• Sunday, May 04, 2025

समाचार

कालीकोटमा बालबिवाहबिरुद्ध अभियान

प्रेमराज सिम्खडा / कालीकोट, भदौँ ९ गते । कालीकोटको शुभकालिका गाउँपालिका–४ राराकाटियासहित कालीकोटका १४ वटा वडा बालविवाह निषेधित वडा घोषणा भएका छन् । स्थानीय सरकारको सक्रियता सेभ द चिल्ड्रेन र किर्डाक नेपालको सहयात्रामा परियोजना लागु भएका जिल्लाको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिका गरी १४ वटा वडालाई बालविवाह निषेधित वडा घोषणा गरिएको हो । बालविवाहको घटना […]


सिपालु गृह श्रमिकका फेरिएको दैनिकी

शर्मिला पाठक / काठमाडौँ, भदौ ९ गते । विगत १६ वर्षदेखि श्रीमाया तामाङले भगवानलाई चढाउन प्रयोग हुने पूजा सामग्री बनाउँदै आउनुभएको छ । उक्त कार्यबाट उहाँले मासिक ४० हजार रुपियाँसम्म आम्दानी गर्नुहुन्छ । श्रीमायालाई मासिक ४० हजार कमाउन न नियमित कार्यालय धाउन पर्छ नत कसैको नमिठो बचन नै सुन्नुपर्छ । उहाँ भान्साको काम सकेपछि बचेको […]


बागमती प्रदेश क्रिकेटको अध्यक्षमा पारससहित भागबण्डा

काठमाडौं, भदौ ८ गते। प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको आगामी कार्यकालका लागि भागबण्डा गर्दै चार जिल्लाले संयुक्त प्यानल घोषणा भएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रदेशका ६ मध्ये चार जिल्लाले पारस खड्काको नेतृत्वमा भागबण्डासहित आगामी कार्यकालका लागि प्यानल घोषणा गरेका हुन्। काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै प्यानल घोषणा […]


सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छः प्रधानमन्त्री प्रचण्ड

दिपकप्रसाद गौतम / वीरगञ्ज, भदौ ८ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको बताउनुभएको छ। वीरगञ्जमा सम्पन्न समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ। अब यसबाट सरकार पछि हट्दैन।” उहाँले पुराना एजेण्डा र पुरानो […]


स्वयम्सेविकाले खोजे अधिकारको संरक्षण

काठमाडौँ, भदौ ७ गते । नेपाल, भारत र पाकिस्तानका सामाजिक कार्यकर्ता (स्वयम्सेविका) ले श्रमिकका रूपमा आफूहरूको अधिकारको सम्मान, संरक्षण र प्रवर्धन गर्न सरकारसँग माग गरेका छन् । पब्लिक सर्भिसेज इन्टरनेसनलले काठमाडौँमा आयोजना गरेको तीन देशका महिला स्वास्थ्य स्वयम्सेविका भेलामा सहभागीले यस्तो माग गरेका हुन् । देशको स्वास्थ्य प्रणाली सुधारमा महत्त्वपूर्ण योगदान गरेका स्वयम्सेविकाबाट राज्यले काम […]


जनताका समस्यामाथि छलफल गर्ने वातावरण निर्माण भएको छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं / भदौ ६ गते। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा संसद्को गतिरोध अन्त्य भएसँगै जनताका समस्यामाथि छलफल गर्ने वातावरण निर्माण भएको बताउनुभएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा सर्वदलीय बैठकमा गरिएको दुई बुँदे सहमतिबारे जानकारी गराउनुहुँदै यस्तो बताउनुभएको हो। उहाँले बुधबारको प्रतिनिधि सभाको बैठकमा सुन तस्करीबारे अनुसन्धान गर्न दुई बुँदे सहमति भएकोबारेमा […]


अनुमति नलिएका पसललाई ग्यास बेच्न रोक

कोकिला ढकाल / इलाम, भदौ ६ गते । जिल्ला प्रशासन कार्यालयले अनुमतिबिना खाना पकाउने ग्यास बेच्ने पसललाई विक्रीमा रोक लगाएको छ । प्रशासनले गरेको अनुगमनमा विक्री अनुमति लिएको नपाइएपछि जिरो किलोमिटर र कुलधारामा रहेका दुई पसललाई ग्यास बेच्न नपाउनेगरी रोक लगाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कोइरालाले कुुलधारको पसलमा ५१ भरी र दुई […]


प्रधानन्यायाधीश श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाडौं, भदौ ५ गते। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिए लगत्तै राष्ट्रपति कार्यालयबाट सर्वोच्च अदालत पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो। नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो। संसदीय सुनुवाइ समितिले सोमबार […]


बालविवाहले प्रजनन् स्वास्थ्यमा प्रतिकुल असर

धर्बेन्द्र झा / धनुषा, भदौ ५ गते । मधेश प्रदेशमा बालविवाहका कारण बालबालिकाको मानसिक एवम् प्रजनन् स्वास्थ्यमा प्रतिकुल असर पर्नेगरेका कारण बालविवाह उन्मुलनका लागि तीनै तहका सरकारले योजनाबद्ध रूपमा कामकाज गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । सन् १९९४ मा इजिप्टको क्यारोमा जनसङ्ख्या र विकाससम्बन्धी भएको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले गरेका प्रतिविद्धताको ३० वर्ष पूरा भएको र […]


वर्षामा वन्यजन्तु संरक्षण चुनौती

चाँदनी हमाल / काठमाडौँ, भदौ ४ गते । वर्षा लागेयता देशका विभिन्न राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ। निरन्तरको वर्षाले संरक्षण क्षेत्रभित्रको भौगोलिक तथा संरचनागत अवस्थामा परिवर्तन गर्ने भएकाले पनि संरक्षणमा चुनौती थपिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। चोरी सिकारको चुनौतीदेखि वन्यजन्तुको वस्तुस्थितिको अनुगमन गर्न नसकिनेसम्मको समस्या आउने गरेको विभागका महानिर्देशक […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter