• Sunday, June 01, 2025

समाचार

इन्टरनेट प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो : सर्वोच्चको फैसलाले राज्यकोषको अर्बौँ बच्यो

काडमाडौं, वैशाख ३० गते। वर्ल्डलिंक कम्युनिकेसन लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट नेपाल सरकारलाई प्राप्त हुनुपर्ने रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असुल उपर गर्ने बाटो खुलेको छ। यस सम्बन्धमा सर्वोच्चमा वर्ल्डलिङ्क कम्युनिकेसनले दायर गरेका विभिन्न आठ वटा रिट खारेज भएका छन्। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले वर्ल्डलिंकको […]


सभामुख–प्रमुख सचेतकबिचको छलफल निष्कर्ष विहीन; कांग्रेसप्रति ‘नेगेटिभ’ छैन : प्रधानमन्त्री

काठमाडौं, वैशाख ३० गते। संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकसँग गर्नुभएको छलफल बिना निष्कर्ष सकिएको छ। आइतबार अपराह्न सिंहदरबारमा बोलाइएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतकको बैठकमा पनि कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान दोहोर्‍याएपछि बैठक बिना निष्कर्ष सकिएको हो। […]


देशको समृद्धिका लागि सोचेअनुसार काम भएन : अध्यक्ष दाहाल

काठमाडौँ, वैशा २९ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले साँचो समृद्धिको बाटो अझै सहज नरहेको जिकिर गर्नुभयो । उहाँले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतीहरूको सामाना गर्नुपरेको उल्लेख गर्नुहुँदै अस्थिरताका कारण सोचेअनुरुपको विकास हुन […]


विकासमा राजनीति गर्नु हुँदैन : उपप्रधानमन्त्री महासेठ

काठमाडौँ, वैशाख २९ गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री महासेठले राजनीति पाँच वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरू बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय […]


ऋण लिएको प्रमाणित गर्न गगन थापालाई गृहमन्त्रीको चुनौती

काठमाडौं, वैशाख २८ गते। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई चुनौति दिनुभएको छ। शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले आफूले हस्ताक्षरसहितको निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न चुनौती दिनुभएको हो। उहाँले गगन थापाले भनेजस्तै प्रमाण […]


सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ, वैशाख २८ गते । सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ९०,२४,३१२ (करिब एक अर्ब २० करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले इजरायल घटनामा परी […]


स्वास्थ्य क्षेत्र सुधारका लागि नेपालले पायो एक करोड ८८ लाख डलर

काठमाडौँ, वैशाख २७ गते। सरकारले एक करोड ८८ लाख अमेरिकी डलरको परियोजना प्राप्त गरेको छ । सरकारले यो रकम स्वास्थ्य क्षेत्र सुधारका लागि ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजना अन्तर्गत प्राप्त गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। नेपाल सरकारको नेतृत्वमा विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र एफएओको संलग्नतामा परियोजना तीन वर्ष चल्ने छ […]


जसपा अस्थिरताको कारक बन्दैन : अध्यक्ष राई

काठमाडौं, वैशाख २७ गते। जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जसपा अस्थिरताको कारक नहुने बताउनुभएको छ। बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सरकारको अङ्कगणित मिलिरहेको भए पनि सरकारलाई अस्थिरतातर्फ लैजाने प्रयास पार्टीमा ‘अण्डरकरेन्ट’ चलिरहेको आफूले जानकारी पाएकाले सरकार स्थिर बनाउनुपर्नेमा आफूहरू एक ठाउँमा उभिएको बताउनुभयो। अध्यक्ष राईले आफ्नो पार्टी अनियमित, […]


संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छ : मन्त्री शर्मा; निर्णय सर्वसम्मतिले गर्नुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ, वैशाख २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा बोल्नुहुँदै उहाँले परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताउनुभएको हो । मन्त्री शर्माले अहिले […]


दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

काठमाडौँ । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ । नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले बुधबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा सो जानकारी दिए । राजदूत पार्कले नेपाललाई प्रदान गरिँदै आएका विविध सहयोगमा आगामी दिनमा वृद्धि हुँदै जाने उल्लेख […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter