चिप्लेढुङ्गा, वैशाख ३० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही बाधा र अड्चन देखिए पनि त्यसलाई छिचोलेर गण्डकी प्रदेशलाई समृद्ध बनाइ छाड्ने बताउनुभएको छ । पोखरामा आज आयोजना गरिएको एजेण्डाः समृद्धि सपना, प्रादेशिक विकास बहस कार्यक्रममा मुख्यमन्त्री गुरुङले सो कुरा बताउनुभएको हो । सङ्घीयताले दिएकोे अधिकारसमेत प्रदेशलाई दिन नखोज्ने रवैयाप्रति आपत्ति जनाउँदै उहाँले भन्नुभयो, […]
काठमाडौ, वैशाख २५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कारणले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविनसम्बन्धीका विषय टुङ्गिन बाँकी रहेकाले चाँडै नै बाँकी काम पूरा गरी विश्वमै उदाहरणीय बनाउनुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले शान्ति प्रक्रियाका केही कुरा पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै आफैँले शुरु गरेको शान्ति […]
गलकोट, वैशाख २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा आज आजको आवश्यकता रहेको बताउनुभएको छ । बागलुङ नगरपालिका–१२ बलेवा, अमलाचौरस्थित पृथ्वीहिरण्य माध्यमिक विद्यालयको नवनिर्मित सुविधा सपन्न भवनको हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले राज्यलाई पछि योगदान दिने विद्यार्थीलाई आज गुणस्तरीय शिक्षा प्रदान गर्नु सरकारको दायित्व भएकामा जोड दिनुभयो । राष्ट्रपतिले भन्नुभयो, “अभिभावक र विद्यार्थीबीचको सम्बन्धबाट नै […]
काभ्रेपलाञ्चोक, वैशाख १४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तीन वर्षभित्र सामुदायिक शिक्षा परिमार्जन गरी गुणस्तरीय बनाइसक्ने दाबी गर्नुभएको छ । एशियाली विकास बैंक (एडीबी)को रु छ करोड ऋण सहयोग तथा पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (शिक्षा) को समन्वयमा चौँरीदेउराली गाउँपालिका–४ सालिमेछेडास्थित सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे भवनको शुक्रबार उद्घाटन गर्दै मन्त्री […]
काठमाडौँ, वैशाख ८ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेकपा एकताका बाँकी काम अन्तिम निष्कर्षमा पुग्न लागेको बताउनुभएको छ । नेकपाको ७० आँै स्थापना दिवसका अवसरमा प्रदेश नं ३ सङ्गठन कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “आज साँझ बस्ने पार्टी सचिवालय बैठकले पार्टी एकताका बाँकी सबै काम […]
काठमाडौँ, वैशाख ७ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाउनुभएको छ । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको बताउनुभएको हो । “ सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान […]
राँझा, वैशाख ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँके र बर्दियाको विकासनिर्माणबारे चासो लिनुभएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न नेपालगञ्ज आउनुभएका राष्ट्रपति भण्डारीले आज ती जिल्लाका जनप्रतिनिधिसँग विकासनिर्माणबारे छलफल गर्नुभएको राष्ट्रपतिका प्रमुख सल्लाहकार भेषराज अधिकारीले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले जनप्रतिनिधिलाई जनताको काम सहज रुपमा गर्न आग्रह गर्नुभएको थियो । “नयाँ अनुभव […]
काठमाडौँ, चैत २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले जीवन र धर्तीलाई अुनकूल हुने गरी एकीकृत वातावरणमैत्री बस्ती विकास योजना बनाई प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई सुझाव दिनुभएको छ । ‘कोप २४’ मा नेपालको सहभागिता र उपलब्धिबारे आज वन तथा वातावरण मन्त्रालयले राष्ट्रपति भवन, शीतल निवामा आयोजना गरेको समीक्षा कार्यक्रममा उहाँले जलवायु अनुकूलनका लागि व्यापक दायरामा राखेर […]
काठमाडाँै, चैत २५ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले व्यापार घाटा न्यूनीकरण गर्दैै फालाम तथा स्टीलजन्य सामग्रीमा आत्मनिर्भर बन्न स्वदेशमै फालम र स्टीलको उत्पादन गर्नुपर्नमा जोड दिनुभएको छ । ग्रील तथा स्टील व्यवासयी महासङ्घ नेपालको आज राजधानीमा भएको २५ औँ वार्षिक साधारणसभा तथा आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले अपार सम्भावना रहेको फलाम खानीको उत्खनन् गरेर […]
काठमाडौँ, चैत ९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन नहुने बताउनुभयो । महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री थापाले समाजमा विद्यमान लैङ्गिक भेद्भाव, विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने बताउनुभयो । “समाजमा महिला हिंसालगायत बलात्कारका घटना बढ्दै […]