• Wednesday, April 23, 2025

समाचार

राजस्व लक्ष्य भेट्ने काम गर्न अर्थमन्त्रीको निर्देशन

भैरहवा, माघ २४ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिनुभएको छ। बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘‘राजस्वको लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुहोस्।’’ उहाँले जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नभएको बताउनुभएको छ। ‘‘उच्च कर्तव्यनिष्ठताका साथ कर्मचारीले काम गर्न निर्देशन दिँदै मन्त्री डा. […]


नागढुङ्गा सुरुङ फागुन २३ मा ‘ब्रेक थ्रु’को तयारी

विष्णु पाण्डेय / काठमाडौं, माघ २३ गते। नागढुङ्गामा निर्माणाधीन सुरुङ मार्गको टनेल ‘ब्रेक थ्रु’को चरणमा पुगेको छ। आगामी फागुन २३ गते नागढुङ्गा सुरुङ मार्ग ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका सिनियर डिभिजलन इन्जिनियर गोविन्द दुमरुका अनुसार ‘ब्रेक थ्रु’ हुनका लागि अब मात्र ३२ मिटर बाँकी रहेको छ। उहाँका अनुसार फागुन […]


सङ्घीय संसद्को महासचिवमा पाण्डेय

काठमाडौँ, माघ २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को महासचिव पदमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले मङ्गलबार प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम पाण्डेयलाई महासचिवमा नियुक्त गर्नुभएको हो । पाल्पा जिल्ला रिव्दिकोट गाउँपालिका–१ निवासी पाण्डेयलाई मिति २०८० माघ २३ गते […]


टेलिकमले सेवाको गुणस्तर बढाउनुपर्छः मन्त्री शर्मा

काठमाडौं, माघ २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकम विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल टेलिकम सरकारको अधिकांश स्वामित्व भएको संस्था भएकाले सरकारको […]


आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा : अर्थमन्त्री महत

त्रिशूली (नुवाकोट), माघ २२ गते । अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा हो भन्नुभएको छ । आज नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले रोजगार सिर्जना, आर्थिक उपार्जनलगायत क्षेत्रका लागि शिक्षा नै पहिलो आधार रहेको बताउनुभयो । “विकासका लागि पूर्वाधार निर्माण आवश्यक पर्दछ । यसले दैनिक […]


इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड जरिवाना

काठमाडौँ, माघ २१ गते । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश दिएको छ । सम्पत्ति शुद्धिकरण अभियोगमा दोषी ठहर गर्दै विशेष अदालतले यस्तो सजाय तोकेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धिकरणको मुद्दामा […]


जङ्गली जनावरबाट बाली जोगाउन खेतमा बास

जनार्जन खत्री / सर्लाही, माघ २१ गते । सर्लाहीमा जङ्गल छेउछाउ खेतबारी भएका किसानलाई जङ्गली जनावरले हैरान पार्न थालेपछि स्थानीय कृषकहरूको खेतमै बास भएको छ । रातको समयमा विभिन्न जङ्गली जनावर खेतबारीमा आएर तरकारी र अन्य बालीनाली खाइदिँदा किसान मारमा परेका हुन् । पछिल्लो समय हरिण, बँदेल, घोडगधा (निलगाई), बाँदरलगायतका जङ्गली जनावरले असाध्य दुःख दिन […]


जडिबुटी उत्पादन गरेर रोजगारी सिर्जना गरिने

जीवछ यादव / लहान, माघ २० गते। संघीय वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वनक्षेत्रमा जडिबुटीको खेती गरेर किसानलाई सम्पन्न बनाउने र रोजगारी सिर्जना गर्ने कार्य अघि बढाएको बताउनुभएको छ। सिरहा संघीय निर्वाचन क्षेत्र नम्बर–४ कल्याणपुर नगरपालिका वडा नम्बर–५ मा रहेको कमलामाई वन उपभोक्ता समिति निर्दनाले जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना सम्बन्धी छलफल […]


भूमिहीनलाई जग्गा उपलब्ध गराउन नाँपजाँच; स्थानीय तहमा निस्सा वितरण

तिलाचन पाण्डे / तम्घास, माघ २० गते । गुल्मीमा भूमिहीनका लागि जग्गा उपलब्ध गराउन नाँपजाँच कार्य सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग गुल्मीमा आवेदन दिएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाँपजाँच कार्य सुरु गरिएको जिल्ला अध्यक्ष राम मल्ल ठकुरीले जानकारी दिनुभयो । जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा […]


आन्तरिक रोजगार प्रवर्धन दशक मनाउन सरकारलाई अनुरोध

काठमाडौँ, माघ १९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने र यसको तयारीका लागि आवश्यक कार्य गर्ने निर्णय गरेको छ । श्रममन्त्री शरत्सिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्ने गरी आर्थिक क्रियाकलापको विस्तार […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter