समाचार

अध्यक्ष ओली र नेता नेपालबीच छलफल सकियो, कार्यदल गठन

काठमाडौं, जेठ २ गते । नेकपा एमालेको अन्तरिक समस्या समाधान गर्न दुबैतर्फबाट पाँच पाँच जना सदस्य रहने गरी कार्यदल गठन भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच सिंहदरवारमा भएको छलफलमा सो सहमति भएको हो । कार्यदललाई तीन दिनको समय दिइएको छ । कार्यदलमा नेता सुवासचन्द्र नेम्वाङ्ग र भीम रावलले नेतृत्व गर्नुहुने […]


आठ हजार ४६ थपिए, पाँच हजार ४५५ कोरोनामुक्त, १८७ को मृत्यु

काठमाडौं, जेठ १ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ४६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार ९७१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा १७ लाख ५१ ह्जार ४८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै […]


प्रधानमन्त्री रोजगार कार्यक्रमः बन्दाबन्दीमै बन्यो पाँचसय मिटर पदमार्ग

गोकर्ण दयाल / बैतडी, जेठ १ गते । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बैतडीको शिवनाथ गाउँपालिकामा रहेको ऐतिहासिक भानमतिधारा देखि शिवनाथ मन्दिरसम्म पाँचसय मिटर लामो पदमार्ग निर्माण भएको छ । कोरोनाका कारण सहर बजार बन्द भए पनि गाउँमा स्वास्थ्य मापदण्ड पालना गर्दै बन्दा बन्दीमै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पदमार्ग निर्माण भएको गाउँपालिकाले जानकारी दिएको छ । स्थानीय […]


आठ हजार ४६७ थपिए, ६ हजार १३५ कोरोनामुक्त, २०३ को मृत्यु

काठमाडौं,वैशाख ३१ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ४६७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ९४८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार १३५ जना सङ्क्रमित निको भएका छन् । सोही अवधिमा २०३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।


गौतमबुद्ध विमानस्थल परीक्षण उडानका लागि तयार

लक्ष्मण पौडेल / भैरहवा, वैशाख ३१ गते । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण […]


आठ हजार ८४२ सङ्क्रमित थपिए, पाँच हजार ५५ निकाे भए, २१४ को मृत्यु

काठमाडौं, बैशाख ३० गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ८४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ४७४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ८४२ मा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार ५५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । सोही अवधिमा २१४ जना सङ्क्रमितको […]


सञ्चालनको अन्तिम तयारीमा वीरकाे युनिफाइड अस्पताल

मुकुन्द गैरे मनोज रत्न शाही / काठमाडौँ, वैशाख ३० गते । वीर अस्पतालको नवनिर्मित भवनलाई कोभिड युनिफाइड अस्पताल बनाउने तयारी सुरु भइरहेको वेला उक्त भवनमा ६ सय सम्म विरामीको उपचार गराउन सकिने भएको छ । अहिले तत्काल चलाउने भनिए तापनि अक्सिजन, भेन्टिलेटर लगायत स्वास्थ्य सामग्रीको अभाव भएको कारण अस्पताल सञ्चालन गर्न सकिएको छैन् । हाल […]


नौ हजार २३८ थपिए, उपत्यकामा मात्रै तीन हजार ९२४ सङ्क्रमित थपिए

काठमाडौं, वैशाख २९ गते । नेपालमा कोरोनाभाइरसका नौ हजार २३८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ३६२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३८ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा ४२४ जनाको […]


चीनको सहयोगमा प्राप्त हुने १५० लिक्वीड अक्सिजन कन्टेनरसहितका स्वास्थ्य सामग्री ल्याइँदै

काठमाडौँ, वैशाख २९ गते । चीनको स्वशासित क्षेत्र तिब्बतले सहायता स्वरुप प्रदान गरेको १५० लिक्वीड अक्सिजन कन्टेनरसहितका स्वास्थ्य सामग्री चाँडै तातोपानी नाकामा हस्तान्तरण हुने भएको छ । सामान नेपाल ल्याउने स्वीकृतिका विषयमा स्थानीय चिनियाँ दूतावासलाई जानकारी गराइएको र चिनियाँ पक्षले यथासक्य चाँडो हस्तान्तरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीन सरकारले उपलव्ध गराउने ५ मिलियन […]


बहराइनका राजकुमारसहितको टोली सगरमाथा शिखरमा

कठमाडौं, बैशाख २८ गते । बहराईनको रोयल गार्ड सगरमाथा आरोहण अभियानले विश्वको सर्वोच्च शिखरमा सफलता प्राप्त गरेको छ । जसमा बहराईनका राजकुमार शेख मोहम्मद हमाद अलिफाले पनि सफल आरोहण गरनु भएको छ । उहाँले बिहान साढे पाँच देखि ६ बजेर ४५ मिनेट जाँदाको अवधिमा सगरमाथाको चुचुरोमा पुगेका शगरमाथा आधार शिविरमा रहनु भएका पर्यटन विभागका निर्देशक […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter