एक्सक्लुसिभ समाचार

गङ्गा आरती : धार्मिक पर्यटनलाई टेवा पुर्याउँदै

वीरेन्द्र कर्ण / जनकपुरधाम, ३२ जेठ । धार्मिक पर्यटनको एक प्रमुख गन्तव्य जनकपुरधामको गङ्गा आरतीका कारण प्रसिद्धि बढ्दै गएको छ । गङ्गा आरती कै कारण राजर्षि जनकको प्राचीन मिथिला राज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मथलो जनकपुरको धार्मिक पर्यटनमा एउटा आयाम थपिएको छ । जनकपुरको प्राचीन तथा ऐतिहासिक सरोवर गङ्गासागरमा सुरु भएको […]


झोङ गुफा ः पर्यटकको आकर्षण केन्द्र बन्दै

वासुदेव पौडेल / मुस्ताङ, ३१ जेठ । सुन्दा अचम्म लाग्न सक्छ, हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भागमा रहेको झोङ गुफामा पाँच तला र १४४ कोठा छन् । उपल्लो मुस्ताङको लोमन्थाङबाट चीन र नेपालबीचको नाका कोराला जाने बाटोमा अवस्थित यो गुफा पछिल्ला वर्षमा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो । मुस्ताङको चीनसँग जोडिएको अन्तिम गाविस छोसेरमा रहेका प्रकृति […]


जाजरकोटका ८० हजार जनता गरिब

जाजरकोट, ३१ जेठ । जाजरकोटमा १३ हजार घरपरिवार गरिब रहेको पाइएको छ । जिल्लाका २७ हजार ४०७ घरपरिवारसँग लिइएको लगतअनुसार १३ हजार ९९५ घरपरिवार गैरगरिब रहेको तथ्याङ्कले जनाएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार जाजरकोटमा ३० हजार घरपरिवार अर्थात् एक लाख ७१ हजार बढी जनता रहेको देखिन्छ । त्यस अनुसार करिब ८० हजार जनता गरिब […]


नयाँ शक्ति पार्टी घोषित; अबको निर्वाचनमा पहिलो नयाँ शक्तिः संयोजक डा भट्टराई

काठमाडौँ, ३० जेठ । नयाँ शक्ति नेपालले पार्टी स्थापनाको औपचारिक घोषणा गरेको छ । स्थानीय दशरथ रङ्गशालामा आयोजित एक समारोहका बीच नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले पार्टी सदस्यलाई सपथ खुवाउँदै नयाँ शक्ति घोषणा गर्नुभएको हो । पार्टी घोषणा कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता […]


लुम्बिनी विशेष तीर्थस्थल हुनु हाम्रा लागि गौरव होः राष्ट्रपति

काठमाडौँ, २९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धको जन्मस्थल वरपरको पवित्र क्षेत्रको संरक्षण र विकास गरी लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमै शान्ति नगरीका रुपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ । सुलक्षण कीर्ति विहार चोभारकी प्रमुख डा अनोजा गुरुमालाई म्यानमा सरकारले ‘महासधम्म ज्योतिकध्वज सम्मान २०१६’ प्रदान गरेका अवसरमा आज विहार परिसरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले भन्नुभयो– […]


अख्तियारद्वारा हदबन्दीभन्दा बढी जग्गा लुकाएको तथ्य फेला

काठमाडौँ, २८ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार ऐन–२०२१ विपरीत हदबन्दीभन्दा बढी जग्गा लुकाइछिपाइ राखेको तथ्य फेला पारेको छ । आयोगले जग्गा खोजी गरी सत्यतथ्य पत्ता लगाउन गठित छानविन समितिले भूमिसुधार ऐन २०२१ विपरीत हदबन्दीभन्दा बढीको तराईमा पाँच हजार २२३ विघा र पहाडमा छ हजार २६५ रोपनी जग्गा लुकाएको तथ्य फेला पारेको हो । […]


एक लाख ७१ हजारभन्दा बढी घरधनीलाई अनुदान दिन निर्देशन

काठमाडौँ, २७ जेठ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एक लाख ७१ हजार ६७७ घरधनीलाई पहिलो किस्ताको अनुदान बैंकमार्फत वितरण गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ । प्राधिकरणले मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई आज निर्देशन दिएको प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो । “प्राधिकरणले जेठ १४ गते नेपाल बैंकर्स एसोसियसन, डेभलपमेन्ट बैंकर्स […]


रु १० हजारको ल्याप्चे लगाई आठ लाखसम्म उठाउँदै म्यानपावर

किरण भट्टराई / काठमाडौँ, २६ जेठ । सरकारले वैदेशिक रोजगारीमा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरे पनि म्यानपावरले रु १० हजार लिएको कागजमा कामदारलाई सहिछाप गराउँदै भारी मात्रामा रकम असुल्दै आएको खुलेको छ । यसअघि ठगी र मानव तस्करीको आरोपमा प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले गत फागुन १२ गते १८ म्यानपावर कार्यालयमा छापा मारेकोमध्ये एक […]


हनुमानढोका पुनःनिर्माण अझै सुरु भएन

गौतमवुद्व बज्राचार्य / काठमाडौँ, २६ जेठ । काठमाडौँको मुटुमा रहेको हनुमानढोका राजदरबार गत वर्षको वैशाख १२ मा आएको भूकम्पबाट ध्वस्त भएको एक वर्ष नाघिसक्दा पनि अझै पुनःनिर्माण कार्य सुरु भएको छैन । सरकारी स्तरबाट नै पुनःनिर्माण महाअभियान सुरु भएको सात महिना बितिसकेको छ, सरकारको कछुवा गतिका कारण राजधानीको केन्द्रमा रहेको हनुमानढोका राजदरबारसहित ऐतिहासिक महत्वको गद्दी […]


स्व गुरुङको अन्त्येष्टि; सङ्गीतका ‘सगरमाथा’ अम्बर समाधितिर

काठमाडौँ, २५ जेठ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आज साँझ पशुपति आर्यघाटमा हिन्दू र बौद्ध विधिअनुसार अन्तिम संस्कार गरियो । उहाँको पार्थिव शरीरमा जेठा छोरा किशोरले दागबत्ती दिनुभयो । अन्तिम संस्कार गर्ने क्रममा बौद्ध लामाले बौद्ध संस्कारअनुसार मन्त्रोच्चारण गरेका थिए । राष्ट्रगानका सङ्गीतकार गुरुङप्रति उपप्रधान, तथा रक्षामन्त्री भीमबहादुर […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter