एक्सक्लुसिभ समाचार

राष्ट्र सङ्घमा भारतीय नाकाबन्दीको विरोधमा ज्ञापनपत्र

अमेरिका २ मङ्सिर । भारतको अघोषित नाकाबन्दीको विरोधमा एनआरएन अमेरिका लगायत संस्थाले संयुक्त राष्ट्र सङ्घ मुख्यालय भवनअगाडि विरोध प्रदर्शनपछि मङ्गलबार ज्ञापनपत्र बुझाएका छन् । मध्याह्न १२ बजे सुरु भएको कार्यक्रममा ठूलो सङ्ख््यामा उपस्थित नेपालीलाई अमेरिकी मूलका नागरिक र भारतीय मूलका शिखले समेत ऐक्यबद्धता जनाएका थिए । दुई महिनाभन्दा लामो नाकाबन्दीको कारणले नेपालमा अत्यावश्यक सामग्रीको समेत […]


राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा कमलपोखरीमा छठको पूजाअर्चना

काठमाडौँ, १ मङ्सिर । छठपर्वको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ कमलपोखरी पुगी छुट्टाछुट्टै पूजाअर्चना गर्नुभएको छ । सो अवसरमा उहाँहरुले कमलपोखरीमा अस्ताउँदो सूर्यको पूजा गर्नुभएको थियो । पूजाका लागि उहाँहरु त्यहाँ पुग्दा स्थानीय र भक्तजनले ताली बजाएर स्वागत गर्नुभएको थियो । सूर्यदेवको श्रद्धाभक्तिपूर्वक आराधना र […]


मिथिलाञ्चलमा छठ मनाइँदै

जनकपुरधाम, १ मङ्सिर । मिथिलाञ्चलको महापर्व ‘छठ’ आज यहाँ श्रद्धापूर्वक मनाइँदैछ । श्रद्धालुहरु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणी सर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी तलाउमा यो पर्व गएरातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई […]


छठ पर्वका लागि जलाशयलाई बेहुली झैँ सिँगारियो

जनकपुरधाम, ३० कात्तिक । शुद्धता र आपसी सद्भावका रुपमा प्रचलित छठ पर्व मनाउन यहाँका इतिहास वर्णित जलाशयलाई बेहुली झैँ सिँगारिएको छ । गङ्गासागर, अरगजा, रुक्मिणी, विहारकुण्ड, दशरथ तलाउ, महाराजसागर, धनुषसागर, रत्नसागर र रामसागरमा मनाइने छठ अत्यन्त मनमोहक हुन्छ । जनकपुरधाममा सबैभन्दा बढी व्रतालु आउने मुख्य ठाउँका रुपमा गङ्गासागर, धनुषसागर र अरगजा पोखरी रहेका छन् । […]


बैँसरीका पहिरोपीडितलाई रु ५० लाख सहयोग

म्याग्दी, ३० कात्तिक । म्याग्दीको बँैसरीका पहिरोपीडितलाई ५० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । पहिरोले पूरै बस्ती पुरेपछि विस्थापित बनेका बैँसरीवासीको राहत तथा पुनर्वासका लागि जिल्लाका सङ्घसंस्था, देशभित्र र विदेशमा रहेका म्याग्देलीमार्फत ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग प्राप्त भएको हो । ४० लाख रुपैयाँ नगद र १० लाख रुपैयाँ बराबरको जिन्सी […]


आन्तरिक पर्यटनको आकर्षण बन्दै हुँडिकोट  ! (आलेख समाचार)

वासुदेव पौडेल / लेखनाथ। विश्वमै प्रसिद्ध नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेगको लेखनाथ नगरपालिका–१८ भरतपोखरीस्थित हुँडिकोट आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ । माछापुच्छ्रे हिमालका साथै पोखराको फेवातालसमेतको दृश्य र सात तालको बगैंचा शहर लेखनाथलाई एक साथ नाङ्गो आँखाले हेर्न सकिने हुँडिकोटमा पछिल्लो समयमा पोखरा लगायतका विभिन्न स्थानबाट पर्यटक पुग्न थालेका छन् । पर्यटकीय आकर्षणको प्रशस्त सम्भावना भएर पनि […]


छठलाई लक्षित गरी नदी, पोखरी र तलाउको सरसफाइ

परासी, २९ कात्तिक । छठ पर्वलाई लक्षित गरी नवलपरासीका विभिन्न नदी, पोखरी र तलाउलाई पूर्णरूपमा सरसफाइ गरिएको छ । छठका दिन विशेष पूजाअर्चनासहित सूर्यलाई अर्घ दिनका लागि यहाँ रहेका नदी, पोखरी र तलाउ पूर्णरूपमा सरसफाइ गरिएको हो । नवलपरासीसहित तराईका विभिन्न जिल्लामा विशेष धुमधामका साथ छठ पर्व मनाउने गरिन्छ । पर्वलाई थप व्यवस्थित गर्न स्थानीय […]


भोलिदेखि छठ मनाइँदै

शीतलप्रसाद महतो / वीरगन्ज, २८ कात्तिक । श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ पर्व आइतबारदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाइँदैछ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो […]


आज भाइटीका, उत्तम साइत मध्याह्न ११ः५५ मा

काठमाडौँ, २७ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई पञ्चरङ्गी टीका लगाउने गर्छन् । दिदीबहिनीलाई पूजा गरी अखण्ड सौभाग्य, सुखद् दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद […]


जायज माग सम्बोधन गर्न सरकार तयार : प्रम ओली

काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल संवत ११३६ न्हूदँ राष्ट्रिय समारोह समितिले आज बसन्तपुरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “दुई जना सडकमा निस्केर करोडौँ नेपालीको भावना विपरीत माग राखेमा सरकारले सम्बोधन गर्न सक्दैन, […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter