समाचार

सहकारीबाटै समृद्धि ः प्रधानमन्त्री

काठमाडौँ, असोज २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको बाटोमार्फत देशलाई समृद्ध पार्न सकिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालको जीवनीमा आधारित ‘इमानको इन्द्रेनी’ कृतिको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । सरकारको तीनखम्बे अर्थनीतिअन्तर्गत सार्वजनिक, निजी तथा सहकारीको अवधारणा अघि सारेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले […]


शुक्लाफाँटामा दुर्लभ स्तनधारी कृष्णसारको सङ्ख्या बढ्यो

कञ्चनपुर, असोज २७ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सात वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या बढेर ७१ पुगेको छ । कृष्णसारका बयस्क भाले २७, पोथी २६ र बच्चा १८ रहेका छन् । बासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको सङ्ख्या उल्लेख्य रूपमा बढेको निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताउनुभयो । […]


सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार हो– उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, असोज २७ गते । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले चाडपर्व भनेको रमाइलो गर्ने पाटो मात्र नभई सामाजिक र सांस्कृतिक सम्बन्धलाई बलियो तुल्याउने आधार भएको बताउनुभएको छ । विजया दशमी, दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । नेकपाका सचिवालय सदस्यसमेत […]


सरकारले थाल्यो युवा स्वरोजगार कार्यक्रम

रोल्पा, असोज २६ गते । युवा जनशक्ति विदेशिने क्रम दिनानुदिन बढ्न थालेपछि रोल्पाका स्थानीय सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भन्दै युवा स्वरोजगार कार्यक्रमको थालनी गरेका छन् । गाउँ युवाबिहीन हँुदा विकास गतिविधिमा असर देखिन थालेपछि स्थानीयस्तरमै यस्तो कार्यक्रमको थालनी गरेको स्थानीय सरकारहरुले जनाएका छन् । व्यावसायिक कृषि तथा पशुपालनमार्फत गाउँघरमै रोजगारीका अवसर सिर्जना गर्नका […]


कृषि, पर्यटन, जलस्रोत विकासमा स्पेनको अनुभव अनुकरणीय

काठमाडौँ, असोज २६ गते । कृषि, पर्यटन, जलस्रोत लगायतका क्षेत्रको नवीनतम प्रवद्र्धनमा नेपालले स्पेनबाट धेरै ज्ञान लिन सक्ने धारणा विज्ञहरुले औँल्याउनुभएको छ । युरोपिनय युनियनमा फ्रान्सपछि दोस्रो आर्थिक समृद्धि हासिल गरिरहेको स्पेनले आफ्नो जनसङ्ख्याभन्दा बढी विदेशी पर्यटक भित्र्याउन गरेको उदाहरण दिँदै उहाँहरुले त्यही पर्यटकबाट उठ्ने विप्रेषणबाट आर्थिक समृद्धि हासिल गरेको बताउनुभयो । स्पेनको राष्ट्रिय दिवसका […]


एनआरएनएको पहिलो विधानसभा शुरु; आजदेखि विश्व विज्ञ सम्मेलन

काठमाडौँ, असोज २६ गते । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)को विधानसभा काठमाडौँमा शुरु भएको छ । सन् २००३ मा स्थापनापछि पहिलो पटक विधानसभामार्फत संशोधनको विषय प्रवेश गरेको प्रवक्ता भुषण घिमिरेले जानकारी दिनुभयो । यसअघि अधिवेशनमा विधानका विषयमा छलफल हुने गरेको भए पनि विधान संशोधनकै लागि केन्द्रित रहेर आयोजना भएको विधानसभा भने यो पहिलो हो […]


एनआरएन दिवस – पूँजी र सीप भित्र्याउनमा केन्द्रित

काठमाडौ, असोज २५ गते । गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी गर्र्न प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली (एनआरएन) दिवस पूँजी र सीप भित्र्याउनमा केन्द्रित गरेको भन्दै गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)का अध्यक्ष भवन भट्टले नेपाललाई समृद्ध बनाउन विदेशमा बस्ने नेपालीको समेत उत्तिकै भूमिका रहेको उल्लेख गर्नुभयो […]


प्रधानमन्त्रीद्वारा स्याउ फार्म उद्घाटन

मनाङ, असोज २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताउनुभयो । स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक प्रविधिको प्रयोग गरी कृषि […]


राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, असोज २५ गते । लोकसेवा आयोगले आफ्नो ५९औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ अनुसार आयोगले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्ने व्यवस्था छ । विसं २०१६ […]


गैरआवासीय नेपाल विज्ञहरुको विश्व सम्मेलन शुक्रबारदेखि

काठमाडौँ, असोज २४ गते । गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरुको विश्व सम्मेलन गर्न लागिएको गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)ले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गैर […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter