• Sunday, June 01, 2025

समाचार

अछाममा जातीय भेदभावविरुद्ध पहिलो पटक मुद्दा दर्ता

भीमदत्तनगर, २५ कात्तिक । अछाममा जातीय भेदभावविरुद्धको ऐन आएपछिको पहिलो मुद्दा दर्ता भएको छ । जिल्लाको मङ्गलसेन नगरपालिका–६ का बिर्ख विकले सोही ठाउँका बेदप्रसाद भण्डारीका नाममा दिनुभएको जातीय छुवाछूतविरुद्धको मुद्दा जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दिलीपसिंह देउवाले जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभावविरुद्धको मुद्दा पहिलो पटक […]


सरकारले तिहार बिदामा सर्वसाधारणका लागि बाह्रवटा बस सञ्चालन गर्ने

काठमाडौँ, २४ कात्तिक । सरकारले सर्वसाधारणको सुविधाका लागि यही कात्तिक २५ गतेदेखि २८ गतेसम्म विभिन्न रुटमा १२ वटा बस सेवा सञ्चालन गर्ने भएको छ । मुख्य सचिवको अध्यक्षतामा उच्च सरकारी अधिकृत सम्मिलित आज बसेको बैठकले यही कात्तिक २५ गतेदेखि २८ गतेसम्म प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न रुटमा बस सेवा सञ्चालन हुने […]


टिम्बर कर्पाेरेसनले सर्वसाधारणलाई दाउरा बिक्री गर्ने

काठमाडौँ, २४ कात्तिक । द टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेडले मुलुकमा देखिएको ऊर्जाको सङ्कट टार्न सर्वसाधारणलाई दाउरा बिक्रीवितरण गर्ने भएको छ । वन तथा भू–संरक्षण मन्त्रालयको आजको निर्णयपछि टिम्बरले तिहारअघि नै राजधानीमा सर्वसाधारण तथा आवश्यक निकायलाई खाना पकाउन ३०० चट्टा दाउरा भित्र्याएर बिक्रीवितरण गर्र्ने तयारी थालेको छ । वनमन्त्री अग्निप्रसाद सापकोटाको निर्देशनपछि टिम्बरले राजधानीवासीलाई तत्काल […]


कोरल्ला खोल्नेबारे मुस्ताङ–ढोङ्वासेनका अधिकारीबीच भेटवार्ता

पर्वत, २४ कात्तिक । नेपाल र चीनबीच व्यापारिक हिसाबले महत्वपूर्ण मानिएको मुस्ताङको कोरल्ला नाका सञ्चालन गर्ने बारेमा मुस्ताङका प्रशासक र तिब्बतको ढोङ्वासेनका अधिकारीबीच सोमबार मुस्ताङको लोमान्थाङमा छलफल भएको छ । वार्तामा तिब्बती पक्षबाट नेपालतर्फको सुरक्षालगायतका सबै पूर्वाधार पूरा गरेमा आफूहरु नाका खोली द्विपक्षीय व्यापार गर्न तयारी अवस्थामा रहेको जानकारी नेपाली टोलीलाई दिएका छन् । यसका […]


धार्मिकस्थलमा भक्तिसङ्गीत प्रशारण गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ, २३ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रमुख धार्मिक तथा साँस्कृतिक सम्पदास्थलमा भक्तजनको उपस्थिति रहँदासम्म अनिवार्यरुपमा भक्ति सङ्गीतको प्रशारण गर्न सम्बन्धित कोष, समिति तथा अन्य सम्बद्ध संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी धार्मिक तथा साँस्कृतिक सम्पदास्थल पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, दक्षिणकाली, बुढानीलकण्ठ, बङ्गलामुखी, बज्रबाराही, मनकामना, लुम्बिनी, पाथीभरा, हलेसी, […]


देश आत्मनिर्भर बनाउन राष्ट्रिय आर्थिक सरोकार समाजको आग्रह

काठमाडौँ, २३ कात्तिक । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले मुलुक आक्रान्त बनेका बेलामा राष्ट्रिय आर्थिक सरोकार समाजले मुलुकलाई आत्मनिर्भर बनाउन सरकारलाई आग्रह गरेको छ । समाजले आज पत्रकार सम्मेलन गर्दै यातायात ऊर्जाको परनिर्भरता तथा वातावरण प्रदूषण घटाउनुको साथै वैकल्पिक इन्धनको सञ्चालन हुने सवारी साधनको प्रवद्र्धन र विकास गर्नुपर्ने बताएको छ । समाजका अध्यक्ष गङ्गाबहादुर थापाले […]


भीमेश्वर मन्दिरलाई सूचीकृत गर्न पहल गर्छु – मन्त्री पोखरेल

दोलखा, २१ कात्तिक । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखाको पर्यटन विकासमा टेवा पु¥याउन जिल्लाको प्रसिद्ध धार्मिकस्थल भीमेश्वर मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनका लागि पहल गर्ने बताउनुभएको छ । क्षेत्रीय होटल सङ्घ दोलखाको आयोजनामा आज सदरमुकाम चरीकोटमा आयोजित बधाई कार्यक्रममा मन्त्री पोखरेलले भीमेश्वर मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नसके विदेशबाट समेत दोलखामा पर्यटक […]


संसद्को बैठकमा मोर्चाले मधेस आन्दोलनबारे जानकारी गराउने

काठमाडौँ, २१ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका सम्पूर्ण विषयवस्तु व्यवस्थापिका–संसद्मा राख्ने भएको छ । तराई मधेस आन्दोलनलाई सरकारले बेवास्ता गरेको र उठाइएका मागलाई सम्बोधन गर्न कुनै पहल नगरेर मुलुकलाई कठिन परिस्थितिमा पारेको आरोप मोर्चाले लगाउँदै आएको छ । संसद्को आइतबार बस्ने बैठकमा मधेस आन्दोलनको सम्पूर्ण विषयवस्तु राखेपछि माग पूरा गराउन दबाब दिन […]


ज्येष्ठ नागरिकको आँखाको निःशुल्क शल्यक्रिया, उपचार केन्द्र सञ्चालनका लागि सम्झौता

इलाम, २१ कात्तिक । इलामको फिक्कलमा ज्येष्ठ नागरिकका लागि सञ्चालित दुई दिने निःशुल्क नेत्र शल्यक्रिया शिविर सुरू भएको छ । हेल्प एजको सहयोगमा नेपाल नेत्र ज्योति सङ्घ इलाम, प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलको आयोजना र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरेको शिविरमा १३० जनाको शल्यक्रिया गरिने बताइएको छ । बरबोटेका प्रजापति कोइरालाले दाहिने आँखाको शल्यक्रियापछि […]


नेपालले झेलेको पारवाहन समस्या शीघ्र समाधान हुनुपर्नेमा अन्तर्राष्ट्रिय समुदायको जोड

काठमाडौँ, २० कात्तिक । अन्तर्राष्ट्रिय समुदायले नेपालले हाल झेल्नुपरेको पारवाहन तथा आपूर्तिसम्बन्धी समस्या शीघ्र समाधान हुनुपर्नेमा जोड दिएको छ । जेनेभामा सम्पन्न राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को २३औँ विश्वव्यापी आवधिक प्रतिवेदन कार्यदलको बैठकमा भाग लिएर आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री कमल थापाले अन्तर्राष्ट्रिय समुदायको उक्त चाहनाबारे जानकारी दिनुभएको हो । “भूपरिवेष्ठित राष्ट्रले […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter