• Sunday, June 01, 2025

समाचार

ज्येष्ठ नागरिकको आँखाको निःशुल्क शल्यक्रिया, उपचार केन्द्र सञ्चालनका लागि सम्झौता

इलाम, २१ कात्तिक । इलामको फिक्कलमा ज्येष्ठ नागरिकका लागि सञ्चालित दुई दिने निःशुल्क नेत्र शल्यक्रिया शिविर सुरू भएको छ । हेल्प एजको सहयोगमा नेपाल नेत्र ज्योति सङ्घ इलाम, प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलको आयोजना र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरेको शिविरमा १३० जनाको शल्यक्रिया गरिने बताइएको छ । बरबोटेका प्रजापति कोइरालाले दाहिने आँखाको शल्यक्रियापछि […]


नेपालले झेलेको पारवाहन समस्या शीघ्र समाधान हुनुपर्नेमा अन्तर्राष्ट्रिय समुदायको जोड

काठमाडौँ, २० कात्तिक । अन्तर्राष्ट्रिय समुदायले नेपालले हाल झेल्नुपरेको पारवाहन तथा आपूर्तिसम्बन्धी समस्या शीघ्र समाधान हुनुपर्नेमा जोड दिएको छ । जेनेभामा सम्पन्न राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को २३औँ विश्वव्यापी आवधिक प्रतिवेदन कार्यदलको बैठकमा भाग लिएर आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री कमल थापाले अन्तर्राष्ट्रिय समुदायको उक्त चाहनाबारे जानकारी दिनुभएको हो । “भूपरिवेष्ठित राष्ट्रले […]


माउन्टेन बाइक महोत्सव हुने

काठमाडौँ, २० कात्तिक । नेपाल पर्यटन बोर्डसहित विभिन्न साइक्लिङ संस्थाहरुको संयुक्त आयोजनामा आगामी मङ्सिर ४ देखि ६ गतेसम्म ‘जाइन्ट काठमाडौँ माउन्टेन बाइक महोत्सव–२०१५’ हुने भएको छ । यसको अन्य आयोजकहरुमा नेपाल साइक्लिङ एसोसिएसन, फन्टेस्टिक होलिडेज नेपाल, जाइन्ट साइकल र लाइफ साइकल नेपाल रहेको छ । सत्तरी प्रतिशत नेपाली र ३० प्रतिशत विदेशीको सहभागिता रहने सो […]


घेराबारीमा सेनाद्वारा सञ्चालित निःशुल्क शिविर सम्पन्न

झापा, २० कात्तिक । नेपाली सेना कालीबहादुर गण चारआली ब्यारेकद्वारा झापाको घेराबारीमा बिहीबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । बिएन्डसी मेडिकल कलेज, मेची आँखा अस्पताल, नेपाल रेडक्रस सोसाइटी झापा, जिल्ला जनस्वास्थ्य कार्यालय झापा, नेपाल रेडक्रस सोसाइटी घेराबारी र राजगढ, पथरिया, केचना गाविसको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । शिविरमा ३११ जनाको आँखा परीक्षण गरिएको […]


नेपालको प्रचार गर्दैै कोरियाली फोटोग्राफर

काठमाडौँं, १७ कात्तिक । भूकम्पपछि विश्वका पर्यटकका लागि नेपाल घुमघाम गर्न सुरक्षित छ भन्ने सन्देश दिन कोरियाली फोटोग्राफर एसोसियसनमा आबद्ध फोटोग्राफर आठदिने भ्रमणमा नेपाल आइपुगेका छन् । ‘खुसी बाँडौँ’ भन्ने अवधारणा लिएको सुखवती प्रतिष्ठान र पदयात्रामा संलग्न फ्रेन्ड्स टिम प्रालिको निम्तोमा यहाँ आइपुगेको ४० कोरियाली फोटोग्राफरको समूहले काठमाडौँं, भक्तपुर, पाटन, नगरकोट जस्ता काठमाडौँ उपत्यकाका मुख्य […]


काउन्सिलद्वारा पर्साका एफएमहरुलाई सचेतपत्र

काठमाडौँ, १७ कात्तिक । प्रेस काउन्सिल नेपालले प्रायोजित र बनावटी समाचार सामग्रीहरू प्रकाशन प्रसारण नगर्न एफएम रेडियोहरूलाई सचेत गराएको छ । प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले आज पर्सा, वीरगन्जका रेडियो तराई (१०७ मेगाहर्ज), रेडियो बिन्दास (९४.८ मेगाहर्ज), रेडियो वीरगन्ज (९९), नारायणी एफएम, भोजपुरिया एफएम, आकाश एफएम (१०१.९ मेगाहर्ज)लाई पत्रमार्फत सचेत गराउनुभएको हो । ती एफएमहरूमा […]


राम्चे दुर्घटनामा तीसको मृत्यु; प्रधानमन्त्रीबाट समवेदना

 रसुवा, १७ कात्तिक । काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना३ख ५७०६ नंको बस आज दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । ज्यान गुमाउनेमा १७ पुरुष, १२ महिला र एक बालक छन् । दुर्घटनामा ४५ यात्रु घाइते भएका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रजिअ शिवराम गेलालले जानकारी दिनुभयो । पसााङल्हामु सडकखण्डको राम्चे […]


खानेपानी प्रशोधनबाट भएको आम्दानीबाट स्वास्थ्य केन्द्र सञ्चालन

म्याग्दी, १७ कात्तिक । म्याग्दीको पर्यटकीय घोरेपानीका स्थानीयवासीले भम्रणमा आउने पर्यटकलाई पानी बेचेर सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेका छन् । घार–१ मा पर्ने घोरेपानी क्षेत्रको भम्रणमा आउने पर्यटक र स्थानीयवासीको स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनका लागि प्रशोधन गरिएको खानेपानी बिक्री गरेर भएको आम्दानीबाट स्वास्थ्य केन्द्र सञ्चालन गरिएको स्थानीय टेकसर बुद्धुजा पुनले बताउनुभयो । स्थानीय पर्यटन […]


सन्दर्भ : अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस, समुदायमा पूर्वतयारीको आवश्यकता

काठमाडौँ, १६ कात्तिक । विपद् जोखिम न्यूनीकरणमा परम्परागत, रैथाने तथा स्थानीय ज्ञान र प्रयासको प्रयोगबारे चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस, २०७२ का अवसरमा सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जाल–नेपालले आज आयोजना गरेको कार्यशालामा वक्ताले कुनै पनि बेला हुन सक्ने विपद्को समयमा पहिलो उद्धारकर्मी समुदाय नै हुने भएकाले उनीहरूले प्राप्त […]


संविधानको संरक्षणमा भूमिका निर्वाह गर्छु – राष्ट्रपति भण्डारी

काठमाडौँ, १६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीलाई युवा सङ्घ नेपालले आज बधाई दिएको छ । सङ्घका पूर्व इन्चार्च तथा पदाधिकारीसहितको प्रतिनिधि मण्डलले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा भेट गरी उहाँको कार्यकालको सफलताको कामना गर्दै शुभकामना दिएको हो । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य भानुभक्त ढकाल, पार्टीका केन्द्रीय सदस्य शेरधन राई, सङ्घका अध्यक्ष राजिव पहारी तथा पूर्वअध्यक्ष निरु पालसहितको […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter