एक्सक्लुसिभ समाचार

एक हजार १३ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर जडान

समुन्द्रा घिमिरे / काठमाडौँ, कात्तिक १५ गते । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार १३ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने जनाउँदै सुरु गरेको योजनाअन्तर्गत असोज मसान्तसम्म ४६ दशमलव ५३ प्रतिशत मात्रै जडान सम्पन्न भएको छ । पहिलो खण्डअन्तर्गत […]


लुम्बिनी गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रपति भण्डारी

रुपन्देही, कात्तिक १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले यहाँ भएका ऐतिहासिक पुरातात्विक महत्वका स्थान र सामग्रीको अध्ययन अनुसन्धान र संरक्षणसहित सबै मूर्त र अमूर्त सम्पदालाई उजार गर्दै यस क्षेत्रको मौलिक पहिचानलाई विश्वसामु प्रस्तुत गर्नुपर्ने बताउनुभयो […]


पूरा हुँदै विद्युतीय चुल्होमा खाना पकाउने नेपालीको सपना

रमेश लम्साल / काठमाडौँ, कात्तिक १३ गते । नेपालीका लागि विद्युतीय चुल्होमा खाना पकाउने विषय एकाध वर्ष पहिले एउटा दन्त्यकथाजस्तै थियो । बिजुलीको सहज उपलब्धता थिएन । बिजुली कहिले आउँछ र कहिले जान्छ भन्ने टुङ्गो थिएन । विदेशतिर बिजुलीको चुल्होमा खाना पकाउने गरिएको छभन्दा आश्चर्य मान्नुपर्ने अवस्था थियो । नेपाल विद्युत् प्राधिकरणले हरेक साता निकाल्ने […]


परीक्षणका लागि ल्याइँदै विद्युतीय बस

सञ्चिता घिमिरे / काठमाडौँ, कात्तिक १२ गते । निर्णय भएको तीन वर्षपछि मात्र परीक्षणका लागि सरकारले विद्युतीय बस ल्याउने भएको छ । सरकारले साझा यातायात प्रालिमार्फत विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो । तीमध्ये परीक्षणका लागि केही बस ल्याउन लागिएको हो । पहिलो चरणअन्तर्गत ४० बस खरिद गर्न लागिएकामा तीमध्ये परीक्षणका लागि तीन वटा […]


किसानलाई ६५ प्रतिशतसम्म राहत दिइने; भारत, अमेरिका र बेलायमा राजदूत सिफारिस

काठमाडौं, कात्तिक ११ गते । सरकारले बाढीपहिरो र डुबानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । प्रवक्ता कार्कीका अनुसार ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र […]


यसकारण पर्यटकको रोजाइमा पर्छ डोल्पा

जाजरकोट, कात्तिक १० गते । नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुद्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ । नेपालको गहिरो यो तालको गहिराइ ६५० मिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर […]


पहिलो पटक ‘कृषि होमस्टे’को औपचारिक शुरुवात

विष्णुप्रसाद पोखरेल / दमक, कार्तिक ९ गते । झापाको गौरादहमा नेपालमा नै पहिलो पटक ‘कृषि होमस्टे’को औपचारिक शुरुवात भएको छ । देशभरका कृषि पर्यटकहरुलाई लक्षित गरेर गौरादहको महारानीझोडामा महिलाहरुमात्र सदस्य रहेको महारानीझोडा साना किसान सहकारी सस्थाद्धारा प्रवद्र्धन गरिएको ‘नमुना एकीकृत सहकारी खेती’को परिसरभित्र आधु्निक होमस्टे शुरु भएको हो । सोमबार पूर्व प्रधानमन्त्री एवं झापा क्षेत्र […]


धानबाली क्षति अध्ययन गर्न कार्यदल गठन, तीन दिनकाे समय

काठमाडौं, कात्तिक ८ गते । बेमौसमी वर्षासँगै आएको बाढी र डुबानबाट धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ । सोमबार बसेको मनित्रपरिषद्को बैठकले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान् प्रशासन मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरु […]


समय अगावै सयपत्री फुल्दा फूल किसान मर्कामा

अमरराज नहर्की / तनहुँ, कात्तिक ७ गते । समयभन्दा अघि सयपत्री फूल फक्रिएपछि तनहुँका कृषकहरु मर्कामा परेका छन् । तिहारका लागि लक्षित गर्दै लगाइएको फूल दशैँदेखि नै फक्रिन थालेपछि हाल फूल ओइलाउन थालेका छन् । तिहारमा विक्री गर्न लगाइएका फूल तिहारअघि नै ओइलाउन थालेपछि कृषक चिन्तित बनेका छन् । आवश्यकताभन्दा बढी बर्षा र चिसो हुनुपर्ने […]


मुडा बेचेर तनहुँ कारागारका कैदी बन्दीहरुले दशैंको घर खर्च जोहो गरे

अमरराज नहर्की / तनहुँ, असोज २७ गते । मुडा बेचेर आम्दानी गरी तनहुँ कारागारका कैदी बन्दीले दशैंका लागि घर खर्च पठाएका छन् । कैदी बन्दीलाई कारागार प्रशासनले विभिन्न सीपमूलक काममा प्रेरित गरेपछि मुडा बनाउन सिकेर आम्दानी भएपछि घर खर्च जोहो गरेका हुन् । आचरणमा सुधार गर्न बचेको समयलाई आर्थिक उपार्जनमा लगाएपछि सीपमूलक काममा व्यस्त भएको […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter