• Sunday, June 01, 2025

समाचार

पोखरा–मुग्लिन सडकमा कालोपत्रे सुरु

पोखरा , कात्तिक १९ । पोखरा मुग्लिन सडक खण्ड अन्तर्गत पूर्वतर्फ कालोपत्रेको काम सुरु भएको छ । डुम्रेदेखि छिर्कने भन्ज्याङसम्म पहिलो चरणमा पिच गर्न लागिएको हो । आइतबारदेखि कालोपत्रे सुरु भएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यहाँको ३ किलोमिटर सडक तिहार अघि नै कालोपत्रे सम्पन्न गर्ने योजना छ । आँबु खैरेनीदेखि पोखरासम्मको […]


अमर्यादित सामग्री हटाउने व्यवस्था मिलाउन सरकार र टिकटकका प्रतिनीधीबीच छलफल

काठमाडौँ , कात्तिक १९ । सामाजिक संजालको दुरुपयोग रोक्नेबारे सरकारका नियकायहरुले टिकटकका अन्तर्राष्ट्रिय प्रतिनीधीहरुसँग छलफल गरेका छन् । कार्तिक २७ मा गृह मन्त्रालयमा टिकटकको कार्यालय सिंगापुरका प्रतिनीधिहरुसँग छलफल गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री हट्ने व्यवस्था मिलाउनेबारे टिकटकका प्रतिनिधीहरुसँग सहकार्य गर्नेबारे छलफल भएको […]


तिहार फ्लोरा एक्सपोमा ६० लाख भन्दा बढीको कारोबार

काठमाडौँ, कात्तिक १८ । भृकुटीमण्डपमा पाँच दिनसम्म सञ्चालन भएको, तिहार लक्षित फलफूल, नर्सरी तथा जडीबुटीहरूको प्रदर्शनी मेला ‘तिहार फ्लोरा एक्सपो २०८०’ शनिवार सम्पन्न भएको छ । पाँचदिने तिहार फ्लोरा एक्सपोमा ६० लाख बढीको फलफूल तथा बिरुवाको कारोबार भएको आयोजक नर्सरी व्यवसायी सङ्घले जनाएको छ । कात्तिक १४ गतेबाट सुरु भएको मेलाको ३० हजार बढीले अवलोकन […]


श्रीलंका बन्ने त्रासले अर्थतन्त्रमा समस्या : अध्यक्ष ढकाल

काठमाडौँ कात्तिक १८ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीलंकाको त्रासबाट आर्थिक र मौद्रिक नीतिमा कडाई गरिएकाले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले अहिलेको समस्या समाधान गर्न सामान्य अवस्थाको नीतिगत सुधारले नहुने भन्दै बृहत सोचका […]


सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्य आम्दानी

धनुषा, कात्तिक १६ गते । लहरै रोपिएका सयपत्री फूलका बिरुवा । ती मध्ये कुनै हाँगामा फूलका कोपिला झपक्क छन्, कुनै हलल बढेर ढल्न आँटेका । यही बिरुवाको स्याहारमा जुटेका छन् किसान रामप्रवोध पण्डित । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका उहाँले व्यावसायिक सयपत्री फूलखेती सुरु गर्नुभएको लामो समय भएको छैन । उहाँको फूलबारीमा पुग्दा जोसुकैको मन आनन्दित […]


प्रधानाध्यापक पदका लागि महानगरद्वारा दरखास्त आव्हान

काठमाडौं, कात्तिक १७ गते । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदका लागि दरखास्त आव्हान गरेको छ । महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) को दफा २९ क. बमोजिम पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गरिने भएकले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्ति सम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आव्हान गरिएको छ […]


नेपाल विकासशील मुलुक बन्दा स्वास्थ्य क्षेत्र प्रभावित हुने

काठमाडौं, कात्तिक १६ गते । सन् २०२६ सम्ममा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदा स्वास्थ्य क्षेत्र बढी प्रभावित हुने बताइएको छ । स्वास्थ्यमा खोप, औषधि तथा औषधि उपकरणजस्ता क्षेत्र बढी प्रभावित हुने बताइएको हो । गैरसरकारी संस्था महासंघ नेपाल, द पिपुल्स भ्याक्सिन एलाइन्स, थर्ड वल्र्ड इन्टरनेशनलले राजधानीमा आयोजना गरेको दुई दिने गोष्ठीमा जनस्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिले […]


देशको अर्थतन्त्र सकारात्मक बाटोमा छ : अर्थमन्त्री महत

काठमाडौं, कात्तिक १६ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले सो कुरा बताउनुभएको हो । अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेकाले अब धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहने उहाँले बताउनुभयो । अर्थतन्त्र धरासायी भयो भन्ने प्रचार सही नभएको उहाँको भनाइ छ । […]


मानव अधिकार आयोग ए श्रेणीमै कायम

काठमाडौँ, कात्तिक १५ गते । नेपालको राष्ट्रिय मानव अधिकार आयोग ‘ए’ श्रेणीमा नै कायम रहने भएको छ । मानव अधिकार आयोगहरुको विश्वव्यापी सञ्जाल (गानरी) ले गठन गरेको सब कमिटी अन एक्रिडिएसन (एससीए) ले आयोगका पदाधिकारीहरुको नियुक्ति प्रक्रियामा प्रश्न उठाइ सुधारका काम नगरे ‘बी’ श्रेणीमा घटुवा गर्ने चेतावनी दिएको थियो । तर आयोगले यसबीचमा गरेका केही […]


खाद्य कम्पनीद्वारा धान खरिद सुरु

लक्ष्मी सापकोटा / काठमाडौँ, कात्तिक १५ गते । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनुसार दसैँअघिदेखि बर्दियाको राजापुरबाट धान खरिद सुरु गरेको हो । राजपुरबाट ७२७ किन्टल खरिद गरिएको कम्पनीले जनाएको छ । दसैँ बिदाका कारण केही दिन खरिदमा […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter