समाचार

त्रिचालीस हजारलाई स्मार्ट लाइसेन्स

कैलाली, मङ्सिर १० गते । आर्थिक वर्ष २०७४÷७५ को साउन महीनादेखि वितरण शुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै ४३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ । सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विसनसिङ थापाले चालु आव २०७५÷७६ को कात्तिक मसान्तसम्म स्मार्ट लाइसेन्सका लागि करीब ६७ हजार जनाले आवेदन दिएका थिए […]


हटेन लैङ्गिक विभेद

काठमाडौँ, मङ्सिर १० गते । बर्दियाकी प्रतिनिधिसभा सदस्य विमला विक पुरुषले जस्तै मोटरसाइकल चलाउनुहुन्छ । छोटो कपाल काट्नुहुन्छ । पाइन्ट र सर्ट लगाउनुहुन्छ । उहाँ पुरुष नेता जस्तै भाषण गर्दा धक नमानी खुलेरै आफ्ना कुरा राख्न सक्नुहुन्छ । गाउँका मान्छे उहाँका अभिभावकलाई ‘तपाईकी छोरी छोराजस्तै छिन्’ भन्छन् । विक भने आफूलाई छोराजस्तो होइन छोरीजस्तै भनेको […]


खिम्तीमा तीन जलविद्युत् आयोजना निर्माणमा

काठमाडौँ, मङ्सिर ८ गते । पछिल्ला दिनमा ऊर्जा नदीको रूपमा परिणत भइरहेको खिम्ती खोलामा हाल तीन जलविद्युत् आयोजना निर्माणको क्रममा रहेका छन् । हिमालयन ऊर्जा विकास कम्पनीले १९ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ । यस्तै पिपल्स इनर्जीले ४८. ८ मेगावाट क्षमताको खिम्ती दोस्रो आयोजना निर्माण गरिरहेको छ । हिमालयन ऊर्जा विकास कम्पनीले ती […]


किसानको गाइगोठमा मन्त्री ः किसान दङ्ग

काठमाडौँ, मङ्सिर ८ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल अकस्मात रुपमा आज धुलिखेल नगरपालिकास्थित पात्लेखेतका रामबहादुर गौतमको गाईगोठ निरीक्षण गर्न पुग्नुभयो । मन्त्री खनाल त्यहाँ पुग्दा गौतम आप्mनो कृषि कर्ममा तल्लिन थिए । यद्यपि मन्त्रीलाई अकस्मात गोठमा देखेपछि उहाँ अचम्मित र खुशी हुनुभयो । कृषिमा युवाको चासो बढाउन मन्त्री खनालले किसानको घर गोठमा […]


निर्धारित समयमा परियोजना पूरा गर्नुपर्नेमा जोड

काठमाडौँ, मङ्सिर ७ गते । सरकारले विकास–निर्माणका परियोजना निर्धारित समयमा नै पूरा गर्न विकासका साझेदारहरूलाई आग्रह गरेको छ । एशियाली विकास बैङ्कको सहयोगमा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजना तथा तिनको कार्यान्वयनका समस्या एवं निकासका लागि सम्बन्धित निकायसँग छलफल गर्ने उद्देश्यले आज राजधानीमा भएको त्रिपक्षीय बैठकमा विकास–निर्माणका परियोजना निर्धारित समयमै पूरा गर्नका लागि सरकारले समन्वयकर्ताको भूमिका निर्वाह […]


कोटेश्वर–कलङ्की सडकमा थप छ आकाशे पुल

ललितपुर, मङ्सिर ७ गते । कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल बन्ने भएको छ । चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सो सडकमा तीन ठाउँमा पुल बनाउने सम्झौता भएको थियो । पैदल यात्रुलाई सडक काट्नका लागि असहज भएपछि थप सात ठाउँमा आकाशे पुल बनाउन सरकारले शुरु गरेको हो । चिनियाँ निर्माण कम्पनी सङ्घाइ निर्माण सेवा […]


अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिताको तयारी

काठमाडौँ, मङ्सिर ७ गते । नेपालले आगामी वर्ष हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता (वल्र्ड रोबोट ओलम्पियाड) मा सहभागी हुन तयारी थालेको छ । नेपाल दोस्रो पटक सहभागी हुन लागेको हो । स्टेम फाउण्नडेशन ओलम्पियाड नेपालको आधिकारिक संस्था हो । संस्थाले देशभरका ४० जिल्लामा विद्यार्थीका लागि आधारभूत तालीम शुरु गरेको छ । आाधारभूत तालीममा उत्कृष्ट गर्ने […]


झापामा मेवाको व्यावसायिक खेती शुरु

भद्रपुर, मङ्सिर ६ गते । गुलियो र पोषिलो मानिने मेवालाई फलफूलको ‘राजा’ मानिन्छ । लटरम्म पहेलपुर भएर फलेका मेवाका बोट गाउँघरमा जहाँ पनि देख्न पाइन्छ । तर यसको व्यावसायिक खेती भने हुन सकेको छैन । स्वास्थ्यका लागि अति गुनिलो फल मेवाको माग पोराख, नेपालगञ्ज, काठमाडौँलगायत प्रमुख शहर र बजारमा राम्रै छ । बजारमा बढ्दो माग […]


जागिरभन्दा पशुपालनमा मोह

उर्लाबारी, मङ्सिर ६ गते । सरकारले पशुपालन गर्ने किसानलाई सम्मानका साथै अनुदानसमेत दिन थालेपछि मोरङको उर्लाबारी–१ का कृष्ण आचार्य सरकारी जागिर छोडेर व्यावसायिक गाईपालन गरिरहनुभएको छ । माध्यमिक तहमा १२ वर्ष नेपाली विषय अध्यापन गराउनुभएका आचार्यले चक डस्टर छोडेर गोबर सोहोर्दै गाई दुहुन थालेको छ वर्ष भएको छ । आचार्यले भोजपुरको चम्पे माविमा आठ वर्ष, […]


सवारीधनी लाँदैनन् ब्ल्यु बुक र मार्ग अनुमतिपत्र

काठमाडौँ, मङ्सिर ६ गते । सडक नियम उल्लङ्घन गरेर कारवाहीमा परेका धेरै सवारीधनीले सवारीधनी प्रमाणपत्र (ब्ल्यु बुक) र मार्ग अनुमतिपत्र लैजाने गरेका छैनन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सानाठूला सवारी शाखामा अहिले पनि झण्डै पाँच वर्ष पहिलेदेखिका कागजात बाँकी छन् । झण्डै छ हजार वटा ब्ल्यु बुक र मार्ग अनुमतिपत्रका कागजात अहिले पनि पटके शाखामा […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter