• Sunday, June 01, 2025

समाचार

प्रदेश संरचना खारेज गरौँ, दुई तहको सरकार बनाऔँ : कमल थापा

काठमाडौँ , असोज २७ गते ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन् । संघीयता अन्तरगत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाले त्यसलाई खारेज गर्नुपर्ने उनको तर्क थियो । पार्टीद्वारा शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने ? […]


भ्रष्टाचारमा सबैभन्दा धेरै सरकारी कर्मचारी संलग्न – सर्वेक्षण

काठमाडौँ , असोज २७ गते ।अल्टरनेटिभ फाउन्डेसनले गरेको एक सर्वेक्षणबाट सरकारी कर्मचारी सबैभन्दा धेरै भ्रष्टाचारमा संलग्न रहने गरेको पाइएको छ । फाउन्डेसनले देशभरका सातै प्रदेशमा पुगेर गरेको सर्वेक्षणबाट सरकारी कार्यालयका कर्मचारीबाट सबैभन्दा धेरै भ्रष्टाचार हुने गरेको आँकडा आएको हो । फाउन्डेसनले एक हजार जनालाई सोधेको प्रश्नबाट ७०.५ प्रतिशत उत्तरदाताले सरकारी कर्मचारीबाट सबैभन्दा धेरै भ्रष्टाचार हुने […]


राहुल महरालाई थुनामा पठाउन आदेश

काठमाडौँ , असोज २६ गते । भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो […]


यात्रुवाहक सवारीमा आजदेखि रुट परमिट खुला

काठमाडौँ , असोज २६ गते । सरकारले नेपालीहरुको महान् पर्व बडा दसैँमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो । रुट […]


सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको थालनी गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

भक्तपुर, असोज २५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा व्यापक सुधारको थालनी गरेको बताएका छन् । मध्यपुरथिमि नगरपालिका बोडेमा २००५ सालमा स्थापना भएको बोडे माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव एवं हिरक जयन्तीमा आज आयोजित समारोह उद्घाटनमा मन्त्री बस्नेतले स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारले सुधारका काम सुरु गरिसकेको बताएका हुन् । […]


नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय बैठक आगामी पुसमा

काठमाडौं, असोज २५ गते । नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक काठमाडौँमा हुने भएको छ । आगामी डिसेम्बर २१ र २२ अर्थात् पुस ५ र ६ गतेका लागि बैठक तय भएको छ । यद्यपि यो बैठक गत वर्षको वैशाखमा श्रीलङ्काले आयोजना गर्नुपर्ने थियो । श्रीलङ्का सरकारको आसयको आधारमा नेपालले काठमाडौँमा बैठक आयोजना गर्न लागेको हो । बैठकमा […]


५० करोड रूपैयाँभन्दा धेरै सेयर पुँजी हुने सहकारीको नियमन राष्ट्र बैंकबाट

काठमाडौं, असोज २४ गते । सहकारी विभागको अनुरोधमा ५० करोड रूपैयाँभन्दा धेरै सेयर पुँजी भएको र सोही रकम बराबरको कारोबार गर्ने सहकारीहरूको नियमन अब राष्ट्र बैंकले समेत गर्ने भएको छ। संसदमा दर्ता भएको विधेयकमा भने २५ करोड रूपैयाँभन्दा बढीको सेयर पुँजी वा ५० करोड रूपैयाँभन्दा बढीको काराबोर गर्ने सहकारीहरूको नियमन राष्ट्र बैंकले समेत गर्ने उल्लेख […]


सांसदहरुले भने–बेरुजु नियन्त्रण गर्न कर्मचारी संयन्त्र जिम्मेवार बन्नुपर्छ

काठमाडौं, असोज २४ गते । मुलुकको बेरुजु नियन्त्रण गर्न कर्मचारी संयन्त्र नै जिम्मेवार बन्न आवश्यक रहेको सांसदहरुले बताएका छन् । सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा समितिमा बोल्दै अधिकांश सांसदहरुले प्रधानमन्त्री वा मन्त्रीभन्दा पनि मुलुकको स्थायी सरकारका रुपमा रहेका कर्मचारीहरुले बेरुजु नियन्त्रण गर्ने पहिलो जिम्मेवार बन्न आवश्यक रहेको बताएका हुन् । उनीहरुले सरकारी खर्च व्यवस्थापन […]


स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन आह्वान

काठमाडौं, असोज २३ गते । सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आह्वान गरेको हो । कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले हरेक दिन काठमाडौँको […]


संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी

काठमाडौं, असोज २३ गते । सरकारले संघीय संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी गरेको छ । गत वैशाख २४ गतेदेखि सुरु भएको वर्षे अधिवेशन निर्वाचनपछि बनेको प्रतिनिधि सभाको दोस्रो अधिवेशन हो । यही असोज २७ गते आसपासको मितिमा अधिवेशन अन्त्यको तयारी गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले जानकारी दिए । सरकारले असोज २७ […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter