-योगीशकृष्ण : तीस वर्षपछि देखियो । यस अवधिमा उल्लूमा आएको परिवर्तन देखेर म चकित परेँ ।टिलिक्क टल्केको सूट टाईमा सजिएको उल्लू आकर्षक उल्लू देखिन्थ्यो । उल्लूपूर्ण आँखा छोप्न उसले कालो चश्मा भिरेको थियो । सुकेको अनुहारमा रौनक थपिएको थियो । उसले मलाई चिनेर पनि नचिनेको झैँ गर्यो । म उसको बलेरो गाडी अघिल्तिर उभिएपछि ऊ लाचार […]
काठमाडौँ, २४ कात्तिक । मन्त्रीका लागि सवारी साधन, सुरक्षाकर्मीको व्यवस्था गरिएको हुन्छ । मन्त्री भनेपछि सुरक्षामा हिँड्नुपर्ने भन्ने प्रचलन पनि नेपालमा स्थापित छ । तर आज सिंहदरबारमा रमाइलो र नेपालीले अवलम्बन गर्नैपर्ने दृश्य पनि देख्न पाइयो । सन्दर्भ हो विज्ञान, प्रविधि तथा वातारण मन्त्रालयले ‘पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधन हटाऔँ, साइकल चढौँ’ भन्ने अभियान […]
काठमाडौँ, २४ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान गरी नरके नुहाइन्छ । स्नान गरिसकेपछि तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालिन्छ । यसरी बालेको दीपलाई बगाएमा मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो […]
काठमाडौँ, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानको कार्यान्वयनका लागि लोकतान्त्रिक विधि, कानुनको शासनको पालना गर्दै विकास निर्माण र सबै क्षेत्रमा जनसहभागिताका लागि राज्यले ध्यान दिने बताउनुभएको छ । सशस्त्र प्रहरी बलको १५ औँ स्थापना दिवसको अवसरमा आज साँझ बलको प्रधान कार्यालय हल्चोकमा आयोजित विविध साँस्कृतिक कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको सङ्क्रमणकाल टुङ्गिए पनि […]
चितवन, २१ कात्तिक । सरकार र निजी क्षेत्रको साझेदारीमा सडक बालबालिकारहित सहर बनाउने अभियान चितवनमा सुरु गरिएको छ । सहरमा हुने अधिकांश बालबालिका दुव्र्यसनमा लागेको पाइएपछि उनीहरुको उपचारसँगै सहरलाई सडक बालबालिकारहित बनाउन अभियान थालिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन अधिकारीको नेतृत्वको टोलीले तयार गरेको अनुसन्धान प्रतिवेदन प्रभावकारी देखिएपछि नेपाल प्रहरीले चितवनमा […]
भक्तपुर, २० कात्तिक । बेलायतका फुटबल खेलाडी डेबिट बेकह्यामले आज यहाँको एक विद्यालयका भूकम्पपीडित विद्यार्थीसँग फुटबल खेल्नुभएको छ । उहाँले पाँचतले मन्दिर परिसरमा र दरबार स्क्वायरमा रहेको पद्म उमाविका कक्षा ८, ९ र १० का छात्र तथा छात्रासँग करिब १० मिनेट नीलो र रातो टोली बनाएर टौमढी स्वायरमा फुटबल खेल्नुभएको हो । उहाँले एसियाली मुलुकको […]
काठमाडौँ, २० कात्तिक । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले मानव अधिकारसम्बन्धी दायित्व एवम् प्रतिबद्धताअनुरुप नेपालले मानव अधिकारको प्रवद्र्धन एवम् रक्षा गर्ने दृढता व्यक्त गर्नुभएको छ । मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्त जेइद राड अल हुसेनसँग बिहीबार जेनेभामा भएको भेटवार्तामा उपप्रधानमन्त्री थापाले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । जनताका आधारभूत स्वतन्त्रता, समानता र न्याय प्रवद्र्धन […]
पोखरा । प्राकृतिक र पर्यटकीय दृष्टिकोणले रमणीय पोखरा क्षेत्र मनोरञ्जनका दृष्टिकोणले समेत भरिपूर्ण बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख पर्यटकीय गन्तव्य बनेको पोखरा हरेक कोणबाट सबैको आकर्षणको केन्द्रविन्दु बनेको छ । धेरै रमणीय पोखराको नजिक रहेको सेती नदीमा गरिने साहसिक जलयात्रा अपर सेती पर्यटकका लागि उपयुक्त र थप आकर्षक बन्दै गएको […]
चितवन, १७ कात्तिक । कृषि तथा वन विज्ञान विश्वविद्यालयले वन विज्ञान सङ्कायमा विद्यावारिधिको पढाइ सुरु गरेको छ । विसं २०६७ असार ३ गते स्थापना भएको विश्वविद्यालयले कृषि र भेटेनरीमा यसअघि नै विद्यावारिधिको पढाइ गर्दै आएको थियो । विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका उपनिर्देशक डा बलराम भट्टका अनुसार वन क्याम्पस हेटौँडामा यसै शैक्षिकसत्रबाट वनमा विद्यावारिधिको पढाइ […]
वीरगन्ज, १६ कात्तिक । नेपाल–भारत सीमास्थित मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनकारीलाई सुरक्षाकर्मीले बल प्रयोग गरेर आज विहान हटाएको विरोधमा अहिले वीरगन्जका विभिन्न ठाउँमा प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीले बिहानदेखि नै वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्लीचोक, राधेमाई चोक, रानीघाटलगायत सहरका विभिन्न भागमा बाटोमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारी र प्रहरीबीच वीरगन्जमा […]