एक्सक्लुसिभ समाचार

उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौँ, भदौ १७ गते । काठमाडौँ उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । अब भने उक्त कोडको प्रयोग गरी मोबाइलबाट नै जरिवाना तिर्न सकिने भएको हो । महाशाखाले आज एक कार्यक्रमका बीच उक्त सेवा […]


तीव्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ ? कारबाहीमा परिएला !

काठमाडौँ, भदौ १६ गते । काठमाडौँ उपत्यकामा तपाईं तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार ! अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी हाँक्नेविरुद्ध रातिमा पनि कारबाही सुरु गरेको छ । रातको समयमा तीव्र गतिमा सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढ्न सक्नेतर्फ ध्यान दिँदै महाशाखाले ‘नाइट भिजन लेजर स्पिड गन’को प्रयोग गरी जाँच अभियान […]


चाैतर्फी अफ्ठ्याराहरूकाे चक्रव्यूहमा विद्युत प्रसारण लाइन निर्माण

रमेश लम्साल / काठमाडौँ, भदौ १५ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भाषामा हरेक प्रसारण लाइनको टावर नै एउटा आयोजना हो । समग्र आयोजना सम्पन्न गर्न जुन खालको मिहिनेत चाहिन्छ, एउटा टावर बनाउन पनि उत्तिकै जोडबल आवश्यक पर्दछ । नेपालमा हाल निर्माणाधीन अधिकांश प्रसारण लाइन आयोजना रुग्ण अवस्थामा छन् भन्दा फरक पर्दैन […]


संसद् अधिवेशन बोलाउन सत्ता गठबन्धन दलमा परामर्श

नारायण न्यौपाने / काठमाडौँ, भदौ १४ गते । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को अधिवेशन बोलाउने गृहकार्य भइरहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले अधिवेशन आह्वान गर्ने सन्दर्भमा सरकार र गठबन्धनमा रहेका राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग आज परामर्श गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते नयाँ […]


नेपालमा प्रयोग भएको कोरोनाको खोप प्रभावकारी

काठमाडौँ, भदौ १३ गते । नेपालमा पछिल्लो समयमा नियमित रूपमा लगाइएको कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानबाट खोप लगाएका १३ हजार १६१ जनाको नमूना परीक्षण गर्दा ९० प्रतिशतसम्म एन्टिबडी देखिएको हो । मन्त्रालयले गत असार २१ गतेदेखि ३० साउनसम्म खोप लगाएका मानिसको नमूना परीक्षण गरेको थियो […]


क्रियाशील सदस्यता, निर्वाचन निर्देशिका लगायतका विषयमा सहमति

काठमाडौँ, भदौ १२ गते । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यताका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापतिका माग सम्बोधन गर्ने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता प्रकाशमान […]


काँग्रेसलाई मजबुत बनाउन मेराे उम्मेदवारी : नेता निधि

काठमाडौं, भदौ ११ गते । सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको सभापति पदमाका प्रत्यासी विमलेन्द्र निधिले शुक्रबार सम्पर्क कार्यालय स्थापना गर्नु भएकाे छ । आसन्न चौधौं केन्द्रीय महाधिवेशनसम्मका लागि बानेश्वरमा सम्पर्क कार्यालयको शुभारम्भ गर्नुहुदै उहाँले आफूलाई सल्लाह, सुझाव र प्रतिक्रियाका लागि पनि आग्रह गर्नुभएको छ । नेता निधिले आगामी महाधिवेशनमा कसैलाई पराजित गर्न, असक्षम […]


नेपाल कानुन आयाेगका अध्यक्षमा जागेश्वर सिंह सुवेदी नियुक्त

काठमाडौं, भदौ १० गते । सरकारले नेपाल कानुन आयाेगका अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सिंह सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेकाे छ । साथै राष्ट्रिय योजना आयोगको सदस्य पदमा पुष्परमण वाग्ले र सलोनि प्रधान सिंह नियुक्त हुनुभएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरुलाई नियुक्ति गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता […]


पुनःनिर्माणको काम सम्बन्धित निकायलाई हस्तान्तरण गरिने

काठमाडौँ, भदौ ९ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणको काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज सम्पन्न प्राधिकरणको २०औँ निर्देशक समितिको बैठकले प्राधिकरणले हालसम्म गरेका कामलाई धन्यवाद दिँदै पुनःनिर्माणमा बाँकी काम सम्पन्न गर्न हस्तारन्तरण प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो । बैठकले प्राधिकरणबाट भएका काममध्ये विपद्सँग सम्बन्धित काम […]


तनहुँमा व्यावसायिक रुपमा औषधिजन्य बिरुवा खेतीको विस्तार

तनहुँ, भदौ ८ गते । तनहुँमा व्यावसायिक रुपमा औषधिजन्य बिरुवा खेतीको विस्तार भइरहेको छ । चार दशकअघि व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रबाट शुरु भएको औषधिजन्य बिरुवा खेती विगत दश वर्षयता जिल्लाको दुले र मादी नदी किनार आसपास हुँदै पर्वत जिल्लाको जलजले गाउँपालिका क्षेत्रसम्म विस्तार भएको छ । व्यास नगरपालिका–५ पाटनका ८६ वर्षीय केबी गुरुङले जागीर […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter