एक्सक्लुसिभ समाचार

अम्बरको अवसान; हिन्दू र बौद्ध दुवै विधिबाट अन्येष्टि गरिने

काठमाडौँ, २५ जेठ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको निधन गए राति अर्थात् आज बिहान २ बजेर ३७ मिनेटमा निधन भएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका जनसम्पर्क तथा सञ्चार व्यवस्थापक विनोद अधिकारीले उपचारमा संलग्न चिकित्सक डा चक्रराज पाण्डेलाई उद्धृत गर्दै भन्नुभयो, “उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर एक्कासि मुटुको चाल घट्यो । मुख्य कुरा […]


न्याय खोज्दै गङ्गामायाको पाँच वर्ष बित्यो सँगै बिते छोरा अनि श्रीमान् …..

अन्जली रम्तेल / काठमाडाँ, २४ जेठ । वीर अस्पताल । एक तलामाथि क्याबिन नं ७ । बेडमा भगवान् शिवको तस्बिर राखिएको छ । गणेशको सानो मूर्ति अनि सँगै आफ्ना दिवङ्गत श्रीमान् नन्दप्रसाद अधिकारीका बारेमा पत्रपत्रिकामा प्रकाशित समाचारका कटिङ । सेतो सट, घाँटीमा रुद्राक्षका दुई माला अनि हात र खुट्टामा वर्षांैदेखि नकाटिएका लामा लामा नङ । […]


स्थानीय तहमा कार्यविधि अनुसार योजना सञ्चालन हुँदैनन् (आलेख)

सन्तोष गौतम / म्याग्दी, २३ जेठ । म्याग्दीका स्थानीय निकायले सञ्चालन गरेका योजना तथा कार्यक्रममा पारदर्र्शिताको कमी देखिएको छ । जिविस, नगरपालिका र गाविसको कार्यालयमार्फत सञ्चालित योजना स्थानीय निकायको कार्यविधिअनुसार कार्यान्वयन भएका छैनन् । स्थानीय निकायको बेवास्ता, अनुगमनको कमी, उपभोक्ता समितिमा बढ्दो राजनीतिक हस्तक्षेप, उपभोक्ता समितिको लापरबाहीका कारण योजना तथा कार्यक्रम सञ्चालनका क्रममा कार्यविधिको पालना […]


सुशासनको वार्षिक प्रतिवेदन सदनमा

काठमाडौँ, २२ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सुशासन तथा अनुगमन समितिको वार्षिक प्रतिवेदन पेस गरिएको छ । समितिका सभापति मोहनसिंह राठौरले समितिको प्रतिवेदन २०७२ संसद्समक्ष पेस गर्नुभएको हो । प्रतिवेदन पेस गर्दै उहाँले जताततै मौलाएको भ्रष्टाचार र अनियमिततालाई न्यूनीकरण गरी मुलुकमा सुशासनको प्रत्याभूति र सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले समितिका […]


देखिन थाले हिमाली जटायु

  बेनी (म्याग्दी), २२ जेठ । म्याग्दीको उच्च हिमाली तथा पहाडी क्षेत्रमा लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु (गिद्ध) देखिन थालेका छन् । विषादीयुक्त आहारा, बढ्दो तापक्रमको प्रभाव र वासस्थानको अभावका कारण विश्वबाट नै लोप हुने अवस्थामा रहेको हिमाली जटायु म्याग्दीलाई डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएपछि उच्च भेगमा फाट्टफुट्ट देखिन थालेका स्थानीयले बताएका छन् । चिमखोला, […]


संरक्षण अभावमा गुराँस मासिँदै

इलाम, २१ जेठ । जिल्लाको उत्तरी क्षेत्रमा पाइने बहुगुणयुक्त गुराँस मासिने क्रम बढ्दै गएको छ । प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले महत्वपूर्ण मानिएको गुराँस संरक्षणको अभावनमा मासिने क्रममा छ । खुला चरिचरन, खुल्ला सीमा, चेतना अभाव, अव्यवस्थित विकास निर्माण, दाउराका रूपमा प्रयोग गरिनु आदिले गुराँस सङ्कटमा परेको सरोकारवाला बताउँछन् । जिल्लाका अधिकांश लेकाली क्षेत्रमा गुराँस […]


सामुदायिक विद्यालयमा अङ्ग्रेजीमा पढाउन कति सम्भव ?

प्रकाश सिलवाल / काठमाडौँ, २० जेठ । ‘विद्यालयमा विदेशी आए भने हाम्रा शिक्षक अङ्ग्रेजीमा बोल्नुपर्छ भनेर कुनातिर लुक्न जान्छन्’ डिल्लीबजारस्थित पद्मकन्या उमाविका प्रधानाध्यापक रीता तिवारीको यो भनाइ अधिकांश सामुदायिक विद्यालयमा लागू हुन्छ । व्यवस्थापिका–संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७३÷७२ को बजेटमा सामुदायिक विद्यालयमा क्रमशः अङ्ग्रेजी माध्यमबाट पढाउने उल्लेख भएपछि यसबारे पुनः बहस सुरु भएको छ । […]


पुनःनिर्माण प्राधिकरणले कागजी घोडामात्र दौडायो : विकास समिति

काठमाडौँ, १९ जेठ । वर्षात् सुरु हुन लाग्दा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई घर बनाउन आर्थिक सहयोग प्रदान गर्न ढिलासुस्ती गरेको भन्दै व्यवस्थापिका संसद्, विकास समितिले आपत्ति जनाएको छ । प्राधिकरणले पुनःनिर्माणका नाममा कागजी घोडा दौडाएको आरोप लगाउँदै जिम्मेवारी पदाधिकारी काम भन्दा ठूला कुरा गर्न व्यस्त भएको समितिका सदस्यको भनाइ छ । समितिको आजको बैठकमा समितिका […]


सन्दर्भ : विश्व धुम्रपानविरुद्धको दिवस, नेपालमा क्यान्सर भएकामध्ये धुम्रपानका कारण ३२ प्रतिशत

नारायण अधिकारी / चितवन, १८ चैत । नेपालमा भेटिएका नयाँ क्यान्सर रोगीमध्ये ३१.७४ प्रतिशत सुर्तीजन्य पदार्थका कारण भएको पाइएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले देशका १२ वटा अस्पतालबाट सङ्कलन गरेको तथ्याङ्कमा यस्तो देखिएको हो । सन् २००३ बाट सन् २०१२ सम्म आठ वटा अस्पतालको तथ्याङ्क सङ्कलन गरिएकोमा सन् २०१३ मा १२ वटा […]


सन्दर्भः विश्व सुर्तीरहित दिवस, धूमपानकै कारण प्रत्येक वर्ष पन्ध्र हजारको मृत्यु

लक्ष्मी गारु / भक्तपुर, १७ जेठ । नेपालमा बर्सेनि सात हजारलाई क्षयरोगी र २७ हजारलाई अर्वुद रोगी बनाउने सुुर्ती र धूमपानकै कारण प्रत्येक वर्ष १५ हजार नेपालीको मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन कार्यान्वयनमा सरकारी उदासिनता र सेवनकर्ताको हेलचेक््रयाइँका कारण बर्सेनि रु १० अर्बभन्दा बढी धुवाँमा उड्ने गरेको तथ्याङ्क छ […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter