• Sunday, May 04, 2025

समाचार

क्यामरुनलाई बुढासुब्बा कप फुटबलको उपाधि

धरान, फागुन २० गते। २३ औं बुढासुब्बा फुटबल कपको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ। धरान रङ्गशालामा शनिबार भएको फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० गोलले हराउँदै एभिनियर फुटबल क्लब क्यामरुन च्याम्पियन बनेको हो। पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। खेलको ६५ मिनेटमा एभिनियर फुटबल क्लब क्यामरुनको तर्फबाट साबाले १ गोल गर्नुभयो। उहाँको […]


सञ्चार र सूचना प्रविधि क्षेत्रको कानुन परिमार्जन प्राथमिकतामा : मन्त्री शर्मा

काठमाडौं, फागुन १९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार र सूचना प्रविधि दुबै क्षेत्रमा कानुन परिमार्जनलाई मुख्य जोड दिने नीति लिएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारी तथा राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुसँगको भेटघाटमा सञ्चार मन्त्री शर्माले सञ्चार र सूचना प्रविधि दुबै क्षेत्रमा सुधार ल्याउन पुराना कानुन बाधक भएकाले कानुन […]


किसानलाई राहत दिन दूधको मूल्यमा वृद्धि

काठमाडौं, फागुन १९ गते । सरकारले कच्चा दूधको मूल्य वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले आज बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले दूधको प्रतिलिटर न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर […]


तारजाली नाघेर बाटो काट्नेलाई खादाले सम्मान

अविनाश चौधरी / धनगढी, फागुन १८ गते। कैलालीको धनगढीस्थित छ लेन सडकमा लगाइएको तारजाली नाघेर बाटो काट्नेलाई खादा लगाएर सम्मान गरिएको छ। पैदलमार्ग भएकै ठाउँमा तारजाली नाँघेर बाटो काट्ने धनगढी उपमहानगरपालिका–१३ राजपुरका शिवराज पाध्यायलाई उपमहानगरपालिका प्रमुख गोपाल हमालले खादा लगाएर सम्मान गर्नु भएको हो। उपमहानगरपालिकाले जथाभावी बाटो काट्न नदिन र मिडियनमा लगाइएको बोटविरुवाको सुरक्षाका लागि […]


नुवाकोटका किसानलाई आलु खन्ने चटारो

नवराज सुबेदी / नुवाकोट, फागुन १८ गते । आलु खेतीका लागि उर्वरभूमि नुवाकोटका कृषकलाई आलु खन्ने चटारो छ । पछिल्लो १५ वर्षदेखि यहाँका किसानमा आलुखेतीप्रति आकर्षण बढेको छ । जिल्लाको लिखु गाउँपालिकाको ढिकुरे फाँट, पञ्चकन्याका बेसी, बेलकोटगढी जिलिङका टार लगायत विभिन्न ठाउँका किसानहरू अहिले आलु भित्र्याउन व्यस्त छन् । अहिले यी ठाउँमा आलु खन्ने काम […]


राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभा बैठक सर्‍यो : प्रवक्ता गिरी

काठमाडौं, फागुन १७ गते । सङ्घीय संसद् सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभाको बैठक पछि सार्नुपरेको बताएको छ । प्रतिनिधि सभाको १४ औँ बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने कार्यसूची थियो । तर, सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी आगामी चैत्र ५ गते आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको छ […]


स्वास्थ्य शिविरबाट साढे अठार सय सेवाग्राही लाभान्वित

चन्द्र पन्दाक / ताप्लेजुङ, फागुन १७ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमार्फत साढे अठार सय बढी सेवाग्राही लाभान्वित भएका छ । सिरिजङ्घा गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा आयोजित दुई दिने स्वास्थ्य शिविरमार्फत उक्त सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन्। नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा सिरिजङ्घा गाउँपालिकाको आयोजनामा सोमबार र मङ्गलबार दुई […]


ढुक्कसँग दोस्रो बुस्टर खोप लगाउन चिकित्सकको आग्रह

काठमाडौं, फागुन १६ गते । सरकारले कोरोना भाइरसविरुद्धको दोस्रो बुस्टर मात्रा खोप दिने भएको छ । यो खोप काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगाउनु सुरु गरिएको छ भने स्थानीय तहमा खोप पठाइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप सेवा शाखाको प्रमुख डा.अभियान गौतमका अनुसार पहिलो चरणमा […]


सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ

काठमाडौं, फागुन १६ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुख्खा याममा समेत […]


अवाञ्छित तत्त्वबाट हुने गरेका टीकाटिप्पणीप्रति सजग रहनुपर्छ : प्रधानसेनापति

काठमाडौं, फागुन १५ गते । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संवैधानिक जिम्मेवारी, भूमिका र योगदानलाई अवमूल्यन हुनेगरी केही अवाञ्छित तत्त्वबाट हुने गरेका टीकाटिप्पणीप्रति सजग रहनुपर्ने बताउनुभएको छ । नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापन तथा कल्याणकारी कोषको संयोजनमा आजदेखि बुटवलस्थित मध्यपश्चिम पृतना हेडक्वाटरमा आयोजित भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भ गर्नुहुँदै उहाँले सेनाका विषयमा […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter