँ’ भन्ने अभियान […]
काठमाडौँ, २४ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान गरी नरके नुहाइन्छ । स्नान गरिसकेपछि तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालिन्छ । यसरी बालेको दीपलाई बगाएमा मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो […]