काठमाडौं, असार ४ गते । उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव नरहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उहाँले कसैप्रति औँला ठड्याएर परिवर्तन र रुपान्तरण सम्भव नरहेको […]
काठमाडौँ, असार ३ गते । परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई विधानअनुसार महाधिवेशन गर्न आग्रह गर्नुभएको छ । एनआरएनएको संस्थापन पक्ष र १०औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षका प्रतिनिधिहरुलाई उहाँले आज विधानअनुसार महाधिवेशन गर्न आग्रह गर्नुभएको हो । परराष्ट्र मन्त्रालयमा आज संयुक्त रुपमा आउनु भएका दुवै पक्षका प्रतिनिधिहरुलाई मन्त्री साउदले विधान स्पष्ट बनाएर महाधिवेशनमा […]
गाेविन्द रेग्मी / काठमाडौं, असार ३ गते । बलर नचलेपछि नेपाल आईसीसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा घरेलु टोली जिम्बावेसँग आठ पराजित भएको छ । हरारे स्पोर्ट्स क्लबको मैदानमा आइतबार भएको खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको हो । जितका लागि दुई सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जिम्बावेले ४४.१ ओभरमा दुई विकेटको […]
चित्र मिजार / सिन्धुपाल्चोक, असार २ गते । त्रिपुरासुन्दरी गाउँपालिका र एकीकृत हातेमालो ग्रामीण विकास सङ्घको साझेदारीमा निर्मित एकीकृत अस्थायी आवास शनिबार हस्तान्तरण गरिएको छ । पहिरोको जोखिममा रहेका त्रिपुरासुन्दरी गाउँपालिका –३ धुस्कुन हिले भस्मे बस्तीका पाँच परिवारलाई दुई, दुई कोठे अस्थायी आवास हस्तान्तरण गरिएको छ । उक्त गापाका अध्यक्ष भक्तध्वज बोहराले अस्थायी आवास हस्तान्तरण […]
काठमाडौं, असार २ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीलाई एकैपटक जेलमा हाल्नुपर्ने आफ्नो पार्टीको विचार भएको बताउनुभएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। सभापति लामिछानेले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब बनाउनेहरुलाई चुनीचुनी कानुनी दायरामा ल्याउनु रहेको बताउनुभयो। उहाँले पार्टीलाई दुई तिहाईमा लैजानुपर्ने […]
काठमाडौं, असार १ गते। नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदवहाली गर्नुभएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएपछि कार्कीले सर्वोच्च अदालत पुगेर पदवहाली गर्नुभएको हो। उहाँले आफ्नै संयोजकत्वमा न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदनको जगमा आधारित कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रतिवेदनका आधारमा न्यायपालिकाको अधिकार क्षेत्रलाई पुनरावलोन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “न्याय […]
नविन सुवेदी / सुर्खेत, असार १ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निजी क्षेत्रको पहलमा शुक्रबारबाट नगर माइक्रो बस सञ्चालनमा आएको छ । नगरपालिकासँग समन्वय गरेर शुक्रबारदेखि वीरेन्द्रनगरमा नगर बस सञ्चालनमा आएको हो । नगर बस नहुँदा अटो रिक्साले मनलाग्दी भाडा असुल्ने गरेको भन्दै चर्को विरोध हुँदै आएको थियो । शुक्रबार वीरेन्द्रनगर प्रमुख मोहनमाया […]
काठमाडौं, जेठ ३२ गते । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरको बोर्ड हटाउने भएको छ । बिहीबार महानगरले यस्तो निर्णय गरेको हो । महानगरपालिकाले असार १ गते शुक्रबारबाट महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरको बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजु अर्यालले जानकारी दिनुभयो । उहाँले उपयुक्त स्थानमा व्यवस्थित टिकट […]
काठमाडौं, जेठ ३१ गते। सरकारले वर्षयामा देखिने स्वास्थ्य समस्याबाट बच्न पानी उमालेर मात्र पिउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै नेपालमा मनसुन भित्रिएसँगै विभिन्न स्थानमा दिनहुँ जसो वर्ष भइरहेको र वर्षासँगै झाडापखाला, हैजा, डेंगुको जोखिम रहने हुँदा यस्तो स्वास्थ्य समस्याबाट बच्न आग्रह गरेको हो। झाडापखाला, हैजाबाट बच्न मन्त्रालयले सधैँ पानी उमाले वा […]
काठमाडौं, जेठ ३१ गते। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विद्युतीय सुशासन कायमका लागि सबै सरकारी कार्यालयको सामाजिक सञ्जालको खाता नियमित सञ्चालनको सुनिश्चित गर्न निर्देशन दिएको छ। कार्यालयका शाखा अधिकृत ज्योति पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सबै सरकारी कार्यालयमा सामाजिक सञ्जालका माध्यमबाट सूचना, जानकारी सार्वजनिक गर्ने तथा नागरिकका गुनासा सम्बोधन गर्ने राज्यको नीति अनुरूप त्यस निकाय र […]