काठमाडौं, मङ्सिर १७ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य क्षेत्रको बेथिति अब नरहने बताउनुभएको हो । अस्पतालको बेथिति अन्त्य गर्न र सर्वसुलभ स्वास्थ्यसेवा प्रदान गर्न आफूले विशेषज्ञ […]
सुर्खेत, कात्तिक ७ गते । उपराष्ट्रपति नन्दबहादुुर पुनले कर्णाली प्रदेशले पर्यटन क्षेत्रबाटै लाभ लिन सक्ने बताउनुभएको छ । सुर्खेतका पर्यटकीयस्थल काँक्रेविहार र बुलबुले उद्यानको आज अवलोकन गर्दै उहाँले पर्यटन प्रवद्र्धन गर्नसके कर्णालीले मुहार पर्ने बताउनुभएको हो । उपराष्ट्रपति पुनले खस भाषाको उत्पत्तिस्थल जुम्लाको सिंजा उपत्यकालाई काँक्रेविहारसँग जोडेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । […]
काठमाडौं, कात्तिक १ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्ने बताउनुभएको छ । आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले सुदूरपश्चिम प्रदेश विगतमा पनि पछाडि परेकाले अब विकास निर्माणको काम यतातिर बढी केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर […]
काठमाडौं, असोज २९ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताउनुभएको छ । केही वर्ष पहिले चीन र भारतको भ्रमणमा जाँदा विशिष्ट भू–राजनीतिक अवस्थाको कारणले त्रिदेशीय साझेदारीको नयाँ आर्थिक विकासको रणनीतितर्फ जानुपर्दछ भनेर आफूले नै […]
इलाम, भदौ २७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता दूरगामी सोचले गरिएको बताउनुभएको छ । इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले कसैका सनक र लहडमा पार्टी एकता नभएको स्पष्ट गर्नुभयो । “पार्टी एकतालाई हल्का रूपमा नलिनु होला”, अध्यक्ष दाहालले भन्नुभयो, “एकता भनेको असल नेतृत्व, असल नेता […]
काठमाडौँ, भदौ २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताउनुभएको छ । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरणका लागि आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो […]
चितवन, भदौ १८ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । छिटोभन्दा छिटो विकास चाहेका जनताले विकासले […]
काठमाडौँ,भदौ १५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार आर्थिक वृद्धि तथा प्रशासनिक काममा सफल भएको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले नेपालले सात प्रतिशतको आर्थिक वृद्धि गरेको तथा कर्मचारी समायोजनमा द्रुत काम भइरहेका बताउनुभयो । संविधानअनुसार ऐन, कानून बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तीनै तहबीच अन्तरसम्बन्ध व्यवस्थित गरेको […]
काठमाडौँ, ७ भदौ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण गर्नेबारे हामी भित्रै समस्या रहेको बताएका छन् । आफ्नै निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ५ स्थित प्रदेश नम्बर ३ सरकारले बनाएको लम्टाङ्गिन पार्क शनिबार उद्घाटन गर्दै पोखरेलले सार्वजनिक जग्गा आफ्नो बनाउने मनस्थिति आम मानिसले त्याग्नुपर्ने बताए । काठमाडौं उपत्यका लगायत शहरी क्षेत्रभित्र विभिन्न स्थानमा […]
जनकपुरधाम, भदौ २ गते । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमति कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभयो । एक प्रश्नको जवाफमा उहाँले पहिलो वर्ष देशमा कानूनी जटिलता भएका कारण सरकारले अपेक्षानुसार काम गर्न नसकेकोे बताउँदै […]