एक्सक्लुसिभ समाचार

शुक्लाफाँटामा बाघको संख्या दोब्बर बढ्यो

अविनाश चौधरी / धनगढी, साउन १३ गते। सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या दोब्बरले बढेको छ। सन् २०२२ को गणनाअनुसार यो निकुञ्जमा बाघको सङ्ख्या ३६ पुगेको हो। यसअघि, सन २०१८ मा गणना गर्दा शुक्लाफाँटामा बाघको सङ्ख्या १६ रहेको थियो। चार वर्षमा सङ्ख्या दोब्बरले बढेर ३६ पुगेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्ला-लालझाडी-जोगबुढा गरेर तीन वटा […]


अनुसन्धान ब्यूरोको ठहर; भ्रमण भिसाको दुरुपयोग बढ्यो

दीपा चाैधरी / काठमाडौं, साउन १२ गते। नेपालीका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य खाडी मुलुक हुन्। यूएईमा मात्र अहिले भ्रमण भिसामा करिब १० हजार नेपाली छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोका सूचना अधिकारी (एसपी) दानबहादुर मल्लका अनुसार भ्रमण भिसाको दुरुपयोग बढ्दै गएको छ। विदेश जाने सबै नेपाली चनाखो हुनुपर्ने उहाँको सुझाव छ। उहाँका अनुसार नेपालबाट भ्रमण […]


‘कोभिडको असरले खस्कियो एसईई नतिजा’

विष्णु पाण्डेय / काठमाडौं,साउन ११ गते। यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा २२ हजार बढी परीक्षामा अनुपस्थित भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको परीक्षाफल अनुसार २२ हजार ६४० जनाले परीक्षा नै नदिएको देखिएको छ। परीक्षामा सहभागी चार लाख ९५ हजार ७५१ जना विद्यार्थीमध्ये सहभागी नभएकाको प्रतिशत ४.५७ प्रतिशत हो। परीक्षामा ३.६ देखि ४ […]


प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन मङ्सिर ४ गते : निर्वाचन आयोग

लक्की चौधरी / काठमाडौं, साउन १० गते । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि सरकारले निर्णय गर्ने तयारी गरेको बताउनुभएको छ । निर्वाचन आयोगमा आज भएको पत्रकार सम्मेलनमा उहाँले सो जानकारी गराउनुभएको हो । “आयोगले आगामी मङ्सिर २ गतेका लागि आगामी प्रतिनिधिसभा तथा […]


बाल श्रमिकबाट उद्योग सञ्चालक भएका मौर्या

जानु पाण्डे / कपिलवस्तु साउन ९ गते । कपिलवस्तु शिवराज नगरपालिका –४ का सोमनाथ मौर्या १३ वर्षको उमेरमा झोला उद्योगका श्रमिक हुनुहुन्थ्यो । विपन्न परिवारका मौर्या रोजगारको सिलसिलामा बाल श्रमिक बन्न भारत पुग्नुभएको थियो । अहिले आफ्नै उद्योगको मालिक बन्न सफल हुनुभएको छ । १७ वर्षसम्म झोला सिउने काम गर्नुभयो । तीन कम्पनीमा काम गरेको […]


उन्यूका डाक्टरले पत्ता लगाए क्यान्सरको औषधि

रमेश लम्साल / काठमाडौँ, साउन ८ गते । भक्तपुर सूर्यविनायक –१ सिरुटारका श्यामशरण श्रेष्ठलाई वन जङ्गल चहारेर हिँडेको भन्दै सुरुआती दिनमा धेरैले राम्रो मानेका थिएनन् । घरमा पनि छोराले के पढेको होला ? किन वन जङ्गल हिँडेको होला भनेर उत्तिकै चासो रहन्थ्यो । तर श्यामशरणलाई भने वन, बिरुवा अनि तिनमा रहेको औषधीय गुणबारेमा जानकारी थियो […]


‘एक स्थानको फोहोर अर्को स्थानमा सार्नु दीर्घकालीन समाधान होइन’

काठमाडौं, साउन ७ गते । एक स्थानको फोहोर अर्को स्थानमा व्यवस्थापन गरेर मात्र दीर्घकालीन समाधान नहुने हुँदा सोहीअनुरुप कानुन निर्माण गरिनुपर्ने बताइएको छ । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन गर्दै आएको र हाल बञ्चरेडाँडामा व्यवस्थापन गरिरहेको अवस्थाको स्मरण गर्दै जनप्रतिनिधिहरूको उक्त अभ्यास दीर्घकालीन समाधान नरहेको बताएका छन् । ललितपुर महानगरपालिकाको प्रमुख चिरीबाबु […]


मौद्रिक नीति : उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्य

काठमाडौं, साउन ६ गते । चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक भएको छ । मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै गभर्नर महाप्रसाद अधिकारीले वर्षको आर्थिक वृद्धिदर औषतभन्दा बढी रहने बताउनुभएको छ । कोरोना महामारी कम हुँदै गएको विदेशी पर्यटक भित्र्नेक्रम बढ्दै गएको, उत्पादन र उत्पादकत्व बढ्दै गएको तथा वैदेशिक रोजगार लयमा फर्केकाले आर्थिक वुद्धि […]


एसपीपीबारे जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौं, साउन ५ गते । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ र प्रतिपक्षी सांसदहरूले एसपीपीको अवस्थाका विषयमा जानकारी माग गर्नुभएपछि सभामुख सापकोटाले सो रुलिङ गर्नुभएको हो । सभामुख सापकोटाले सांसदहरूले सदनमा उठाउनुभएको एसपीपीबारे आफ्नो ध्यानाकर्षण भएको […]


वंशाणुगत रोग केन्द्र स्थापना गर्न पहल थाल्छु : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं, साउन ४ गते । स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री हीराचन्द्र केसीले वंशाणुगत रोग केन्द्र स्थापनाको पहल थाल्ने बताउनुभएको छ । वीर अस्पतालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धान र उपचारका लागि वंशाणुगत रोग केन्द्र स्थापनाको लागि पहल थाल्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘नेपालमा वंशाणुगत रोगका विषयमा अध्ययन […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter