• Tuesday, May 13, 2025

एक्सक्लुसिभ समाचार

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, चैत १४ गते। मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गर्ने गरी मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीका अनुसार मिटरब्याजलाई अपराध घोषणा गरी […]


सरकारी वेबसाइटमा रहेका पुराना वेबपेजका लिङ्क हटाउन निर्देशन

काठमाडौं, चैत १३ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायका वेबसाइटहरूमा रहेका पुराना वेबपेजका सामग्री र लिङ्क हटाउन निर्देशन दिएको छ । कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका पुराना डाटाहरू नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अध्याधिक जोखिम रहेकोले ती लिङ्क, फाइललगायतका सामग्रीहरू हटाउन निर्देशन दिएको […]


प्रहरी महानिरीक्षकमा कुँवर नियुक्त

काठमाडौं, चैत १० गते । नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त हुनुभएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक (आईजीपी) बन्नुभएको हो । कुँवरले आइतबारदेखि कार्यभार सम्हाल्नु हुनेछ। ३० वर्षे […]


आमा समूहकाे सामूहिक आलुखेती

अर्जुन काफ्ले / स्याङ्जा, चैत ९ गते । अर्जुनचौपारी गाउँपालिका ३ आग्रीखर्कका शिवालय आमा समूहले सामूहिक आलुखेती थालेको छ । गाउँमा लाहुरे आँउदा होस या विवाह, व्रतबन्ध हुँदा आमा समूहले आफ्नो सामुहिक सांस्कृतिक कार्यक्रम गरी आर्थिक सङ्कलन गरेर गाउँ समाजमा विभिन्न विकास निर्माण तथा समाजसेवाका काम गर्दै आएको आमा समूह सामूहिक आलुखेतीमा समेत जुटेको हो […]


थ्री नेसन्स कप फुटबल : नेपालको विजयी सुरुवात

काठमाडौं, चैत ८ गते । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आयोजक नेपालले दशरथ रंगशालामा भएको उद्घाटन खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको हो। नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गर्नुभयो । नेपालका लागि खेलको ३० औँ मिनेटमा तामाङले गोल गर्नुभएको हो। नवीन लामाको कर्नरमा अनन्तले […]


अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण

गलेश्वर, चैत ७ गते। विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन। मोटरबाटोले दूरी बढाउँदै जाँदा यस क्षेत्रका पदमार्गमा हिँड्नेहरू घट्दै गएका छन्। हरियाली जङ्गलबीच चराचुरुङ्गीको चिरबिरसँगै गोरेटो बाटो पछ्याउँदै गरिने पदयात्राको रोमाञ्चकता अचेल कम हुँदै जान थालेको छ। पिठ्यूँमा झोला बोकी लौरीको साहरामा उकालो–ओरालो गर्नेहरूको सङ्ख्या पनि पातलिँदै […]


प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत

काठमाडौं, चैत ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको हो । विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको छ । एक मत तटस्थ रहेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा कुल २६२ जनाको उपस्थिति थियो। […]


बैंक,लघुवित्त र सहकारीको बृहत् समीक्षा बैठक गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, चैत ५ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक, लघुवित्त र सहकारी संस्थामा देखिएका समस्या प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताउनुभएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले वित्तीय संस्थाको अनुगमन र नियमन आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम […]


नागरिकको मन जित्दै स्थानीय सरकार

कमल शर्मा / दैलेख, चैत ४ गते । स्थानीय सरकारले सेवामार्फत नागरिकको मन जित्न नसकिरहेको आरोप लागिरहेका बेला जिल्लाका केही स्थानीय सरकारले नागरिकको मन जित्ने प्रयास गरेका छन् । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका जनप्रतिनिधिले निर्वाचनको बेला गरिएका प्रतिबद्धता पूरा नगरेको भन्दै दोहोरिएर निर्वाचन लडेका उम्मेदवार पराजित भएसँगै २०७९ वैशाखमा भएको स्थानीय […]


उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

सपना थामी / काठमाडौं, चैत ३ गते। उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव विजयी हुनुभएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद्को ल्होत्से हलमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो। शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ सङ्घतर्फ १८४ र प्रदेशतर्फ ३२९ मतसहित विजयी हुनुभएको हो। उहाँ जनता समाजवादी पार्टी (जसपा) एवम् सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएको थियो। […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter