
विश्वास रेग्मी / काठमाडौँ, भदौ ८ गते । केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धका कारण मुलुक भित्रिने वस्तुको आकार घटेको छ । वैशाख दोस्रो हप्तादेखि जारी त्यस्तो प्रतिबन्धले मुलुकको व्यापार घाटा कम गर्न पनि सहयोग पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को साउनको अन्तर्राष्ट्रिय व्यापार तथ्याङ्कअनुसार मुलुकमा एक खर्ब ३१ अर्ब […]

काठमाडौं, भदौ ६ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणले राजमार्गको हरेक ६० किलोमिटरमा एउटा चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै घिसिङले सो कुरा बताउनुभएको हो । […]

काठमाडौं, भदौ ५ गते । नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको उच्च सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ। उहाँको सम्मानमा सुरक्षाकर्मीको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो। स्वर्गीय गिरीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (एमाले) का अध्यक्ष केपी […]

जानु पाण्डे / कपिलवस्तु, भाद्र ४ गते । कपिलवस्तुमा बहुमूल्य औषधीजन्य जडीबुटी तथा सुगन्धित तेल धूप उत्पादन गर्न मिल्ने अगरउडको खेती गरिएको छ । जिल्लाको बाणगंगा नगरपालिका -९ बर्दहवामा २.५ हेक्टर जमिनमा अगरउडका बिरुवा रोपिएको हो । वन तथा भुसंरक्षण मन्त्रालय बबरमहल काठमाडौंको सहयोगमा सामुदायिक वन क्षेत्रमा अगरउड वृक्षारोपण गरिएको छ । बर्दहवास्थित कोटिहवा सामुदायिक […]

काठमाडौं, भदौ २ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनःविचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको नागरिकता विधेयकलाई प्रतिनिधि सभाको बैठकले जस्ताकाे त्यस्तै बहुमतले पारित गरेको छ । प्रस्तावको पक्षमा सत्तारुढ गठबन्धनको मत परेको थियो भने विपक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका दलले मत जाहेर गरेका थिए । राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता (पहिलो […]

काठमाडौं, भदौ १ गते । नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । गत जेठ ३१ गतेको […]

सपना थामी / काठमाडौं, साउन ३१ गते। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने हद म्याद मंगलबार सकिएको छ। आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन २०७९ साउन १९ सम्म आयोगमा दर्ता कायम रहेका दललाई साउन २२ देखि साउन ३१ गतेसम्म दल दर्ताका लागि […]

काठमाडौं, साउन ३० गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउनुहुँदै लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दुरदर्शी नेतृत्वको छनोट हुन आवश्यक रहेकामा जोड दिनुभएको छ । प्रधानमन्त्री देउवाले जनताको सबैभन्दा नजिकैको सरकार स्थानीय तह भएकाले जनताको दुः ख/सुखमा मलमपट्टी लगाउन सक्ने गरी काम […]

काठमाडौं, साउन २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता फिर्ता पठाउनु भएको छ । आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

नवराज कट्टेल / विराटनगर, साउन २८ गते । झापा बुद्धशान्ति गाउँपालिका–४ का महेश लिम्बू साउन अन्तिमदेखि भदौभर रोजगारीका लागि इलाम पुग्नुहुन्छ । इलाममा उत्पादित अलैँची टिप्ने समय आएपछि पछिल्लो पाँच वर्षयता कृषि मजदुरका रूपमा लिम्बूले रोजगारी पाउँदै आउनुभएको छ । रोजगारीका लागि मलेसिया र दुबई बसेर फर्कनुभएका लिम्बूलाई इलामका किसानले दिनभरको रोजगारीसँगै ‘ओभर टाइम’ कामसमेत […]