
छविलाल पाण्डे / बुटवल, चैत २२ गते। जिल्ला अदालत रुपन्देहीको जमानतमा रिहा गर्ने आदेशलाई बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाएको छ। अदालतका सूचना अधिकारी यमप्रसाद बाँस्कोटाका अनुसार न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश जारी […]

काठमाडौँ, चैत २२ गते । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेका कुलमान घिसिङले आफू नेपाल विद्युत् प्राधिकरणबाट मात्र बिदा भएको भन्दै एक जिम्मेवार नागरिकको रूपमा आफ्नो काम कर्तव्य कहिल्यै कम नहुने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूलाई अझै जनताको स्नेह र आशीर्वादले हार्ने छुट नदिएको पनि बताए । उनले […]

काठमाडौँ, चैत २१ गते । सर्वोच्च अदालतले कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथिको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । इजलासले मुद्दालाई प्राथमिकता दिने भन्दै अग्राधिकार आदेश दिएको छ । सर्वोच्चको यो आदेशसँगै हितेन्द्र […]

बाँके / चैत २१ गते । बाँकेको बैजनाथ गाउँपालिका-१ च्यामाका सर्पराज बस्नेत स्ट्रबेरीखेतीतर्फ आकर्षित हुनुभएको छ । पश्चिम नेपालका केही ठाउँमा किसानले स्ट्रबेरीको खेती गर्न थाले पनि बाँकेका लागि भने यो पहिलो हो । कृषिमा केही नयाँ गर्ने सोचका साथ उहाँले बैजनाथमा करिब साढे पाँच कट्ठा जग्गामा सात लाखको लगानीमा स्ट्रबेरी खेती सुरु गर्नुभएको छ […]

काठमाडौँ , चैत २० गते । राजधानीको तीनकुनेमा शुक्रवार भएको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले ५८ राउन्ड गोली प्रहार गरेको छ । गोली चल्दा २० जनालाई लागेको प्रहरीले पुष्टि गरेको छ । प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको प्रहरीको दाबी छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले अराजक भिडलाई […]

काठमाडाैँ, चैत २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रम, मिथ्या एवं संशयपूर्ण सामग्रीबाट जनता भ्रमित हुन नदिने जिम्मेवारी सञ्चारमाध्यमको भएको बताउनुभएको छ । बुधबार सिंहदरबारमा आयोजित सार्वजनिक प्रशारण सेवा रेडियो नेपाल ७५ औँ वर्ष प्रवेशका अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय इन्टरनेट र प्रविधिको विकासले सामाजिक सञ्जालमार्फत […]

काठमाडौं, चैत १९ गते । ‘सञ्चो’ भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ । कम्पनीले अन्य विविध उत्पादनहरू गरिरहे पनि ‘सञ्चो’ एक स्थापित ‘ब्रान्ड’ नै भइसकेको थियो । जसले उत्पादक कम्पनीबारे पनि आमनागरिकमा एउटा छाप छोड्दै थियो । यसका पछाडि वर्षौदेखि संस्था र सरकारका लगानी तथा मेहेनत छ । विडम्बना, […]

काठमाडौँ, चैत्र १९ गते। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी रहेको बताउनु भएको छ। आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुने भन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजना आवश्यक भएको बताउनु भएको हो। उहाँले श्रम, सीप, रोजगारी […]

काठमाडौं, चैत १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गर्नुभएको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । त्यस्तै, यही चैत १५ गते भएको घटनाबारे जानकारी दिनुहुँदै उहाँले यी सबै घटनाको मुल जिम्मेवार उहाँ हो, उहाँले लिनुपर्ने समेत […]

केशवराज पौडेल / काठमाडौँ, चैत १७ गते । गर्मी चढेपछि जाडोमा बेँसी झारिएका भेडा र चौँरी लेक चढाइन्छन् । चरन क्षेत्र खोज्दै भेडीगोठ अर्को ठाउँमा सारिन्छ । भेडा, च्याङ्ग्रा र चौँरीभन्दा फरक उडेर कैयौँ किलोमिटर टाढा पुग्ने मौरीलाई पनि एक ठाउँबाट अर्को ठाउँमा चरनका लागि लग्ने गरिन्छ । एक ठाउँमा फूल फुल्न छाडेपछि अर्को ठाउँमा […]