• Sunday, April 13, 2025

समाचार

भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न मन्त्री अर्यालको आग्रह

काठमाडौँ, असार १७ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गर्नुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३२औँ स्थापना दिवस तथा ३० औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा उहाँले भ्रमण र व्यक्तिगत श्रम स्वीकृतिमा हुने ठगी रोक्न सहयोगका लागि सबैलाई […]


विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर ३१ अर्ब बढीको सुन तस्करी

काठमाडौँ, असार १७ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर ३१ अर्बभन्दा बढी रकम बराबरको सुन तस्करी भएको बताएको छ । वि.स. २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘ब्रेक सु’मा लुकाएर ल्याएको ६० किलो ७१६ ग्राम सुन तस्करीको अनुसन्धानका क्रममा विभिन्न पाँचवटा नक्कली कम्पनीमार्फत हालसम्म ३१ अर्ब […]


समस्याग्रस्त सहकारीका कागजात माग्ने छानबिन विशेष समितिको निर्णय

काठमाडौँ, असार १६ गते । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजातहरू माग्ने निर्णय गरेको छ । आइतबार बसेको समितिको ७ औँ बैठकले समस्याग्रस्त भनेर समस्याग्रस्त व्यवस्थापन समिति अन्तर्गत रहेका २० वटा सहकारीका आवश्यक कागजातहरू माग्न पत्राचार गर्ने निर्णय गरेको हो । समस्याग्रस्त सहकारीहरूका कागजात सहकारी […]


बेरुजु फछ्र्यौट गर्न तदारुकता देखाइनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ, असार १५ गते । सङ्घीय संसद् प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारी बेरुजु बढ्दै जानु चिन्ताको विषय रहेको बताउनुभएको छ । महालेखापरीक्षकको कार्यालयको ६६औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले बेरुजु बढिरहेका विषयलाई सार्वजनिक निकायका जिम्मेवार पदाधिकारीले गम्भीररुपमा लिनुपर्छ भन्नुभयो । “प्रत्येक वर्ष बेरुजुको अङ्क बढ्दो रूपमा रहेको छ । सार्वजनिक निकायका जिम्मेवार पदाधिकारीले यसलाई गम्भीर रूपमा […]


‘आत्मनिर्भर नेपाल, वार्षिक अरबौँको काठ भित्र्याउँछ’

काठमाडौँ, असार १५ गते । नेपाल वन क्षेत्रमा आफै आत्मनिर्भर भए पनि वार्षिक अरबौँ रुपियाँको काठ आयात गर्नु लज्जाको विषय भएको सरोकारवालाहरूको भनाइ छ । आफूसँग भएको काठको सदुपयोग गर्ने प्रभावकारी ऐन कानुन नहुँदा भएको काठ सडेर खेर गइरहँदा बाहिरबाट काठ भित्र्याउनु गलत भएको उहाँहरूको बुझाइ छ । ग्रिन मिडिया फाउन्डेसनको आयोजनामा शनिबार यहाँ आयोजित […]


बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठनको माग

काठमाडौँ, असार १४ गते। नेपाल समाजवादी पार्टीले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउनुभएको हो। ज्ञापन पत्रमा बुढीगण्डकी करिडोर बहुउद्देश्यीय […]


नेकपा विभाजन रोक्ने प्रयास गरेपनि सफल हुन नसकेको पूर्वराष्ट्रपति भण्डारीको खुलासा

काठमाडौँ, असार १४ गते। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन नेकपा विभाजन रोक्न आफूले पहल गरेको भएपनि सफल हुन नसकेको खुलासा गरेकी छन् । ०७७ मा नेकपा विभाजन हुँदा भण्डारी राष्ट्रपतिको भूमिकामा थिइन् । शुक्रबार मदन भण्डारी प्रतिष्ठानले धुलिखेलमा गरेको कार्यक्रममा उनले देशका लागि आफूले नेकपा विभाजन रोक्न प्रयास गरेको बताएकी हुन् । भण्डारीले तत्कालीन नेकपाको विभाजनका […]


सार्वजनिक निकायबाट सूचना लिन गाह्रो : प्रमुख आयुक्त गुरुङ

काठमाडौँ, असार १३ गते । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सार्वजनिक निकायबाट सूचना पाउन नै गाह्रो हुने गरेको धारणा व्यक्त गर्नुभएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आज यहाँ आयोजना गरेको ‘प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक’ विषयक अन्तरक्रियाका क्रममा उहाँले सार्वजनिक निकायले सूचना नदिएपछि मागकर्ता आयोगमा पुनरावेदन लिएर आउने गरेको र […]


घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ, असार १३ गते। सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगाी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो। अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको भए पनि माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर […]


औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन

काठमाडौँ, असार १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि उच्चस्तरीय अनुगमन समिति गठन गर्नुभएको छ । नेपाली औषधि उद्योग, औषधि थोक बिक्रेता तथा फार्मेसीको गुणस्तर र सञ्चालनमा देखिएका समस्यालाई सम्बोधन गर्न समिति गठन गरिएको हो । मन्त्री यादवले मन्त्रालयले औषधि ऐन, २०३५ एवम् अन्य प्रचलित कानुनको पालना भए-नभएको सुनिश्चित […]




TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter