• Wednesday, April 23, 2025

समाचार

विद्युत कटौती हुन थालेपछि उद्योगीले गुहारे प्राधिकरण

लक्ष्मण पौडेल / भैरहवा, माघ २९ गते । रुपन्देहीका उद्योगीहरूले अघोषित विद्युत कटौती (लोडसेडिङ) ले उद्योगमा उत्पादनको काम ठप्प भएको भन्दै विद्युत प्राधिकरणसँग समस्या समाधानको माग गरेका छन् । केही समय यता विद्युतको समस्या झेल्दैआएका रुपन्देहीका उद्योगीले २४ घण्टा नै केही दिनदेखि अघोषित रूपमा लोडसेडिङको मारमा परेको बताएका छन् । रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप […]


बाँसबारी जग्गा प्रकरणमा अरूण चौधरीलाई छाड्ने अदालतको आदेशप्रति गृहमन्त्री श्रेष्ठ असन्तुष्ट; एयरपोर्ट अध्यागमनमा जाने कर्मचारी पाउन गाह्रो भयो

काठमाडौं, माघ २८ गते । बाँसबारी जग्गा प्रकरणमा व्यवसायी अरूण चौधरीलाई छाड्ने अदालतको आदेशप्रति उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन्। आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले व्यवसायी चौधरीलाई छाड्ने अदालतको आदेशप्रति प्रश्न उठेको बताए। ‘राज्यको कार्यकारी अंग सरकार हो। तर राज्यका अरू अंगहरू पनि छन्। जुन शक्ति पृथकीकरणको सिद्धान्तअनुसार […]


अर्थतन्त्र लयमा फर्किसक्यो : अर्थमन्त्री डा. महत

विष्णुप्रसाद पोखरेल / दमक, माघ २८ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लयमा फर्किसकेको बताउँदै अहिले विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा रहेको बताउनुभएको छ । आर्थिक अवस्था धेरै शिथिल रहेको अवस्थालाई चलायमान बनाउन चुनौती रहेको अवस्थामा आफूहरूले काम गरेको उल्लेख गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । झापाको दमकमा आइतबार दमक उद्योग वाणिज्य सङ्घले […]


लगानी सम्मेलनअघि कुन-कुन कानुनमा कस्तो संंशोधनका लागि गरियो सिफारिस ?

काठमाडौँ, माघ २७ गते । आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन अघि विभिन्न कानुनमा सुधारका लागि सिफारिस गर्न गठिन कार्यदलले एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्ने सचिव एकनारायण अर्यालको संयोजकत्वमा […]


मेलामा तेजपातको करोड कारोबार

विजयकुमार साह / ढल्केबर, माघ २७ गते । जनकपुरधामबाट करिब १८ किलोमिटर उत्तर–पूर्वमा धनुषाधाम पर्छ । यहाँ हरेक वर्ष माघमा एक महिने मकरसङ्क्रान्ति मेला लाग्छ । सो मेलामा करिब एक करोड रुपियाँ बरावरको तेजपातको कारोबार भएको छ । त्रेतायुगमा तत्कालीन मिथिलाका राजा जनकको प्रतिज्ञा पूरा गर्न भगवान् रामले शिवको पिनाकमा प्रत्याञ्च चढाउँदा तीन टुव्रmा भएर […]


राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन मनाइने

काठमाडौँ, माघ २६ गते । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र […]


६ महिनामा पाँच हजार ३६४ जना पक्राउ, एक अर्ब १९ करोडभन्दा बढी जरिवाना

काठमाडौं, माघ २६ गते । नेपाल प्रहरी प्रधान कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब १९ करोड ८५ लाखभन्दा बढी जरिवाना असुल गरेको छ । साथै चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा पाँच हजार ३६४ जना फरार प्रतिवादी पक्राउ परेको प्रहरीले जानकारी दिनएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले उक्त अवधिमा पक्राउ […]


महिलालाई नौमती बाजा बजाउने तालिम

लीलाराज खड्का / बिर्तामोड, माघ २५ गते । शिवसताक्षी नगरपालिकाले नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि महिलालाई नौमती बाजा बजाउने तालिम सुरु गरेको छ । झापामा पछिल्लो पटक कन्काई नगरपालिका र बिर्तामोड क्षेत्रका महिलाले तालिम लिएर व्यावसायिक रूपमै नौमती बाजा बजाउन सुरु गरेसँगै शिवसताक्षी नगरपालिकाले समेत यस प्रकारको तालिमको सुरुवात गरेको हो । नयाँ पुस्तामा […]


स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैङ्कबाट

काठमाडौँ, माघ २५ गते । स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा बुधबार त्रिपक्षीय सम्झौता भएको हो । यो समझदारीसँगै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा राष्ट्रिय वाणिज्य बैङ्कले […]


‘भ्यालेन्टाइन डे’मा ३ लाख ५० हजार स्टिम गुलाफ माग

काठमाडौँ , माघ २४ गते। फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताए । मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter