एक्सक्लुसिभ समाचार

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौं, असोज २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो । राष्ट्रपति कार्यालयमा शुक्रबार राष्ट्रपति भण्डारीले नानियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभएको हो । […]


हनुमानढोका दसैँ घरमा जमरा राखियाे

काठमाडाैं, असाेज २१ गते । परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । बिहीबार बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिएकाे हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताउनुभयो । दसैँ घरमा घटस्थापनापछि दैनिक बलि […]


भूकम्पका साढे छवर्ष, सात लाखभन्दा बढी घर पुनः निर्माण

सञ्चिता घिमिरे / काठमाडौँ, असोज २० गते । भूकम्पमा क्षतिग्रस्त भएका सात लाखभन्दा बढी घरको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पको साँढे छ वर्ष बित्दा कूल लाभग्राहीमध्ये झण्डै ८५ प्रतिशतले घर सम्पन्न गरेर पूरा किस्ता लिइसकेका छन् । भूकम्पपछिको पुनःनिर्माणका लागि सरकारले गठन गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सबैभन्दा पहिले निजी आवास निर्माणमा लागेको थियो । […]


रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्वीकृत

काठमाडौँ, असोज १९ गते । सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको कुरा सरकारका प्रवक्ता तथा न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले प्रशासन समुहका सहसचिव रबिलाल पन्तलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ […]


गृह मन्त्रालयद्वारा प्रदेशगत अनुगमन टोली गठन

काठमाडौँ, असोज १८ गते । गृह मन्त्रालयले चाडपर्वका समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन सहसचिवको नेतृत्वमा प्रदेशगत अनुगमन टोली गठन गरेको छ । मन्त्रालयले चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाइ सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, यातायातलगायत सेवालाई सुलभ तथा गुणस्तरीय बनाउने उद्देश्यले सातै प्रदेशमा अनुगमन गरी तत्काल देखिएका समस्या समाधानका गर्न सो टोली गठन गरेको हो । […]


राजनीतिसँगै २९० रोपनी बाँझो जमिनमा मेवा खेती

अमरराज नहर्की / तनहुँ, असोज १७ गते । तनहुँको एक युवकले राजनीतिसँगसगै व्यावसायिक कृषि पेशा अँगाल्नुभएको छ । व्यासनगरपालिका–१३ बेलबास निवासी वसन्त आलेले सोही ठाउँ नजिकै पोखरी भञ्ज्याङमा व्यवसायिक रुपमा मेवाखेती शुरु गर्नुभएको हो । मेवाखेतीको लागि आलेले जग्गा भाडामा लिनुभएको छ । नेपाल विद्यार्थी सङ्घको केन्दीय सदस्य तथा जिल्ला अध्यक्ष भएर नेतृत्व लिई सक्नु […]


लाखौँको अङ्गुर बिकेन, कृषक भन्छन् अङ्गुर त अमिलो भयाे

डोल्पा, असोज १६ गते । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायत स्थानमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । नगरपालिकाको सहयोगमा तीन वर्षअघि सुरु गरिएको यो खेतीले फल दिन थालेको दुई वर्ष भयो । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि लटरम्म अङ्गुर फलेको छ । रहर लाग्ने गरी फलेका अङ्गुर देख्दा फार्ममा पुग्ने जो कसैको पनि […]


दुई नेपाली महिलासहितको टोलीद्वारा धौलागिरि हिमालको सफल आरोहण

ठाकुरप्रसाद आचार्य / म्याग्दी, असोज १५ गते । दुई नेपाली महिलासहितको टोलीले विश्वको सातौं अग्लो धौलागिरि हिमाल शुक्रबार विहान सफल आरोहण गरेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा पर्ने धौलागिरि हिमालमा पूर्णीमा श्रेष्ठ र पासाङ लामू शेर्पासहितको टोलीले सफल आरोहण गरेको हो । सफल आरोहणसँगै टोलीले धौलागिरी चुचुरोमा पाइला टेक्ने दुई नेपाली महिलाको कीर्तिमान […]


होमस्टे सञ्चालनले बाँकेका किसानको जीवन बदलियो

सिराज खान / नेपालगञ्ज, असोज १४ गते । बाँके राष्ट्रिय निकुञ्जको स्थापनासँगै सो नजिकका क्षेत्रमा पर्यटकलाई लक्षित गरेर होमस्टे खुल्ने क्रम बढ्दैगएको छ । निकुञ्जमा बाघ हेर्न तथा शान्त वातावरणमा रमाउन स्थानीयको आकर्षण होमस्टेमा बढ्दै गएपछि होमस्टे सञ्चालक उत्साहित बनेका छन् । बाँकेको कम्दी करीडोरको नयाँ गाउँमा सञ्चालनमा रहेको होमस्टे नं. ७ का सञ्चालक मङ्गलसिंह […]


सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन

गलेश्वर, असोज १३ गते । भारतीय सेनाबाट अवकास पाउनुभएका म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गर्नुभएको छ । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाउनुभएका उहाँले गाउँ फर्किएर कालिजपालन सुरु गर्नुभएको हो । उहाँले सुरु गर्नुभएको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइलो बनेको छ । रञ्जिला कृषि तथा पशुपक्षी […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter