समाचार

दश गाउँ छाउगोठमुक्त

जुम्ला, असोज २४ गते । जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका १० गाउँ छाउगोठमुक्त गरिएका छन् । तातोपानी गाउँपालिका–५ को लाम्रा गाउँलाई मङ्गलबार १० औँ गाउँको रुपमा छाउगोठमुक्त घोषणा गरिएपछि १० गाउँ पुगेका हुन् । सो गाउँपालिकाको श्रीनगर, हियाखोला र जैतपुरका बस्तीलाई छुईगोठमुक्त घोषणा भइसकेका छन् । तिला गाउँपालिकाको ढिमकोट, जोगीवाडा, रावतवाडा र पातारासी गाउँपालिका–५ […]


पशुवली रहित दशै मनाऊ भन्दै राजधानीमा बृहत मोटरसाइकल र्याली

काठमाडौँ, असोज २४ गते । श्रीकृष्ण प्रणामी यूवा परिषदको आयोजना र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरु सहित उपत्यकामा यस वर्ष पशुवली रहित अहिंसा मय दशै मनाऊ भन्दै बृहत मोटरसाइकल र्यालीको आयोजना सम्पन्न भएको छ । उपत्यकाका तिनै जिल्ला समेटेर गरिएको उक्त र्याली उपत्यका का विभिन्न मठ मन्दिर हुदै जैन मन्दिरमा पुगी समापन समारोह अहिंसा […]


सीमा नाकाको निरीक्षण

धनगढी, असोज २४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज सीमावर्ती गौरीफन्टा नाकाको निरीक्षण गरी उक्त नाका हुँदै भित्रिइरहेका नागरिकले झेल्नु परेको समस्याका बारेमा जानकारी लिनुभएको छ । चाडपर्वको समयमा उक्त नाका हुँदै भित्रिने नेपालीमाथि ज्यादती हुने गरेको गुनासो बढेपछि मुख्यमन्त्री भट्टले आज निरीक्षण गर्नुभएको हो । सुदूरपश्चिम प्रदेशमा गौरीफन्टा नाका नेपालीको आवागमन हुने […]


धमाधम कार्यसम्पादन सम्झौता गर्दै प्राधिकरणका कर्मचारी

रमेश लम्साल / काठमाडौँ, असोज २३ गते । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखी ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्याय र सञ्चालक भक्तबहादुर पुनको उपस्थितिमा नेपालगञ्ज क्षेत्रीय कार्यालयअन्तर्गतका वितरण केन्द्रका […]


फस्ट नौलिन जेटिआई जुनियर टेनिस च्याम्पियनशीप शुरु

काठमाडौ, असोज २३ गते । फस्ट नौलिन जेटिआई जुनियर टेनिस च्याम्पियनशीप मगलबार बुढानीलकण्ठमा शुरु भएको छ । नौलिन स्पोर्टस भिल्लाले आयोजना गरेको प्रतियोगतामा देशभरबाट ८३ खेलाडीको सहभागिता रहेको छ । पाँच दिने प्रतियोगिताको पहिलो दिन अन्डर १४, अन्डर १२, अन्डर ९ अन्तर्गतका १२ खेल भएका छन् । जसमा अन्डर १४ गल्समा श्रीस्ता राई, निमिशा ढकाल, […]


कर्मचारी दिनहुँ पक्रिँदा मेरो शिर झुकेको छ – मन्त्री अर्याल

काठमार्डौँ, असोज २३ गते । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिन प्रतिदिन पक्राउ पर्दा आफ्नो शिर झुकेको बताउनुभएको छ । ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फारामको शुभारम्भ गर्दै मन्त्री अर्यालले राष्ट्रसेवक कर्मचारीले सर्वसाधारणमा धुमलिएको छवि राम्रो बनाउनुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयअन्तर्गतका कार्यालयलाई व्यवस्थित गरी […]


विचाराधीन मुद्दामा समाचार नलेख्न आग्रह

काठमाडौँ, असोज २३ गते । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गर्नुभएको छ । संवैधानिक तथा कानून पत्रकार मञ्चले आज बडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन कार्यक्रममा उहाँले भन्नुभयो, “विचाराधीन मुद्दाका समाचार लेख्नाले न्याय सम्पादन र मानव अधिकारमा समेत क्षति पुगेको हुँदा आगामी दिन यस्ता मुद्दामा समाचार नलेख्न आग्रह […]


चाडपर्वमा नारायणगढ–मुग्लिन सडक सहज

चितवन, असोज २२ गते । विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ । गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता पर्वमा राजधानी बाहिरिने यात्रुले दुःख पाएका थिए । त्यसअघिका वर्षमा साँघुरो र भत्किएको सडकका कारण यात्रुले सास्ती पाएका थिए । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर […]


औलोका बिरामी घट्दै; रोग पहिचान र उपचार शुरु

बैतडी,असोज २२ गते । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा पछिल्लो समय औलोका बिरामी घट्दै गएका छन् । औलो प्रभावित तल्लोस्वराडको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा देखिएको औलो पछिल्लो समयमा कम हुँदै गएको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रका स्वास्थ्य सहायक मुकेश दयालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७३÷७४ मा तल्लोस्वराडमा ६१ औलोका बिरामी फेला […]


सुपरमाईको उत्पादन दुई वर्षअघि नै

कोकिला ढकाल / इलाम, असोज २२ गते । इलाम नगरपालिका ५ बरबोटे र वडा २ सुम्बेकस्थित माईखोलामा निर्माण हुँदै गरेको ७.८ मेगावाटको सुपरमाई जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छ । आगामी असोज २५ गते परीक्षण गर्ने तयारी रहेको आयोजनाले जनाएको छ । २०७७ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि दुई वर्ष अगावै आयोजना सम्पन्न […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter