एक्सक्लुसिभ समाचार

आधुनिक बन्दै गाउँमा कृषि पेसा, घरघरमा टल्किन्छन् टनेल

बाबुराम देवकोटा / सिन्धुली, भदौ ७ गते । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी आसपासका गाँउका घर घरमा यतिखेर टनेल (प्लाष्टिकको घर) टल्किदै गएका छन् । जिल्लामा पछिल्लो समयमा प्लाष्टिकको टनेलभित्र गरिने बेमौसमी तरकारी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएपछि घर–घरमा टनेल टल्किएका हुन् । सदरमुकाम आसपास रहेका चपौली, रतनचुरा, तीनकन्या, हिर्दिङ, भद्रकाली, डाडी लगायतका गाँउमा प्लाष्टिकको टनेलभित्र बेमौसमी […]


ज्येष्ठ नागरिकलाई राज्यले सम्मान गर्छ : प्रधानमन्त्री देउवा

ललितपुर, भदौ ५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आज ललितपुर महानगरपालिका–४ बागडोलमा नवनिर्मित ज्यापु समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको उद्घाटन गर्नुभएको छ । उहाँले वृद्धावस्थामा कोही पनि वृद्धाश्रममा बस्नुपर्ने परिस्थिति उत्पन्न नहोस् भन्दै यदि त्यस्तो स्थिति आएमा ज्येष्ठ नागरिकहरूलाई उचित सुविधाको व्यवस्था गर्न सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “ज्येष्ठ नागरिकहरूलाई […]


उपचारका लागि विदेश जान नपर्ने, नेपालमै सबै सुविधा पाउँदै

नारायण अधिकारी / चितवन, भदौ ५ गते । नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले पनि अस्पतालको स्तरोन्नति गर्दै गएपछि जटिल रोगको उपचारसमेत यहीँ हुन थालेका हुन् । मुख्यरुपमा अङ्ग प्रत्यारोपण, ठूला शल्यक्रिया र क्यान्सरका […]


देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट

सर्लाही, भदौ ४ गते । सर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ । पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ रहेको सो मानवनिर्मित तालमा ३५ सिटे जेटबोट सञ्चालनमा ल्याइएको छ । वाग्मती नगरपालिकाका प्रमुख […]


विश्व बैंकले सात अर्ब १२ करोड सहुलियतपूर्ण ऋण दिने

काठमाडौँ, भदौ ३ गते । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि छ करोड अमेरिकी डलर अर्थात् करिब रु सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित समारोहमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलङ्काका लागि देशीय […]


माधव समूह तथा ठाकुर पक्षद्वारा पार्टी दर्ताका लागि निवेदन

काठमाडौं, भदौ २ गते । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । नेपाल समूहका सांसद मेटमणि चोधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको जानकारी दिनुभयो । एमाले वरिष्ठ नेता नेपालले पार्टी एकताकाे संभावना टरेपछि नयाँ दल दर्ताका लागि निवेदन दिनुभएको हो । नयाँ […]


सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो बनाइयो, पास दर ५० प्रतिशत पुग्ने अपेक्षा

सञ्चिता घिमिरे / काठमाडौँ, भदौ १ गते । सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागिएको हो । परीक्षा […]


कोशी करिडोर २२० केभी प्रसारण लाइन पहिलाे खण्ड निर्माण सम्पन्न

रमेश लम्साल / काठमाडौँ, साउन ३२ गते । पूर्वाञ्चल क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ । कूल २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सुनसरीको इनरुवाबाट सङ्खुवासभाको तुम्लिङटारसम्मको कूल १०६ […]


कुखुराको सुलीबाट बिजुली ! ६२ केभिएको जेनेरेटर

नारायण अधिकारी / चितवन, साउन ३१ गते । कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वी चितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको सुरुआत गर्नुभएको छ । उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग गरिइएको छ । उहाँका अनुसार सुलीबाट मासिक रु. एक […]


बीएससी एजी पढेर बाँस खेती, बाँस बेचेर करोडपति

अमरराज नहर्की / तनहुँ, साउन ३० गते । तनहुँका एक कृषक बाँस विक्री गरेर करोडपति बन्न सफल हुनु भएको छ । व्यास नगरपालिका–५ पाटन निवासी ८६ वर्षिय कृषक केबी गुरुङले बाँसका विरुवा र बाँस विक्री गरेर मनग्गे आम्दानी गर्नु भएको हो । कृषक गुरुङले १५० रोपनी जमिनमा वनस्पती उद्यान सञ्चालन गर्नु भएको छ । उद्यानको […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter