समाचार

नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन

काठमाडौँ, चैत ८ गते । सरकारको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका विषय समेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छलफल थालेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रमको तयारीका क्रममा सबै क्षेत्रको स्वामित्व हुनेगरी विभिन्न क्षेत्रसँग सुझाव सङ्कलन थालिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट प्रणाली तथा नीति तथा कार्यक्रमको ढाँचामा परिवर्तन […]


चालु आर्थिक वर्षको राजश्व दोब्बर बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, चैत ८ गते। अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको राजश्व दोब्बर बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ। बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले सांसदले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताउनुभएको हो। उहाँले राजश्व वृद्धिका लागि भन्सारको चुहावट रोक्ने कार्ययोजना बनाएको पनि बताउनुभयो। उहाँले भन्सार नाकामा समस्या रहेको स्वीकार गर्दै भन्सार […]


सांसदहरूको सुझावअनुसार नीति कार्यक्रम र बजेट तर्जुमा हुन्छ : अर्थमन्त्री पुन

काठमाडौं, चैत ७ गते । अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका आधारमा सांसदहरूले दिएका सुझावअनुसार नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बुधवार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो । सांसदहरूले उठाएको प्रश्नको […]


चितवनमा भारतीय केरा, स्थानीय उत्पादनले बजार नपाउँदा किसान चिन्तित

चितवन, चैत ७ गते । चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् । हाल जिल्लामा जी नौ केरा बजारमा ल्याउने तयारी भएको छ भने माल्बोगको पनि तयारी अवस्थामा छ । भरतपुर महानगरपालिका […]


दशरथ रङ्गशालाको संरक्षण राखेप आफैले गर्ने

काठमाडौँ, चैत ६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको खेलमैदान संरक्षण आफैले गर्ने भएको छ । यसअघि राखेप मातहत रहेको दशरथ रङ्गशालाको खेलमैदान विगत लामो समयदेखि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मर्मतसम्भार तथा संरक्षण गर्दै आएको थियो । मैदानको गुणस्तर र स्तरोन्नतिमा सन्तोषजनक कार्य नभएकोले अबउप्रान्त राखेपआफैले संरक्षण गर्ने जनाएको […]


७५ जना असल बुहारी सम्मानित

अर्घाखाँची, चैत ६ गते । सन्धिखर्क नगरपालिकाले ७५ जनालाई असल बुहारीका रूपमा सम्मान गरेको छ । नगरपालिकाका १२ वटै वडामा ९० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई राम्रोसँग पालनपोषण गरेको भन्दै नगरपालिकामा ती बुहारीहरूलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो । उपप्रमुख असल बुहारी सम्मान कार्यक्रमअन्तर्गत उहाँहरूलाई सम्मान गरिएको नगर उपप्रमुख मिश्रा आचार्यको भनाइ […]


पर्यटन प्रवर्धन गर्न होमस्टे

लीलाधर वली / घोराही, चैत ५ गते । छिल्लीकोट दाङको धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध पर्यटकीय गन्तव्य हो । धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा पर्यावरणीय दृष्टिले परिचित छिल्लीकोटमा पछिल्लो समय मानिसको चहलपहल बढेकाले पर्यटन प्रवर्धनमा होमस्टेको भूमिका महत्त्वपूर्ण रहेको बुझाइ स्थानीयको छ । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत बिजौरीबाट करिब १२ किलोमिटर उत्तर पहाडमा रहेको छिल्लीकोटमा मालिका […]


‘क्रिकेट विकासमा सहयोग गर्न नेपाल आएँ’

काठमाडौँ, चैत ५ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमण आएको बताउनुभएको छ । भारतको नयाँ दिल्लीबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएका बार्कलेलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले स्वागत गर्नुभएको थियो । विमानस्थलमा उहाँले सञ्चारकर्मीसँग कुराकानी गर्दै […]


भ्रमण, गोष्ठी र कार्यशाला घटाउन महानगर प्रमुख शाहको निर्देशन

काठमाडौँ, चैत ४ गते। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले विभागीय प्रमुखलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको छ। चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धि, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अवलम्बन गरिएका उपायका विषयमा आज यहाँ आयोजित छलफलमा उहाँले सेवा प्रवाहलाई अझ चुस्त बनाएर कार्य सम्पादन […]


सुरु भयो होली, बसन्तपुरमा चिरोत्थान; मिथिलामा होली उत्सव सुरु

काठमाडौं, चैत ४ गते । रङ्गहरूको पर्व होली आजदेखि सुरु भएको छ । आज (आइतबार) काठमाडौँको वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ हो । आज (आइतबार) बिहान ७ः४७ बजेको शुभ साइतमा चीर ठड्याइएको थियो । फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुने परम्परा […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter