कृष्ण न्यौपाने / दमौली, चैत १६ गते । चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजनाबमोजिम गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गर्न लागिएको हो । गत वर्षदेखि निर्माण शुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा पर्न […]
काठमाडौँ, चैत १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारले नेपाललाई आठ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ प्रदान गरेसँगै नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप सृदृढ हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीलाई नेपालका लागि चीनका राजदूत हाउ यान्छीले उक्त खोप र खोपसम्बन्धी दस्तावेज सरकारलाई हस्तान्तरण गर्नुभएको […]
काठमाडौं, चैत १६ गते । पछिल्लो २४ घण्टामा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यस्तै ८२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । पछिल्लो २४ घण्टामा तीन हजार १२२ जनाको पीसीआर टेस्ट गरिएको थियो ।
लक्ष्मण दर्नाल / काठमाडौँ, चैत १५ गते । विद्युतीय बस खरिद प्रक्रिया सुरु भएको छ । साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि विश्वव्यापी बोलपत्र गरेपछि प्रक्रिया सुरु भएको हो । साझाले शुक्रबार ४५ दिने बोलपत्र जारी गरी प्रक्रिया अघि बढाएको हो । नौ मिटर लम्बाइका २६ सिटे ४० वटा बस खरिदका लागि बोलपत्र […]
काठमाडौं, चैत १५ गते । पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यस्तै ९५ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य र छ । पछिल्लाे २४ घण्टामा दुइ हजार १०१ जनाकाे पीसीअार टेस्ट गरिएकाे थियाे ।
छेटु शेर्पा / काठमाडौं, चैत १४ गते । शक्तिशाली छिमेकी राष्ट्र चीन, भारत र पाकिस्तानी नागरिकलाई नेपाली माउन्टेन गाइडले पर्वतारोहण तालिम दिने भएका छन् । ती देशमा अन्तर्राष्ट्रियस्तरको मान्यताप्राप्त माउन्टेन गाइड नभएका कारण नेपाली माउन्टेन गाइडहरुले पर्वतारोहण सम्बन्धि तालिम दिने भएको हो । नेपाल सन् २०१२ देखि अन्तराष्ट्रिय पर्वतारोहण पथप्रर्दशक महासंघको सदस्य राष्ट्र भए पछि […]
काठमाडौं, चैत्त १४ गते । नेपालमा कोरोनाभाइरसका ८५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ७४५ को आरटीपीसीआर परीक्षण गरिएकोमा ८५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमणको कुल सङ्क्रमित दुई लाख ७६ हजार […]
मुकुन्द गैरे / काठमाडौं, चैत्र १३ गते । मेलम्चीको पानी काठमाडौं उपत्यकावाशीको धारामा ल्याउन तीव्र गतिमा काम अगाडि बढाईको छ । यसैबीच आज ( शुक्तबार) खानेपानी मन्त्री मणि थापाले काठमाडौं उपत्यकामा विच्छ्याइएका पाईपहरु सफा गर्ने प्रक्रिया अन्तर्गत सुन्दरीजल आइपुगेको मेलम्चीको पानी ट्रिटमेन्ट प्लान्टबाट वितरण प्रणालीमा पानी पठाउने कामको शुभारम्भ गर्नुभयो । आज मेलम्चीको पानीलाई थोक […]
काठमाडौं, चैत्त १३ गते । नेपालमा कोरोनाभाइरसका १५६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४१६ जनाको परीक्षण गरिएकोमा १५६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ । […]
शेषकान्त पण्डित / काठमाडौँ, चैत १२ गते । कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिइएपछि त्यसको गुणस्तर कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन, नतिजा प्रकाशन गर्ने गरेकोमा यस वर्षबाट विद्यालयमा जिम्मेवारी आइपुगेपछि त्यसलाई विद्यालयहरूले कसरी सदुपयोग गर्न सक्नेछन् भन्नेमा सरोकारवालाले चासो लिएको […]