• Sunday, June 01, 2025

समाचार

उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, चैत २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताका आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिनुभएको छ । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित छलफलमा उहाँले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित अबको […]


पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्न महानगरप्रमुखको निर्देशन

काठमाडौँ, चैत २८ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ । आज पुरातात्विक महत्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै उहाँले पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्नुपर्नेमा जोड दिनुभयो । उक्त हिटी कामपाको वडा नम्बर ७ गङ्गाहिटी मार्गमा पर्दछ । अनुगमनका क्रममा प्रमुख शाहले हिटीको […]


ढुक्क भएर लगानी गर्नुहोस् : प्रधानमन्त्री ओली

काठमाडौँ, चैत २७ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरुपमा उद्योग-व्यवसायलाई अगाडि बढाउन आग्रह गर्नुभएको हो। आजको कृत्रिम बौद्धिकताको समेत सदुपयोग […]


कोशी पर्यटन वर्ष २०८२ को शुभारम्भ

कविराज घिमिरे / हिले, चैत्र २७ गते । कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन घोषणा गरेको छ । कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवर्द्धनका लागि आधारशीला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहंले […]


धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री ओली; धरानको खानेपानी समस्या समाधानका लागि पहल भइरहेको छ– खानेपानीमन्त्री

काठमाडौँ, चैत २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराउनुभएको हो । “धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले […]


रवि लामिछाने रूपन्देही कारागार चलान

रूपन्देही / चैत २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान हुनुभएको छ । दुई दिन जिल्ला प्रहरी कार्यालय, रूपन्देहीको हिरासतमा राखिनुभएका लामिछाने आज जिल्ला कारागार चलान हुनुभएको हो । सोमबार बिहान जिल्ला अदालत पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उहाँलाई कारागार चलान गरिएको हो […]


स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड

काठमाडौँ, चैत २४ गते । सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड पुगेको छ । स्वास्थ्य बिमा बोर्डले आज यहाँ पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन देखिएको बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा. रघुराज […]


देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी छन्: शेखर कोइराला

काठमाडौँ, चैत २४ गते । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले नेतृत्व तह नै बिचौलियाहरूसँग मिल्दा देश विकासमा समस्या आइरहेको जिकिर गरे । उनले नेपाललाई समृद्ध बनाउन र नेपालमै गर्न सकिने भन्दै त्यसको […]


हराउँदै चैते दसैँ मेलाको मौलिकता

बागलुङ / चैत २३ गते । ‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा – बागलुङ बजार मेलैमा, झर्छ आँशु छुट्ने बेलैमा’ ! चैते दसैँको विषयलाई समेटेर गायक बिमराज क्षेत्री, टीका क्षत्री र र सर्मिला गुरुङले वर्षौँअघि गाएको गीत हो यो । बागलुङको चैतै दसैँ मेलाका रूपमा मात्रै नभई प्रेम र प्रेमिकाको भेट्ने मौकाको रूपमा रहेको […]


तरकारी खेतीबाट तुल्सीरामलाई मासिक एक लाख आम्दानी

सिराज खान / नेपालगन्ज, चैत २३ गते । रोजगारीका लागि विदेश जान तछाडमछाड गरिरहेका युवाहरूलाई बाँके बैजनाथ–४ का तुल्सीराम थारूले नेपालमै बसेर मिहिनेत गरे मासिक एक लाख रुपियाँसम्म कमाउन सकिन्छ भनेर देखाई दिनुभएको छ । बैजनाथ–४ का एकमात्र व्यावसायिक कृषकका रूपमा परिचित थारूले ‘भाइको कृषि फर्म’ नामक फर्म सञ्चालन गरेर सोही फर्ममार्फत २०७७ सालदेखि तरकारी […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter