• Tuesday, May 13, 2025

एक्सक्लुसिभ समाचार

अपाङ्गतासम्बन्धी आचारसंहिता बन्दै

 काठमाडौँ, २७ पुस । अपाङ्गता भएका व्यक्ति र उनीहरुका विषयमा सञ्चारमाध्यममा प्रकाशित, प्रसारित हुने समाचारमा जथाभावी शब्दको प्रयोग हुन थालेको भन्दै प्रेस काउन्सिलले सम्बन्धित निकायसँग छलफल गरी अपाङ्गतासम्बन्धी आचारसंहिता निर्माण कार्य थालेको छ । उक्त आचारसंहितासम्बन्धी तयार भइसकेको मस्यौदामाथि आज छलफल तथा सुझाव प्रस्तुत गरियो । प्रेस काउन्सिल नेपाल, राष्ट्रिय अपाङ्ग महासङ्घ, माइ राइट्स नामक […]


उपत्यकामा दमकल स्टेसन थप गरी दश बनाइने

(शर्मिला पाठक ) काठमाडौँ, २६ पुस । काठमाडौँ उपत्यकामा बढ्दो जनघनत्व र सहरीकरणलाई ध्यानमा राख्दै आगलागी नियन्त्रणका लागि १० वटा दमकल स्टेसन बनाइने भएको छ । काठमाडौँ उपत्यकामा हाल तीन जिल्लामा गरी तीनवटा मात्र दमकल स्टेसन रहेका छन् । उपत्यकाको बढ्दो सहरीकरणलाई हेर्ने हो भने यो सङ्ख्या अत्यन्तै कम भएको जानकार बताउँछन् । बढ्दो जनसङख्या […]


लाप्राक र बारपाकमा असिना पानीपछि हिमपात, जनजीवन कष्टकर

    गोरखा, २५ पुस । गोरखाको लाप्राक, बारपाक र घ्याच्चोकलगायत क्षेत्रमा गएराति भीषण असिना पानी परेको छ । बारपाकमा बेलुकी ९ बजेदेखि असिनासहितको पानी परेको थियो भने लाप्राक र घ्याच्चोकमा बेलुकी ११ बजेदेखि असिनापानी परेको स्थानीयले टेलिफोनमा बताएका छन् । त्यस क्षेत्रमा रातभर सिमसिम पानी बर्सेको छ । “असिना पानी परेपछि अत्यधिक चिसो बढेको […]


राष्ट्रिय पुनःनिर्माण अभियानको शुभारम्भ माघ २ गतेदेखि

काठमाडौँ, २४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माण कार्यको शुभारम्भ गरी राष्ट्रिय पुनःनिर्माण अभियानको माघ २ गते थालनी गर्नुहुने भएको छ । ‘वैशाख १२ मा गइहाल्यो भुइँचालो, सुरक्षित पुनःनिर्माणमा जुट्ने हाम्रो पालो’ भन्ने नाराका साथ माघ २ गते १८ औँ भूकम्प सुरक्षा दिवस मनाइँदैछ । अठारौँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिले […]


वायु–सौर्य विद्युत् ऊर्जाले फेरियो भोर्लेनीको मुहार

े पाँच किलोवाट क्षमताका दुईवटा पङ्खाबाट १० किलोवाट र १५ किलोवाटको सौर्य ऊर्जाको मिश्रित प्रणालीबाट उत्पादित विद्युत्् यहँँका १३१ घरपरिवारमा वितरण गरिएको छ । हाल बत्ती बाल्नका लागि मात्र उपयोग गरिएकोमा अब सौर्य प्रणालीलाई पनि जोडेपछि गाउँलेहरुले अन्य विद्युतीय उपकरण सञ्चालन गर्नसक्ने केन्द्रका प्राविधिक अधिकृत प्रकाश अर्याल बताउनुहुन्छ । परियोजनाबाट उत्पादित विद्युत््लाई १७ हजार एम्पिएर […]


मस्तिष्क मृत्यु भइसकेका व्यक्तिबाट मिर्गाैला लिन सकिने प्रावधानसहितको विधेयक बन्दै

  (नारायण न्यौपाने)  काठमाडौँ, २१ पुस । मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन अङ्ग प्राप्त गर्न सकिने नातेदारको सूचीलाई फराकिलो तुल्याउँदै विधेयकलाई अन्तिमरुप दिने तयारी भइरहेको छ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निधेष) ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकमा मानव प्रत्यारोपणलाई सरल र सहज बनाउन […]


महानगरको अगुवाइमा मासु पसलको अनुगमन ः अधिकांश मानव स्वास्थ्यमैत्री छैन

काठमाडौँ, २० पुस । काठमाडौँ महानगरपालिकाले केही मासु पसलमा गरेको अनुगमनमा अधिकांश पसल मानवस्वास्थ्य मैत्री नभेटिएको ठहर गरेको छ । आज कामपाले बानेश्वर र अनामनगरको केही मासु पसलमा अनुगमन गरेको थियो । सोही क्रममा नियमित रुपमा अनुगमन गर्दासमेत सुधारमा कुनै किसिमको गुणात्मक परिणाम नदेखिएको महानगरपालिकाअन्तर्गत जनस्वाश्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।व्यावसायिक र महानगरीय मापदण्डको […]


विद्यालय शिक्षाको नयाँ संरचनाले चाँडै कानुनी मान्यता पाउँदै

    (प्रकाश सिलवाल) काठमाडौँ, १८ पुस । ढिलै भएपनि विद्यालय शिक्षाको नयाँ संरचनाले चाँडै कानुनी मान्यता पाउने भएको छ । व्यवस्थापिका–संसद्मा विचाराधीन शिक्षा ऐन, २०२८ (आठौँ संशोधन) विधेयक पारित भएपछि कक्षा १ देखि ८ सम्म आधारभूत र कक्षा ९ देखि १२ सम्म माध्यमिक शिक्षाको नयाँ संरचना लागू हुनेछ । यद्यपि सो अवधारणा शिक्षा मन्त्रालयले […]


आहारा नपाएर गौशालाका गाई मर्न थाले

    (गोपालप्रसाद बराल) बर्दिवास, १६ पुस । महोत्तरी जिल्लाको गौशाला नगरपालिकास्थित निगौल गाई गौशालाका गाई भटाभट मर्न थालेका छन् । बढ्दो जाडोबीच न्यानो बास र पौष्टिक आहारको अभावमा पुस लागेयता सातवटा दूधालु गाई र १५ वटा गाईका बाछाबाछी मरेका हुन् । आर्थिक अभावका कारण निगौल गाई गौशालाको व्यवस्थापन पक्षले फर्ममा पालिएका गाईलाई पोषणयुक्त खाना […]


मालपोत कार्यालयका कर्मचारी रु पाँच लाखसहित पक्राउ

    काठमाडौँ, १४ पुस । सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गएको टोलीले मालपोत कार्यालय, डिल्लीबजारका कर्मचारीलाई आज रु पाँच लाखसहित पक्राउ गरेको छ । आयोगले विज्ञप्तिमार्फत सो कार्यालयका नायब सुब्बाहरू मुकुन्दराज पाण्डे, एकनारायण अर्याल, पोस्टराज पोखरेल र कार्यालय सहयोगी लहरी कुमाललाई सेवाग्राहीसँग रु पाँच लाख घुस रकम […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter