
बोमलाल गिरी / नवलपुर, पुस ३ गते। नवलपुरको पहाडी क्षेत्रका किसानका लागि नगदेबालीको रूपमा रहेको अदुवा आम्दानीको मुख्य स्रोत भएको छ। विगतका वर्षमा भन्दा यो पटक अदुवाले गाउँमै राम्रो भाउ पाएपछि किसान पनि मक्ख परेका छन्। नवलपुर बुलिङटार वडा नम्बर ४ देउरालीका तिलबहादुर पुलामी विदेशको राम्रो कमाई छोडेर स्वदेश फर्किएर अदुवा खेती गर्न थाल्नु भयो। […]

काठमाडौं, पुस ३ गते। मंसिर महिनामा ७१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुनः श्रम स्वीकृतिसहित ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ३६ हजार ८० जनाले पहिलो पटक श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । मंसिर महिनामा संसारका १०८ देशमा […]

काठमाडौं, पुस ३ गते। सर्वोच्च अदालतले डा सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज डा पौडेललाई निर्देशक पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । सो मन्त्रालयले गत मङ्सिर १४ गते डा […]

काठमाडौं, पुस २ गते । काठमाडौँ महानगरपालिकाले ‘पुस्तकविहीन शुक्रबार’ मा प्रयोगात्मक शैक्षिक क्रियाकलाप सञ्चालनका लागि इच्छुक सङ्घसंस्थालाई सूचीकृत हुन आव्हान गरेको छ । शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले यसरी सञ्चालन हुने कार्यक्रमका लागि छुट्टै बजेटको व्यवस्था गरिएको बताउनुभयो । कोइरालाले भन्नुभयो, “यो बजेट हामी विद्यालयमा पठाउँछौँ । विद्यालयहरूले आफैँ कार्यक्रम सञ्चालन गर्ने छन् । पुस्तकरहित […]

काठमाडौँ, पुस २ गते । वैदेशिक रोजगार विभागले दोस्रो संशोधित मापदण्ड अनुसार विवरण पेस गर्न सबै अभिमुखीकरण तालिमप्रदायक संस्थालाई निर्देशन दिएको छ । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि दोस्रो संशोधनले नयाँ मापदण्ड तयार गरेकाले सोहीबमोजिम तालिमप्रदायक संस्थालाई आउँदो पुस १९ भित्र अद्यावधिक गर्न विभागले निर्देशन दिएको हो । विभागका निर्देशक कविराज उप्रेतीले अभिमुखीकरण तालिमप्रदायक केही संस्था […]

काठमाडौँ, मङ्सिर २५ गते । नेपालबाट वार्षिक १२ अर्ब मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको छ । नेपाल हस्तकला महासङ्घले २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिताबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालबाट ६० भन्दा बढी देशमा सो मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको जानकारी दिइयो । त्यस […]

तनहुँ / मङ्सिर २५ गते । तनहुँको देवघाट गाउँपालिका–१, २, ३ र ४ मा उत्पादित सुन्तलाको प्रभाव काठमाडौँ महानगरपालिकासम्म परेको छ । आइतबार ‘गाउँमा करोडौँको सुन्तला, बजार पुर्याउन गाह्रो’ शीर्षकमा राष्ट्रिय समाचार समिति (रासस)मा प्रकाशित समाचारको प्रभावले देवघाटका किसानलाई बजार र अनुदानको व्यवस्था गर्ने विषय महानगरको छलफलमा पुग्ने भएको हो । काठमाडौँलाई मुख्य बजार बनाएर […]

काठमाडौं, मङ्सिर २४ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउने बताउनुभएको छ। आइतबार गम्भीर मानवअधिकार उल्लंघनका पीडितको राष्ट्रिय सञ्जालद्वारा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट टुंग्याउने अन्तिम प्रयास गर्ने तर राष्ट्रिय सहमति हुन नसके बहुमतको आधारमा टुंग्याउने बताउनुभएको हो। उहाँले […]

सिन्धुपाल्चोक, मंसिर २४ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न सरकारले ढिलाइ गरेको भन्दै चाँडो व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्नुभयो । मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौँवासीका लागि पानीको व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने उहाँको भनाइ छ । […]

सुलीकोट / मंसिर २३ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुढी गण्डकी आयोजना अघि बढाउन खोज्दा आफू नेतृत्वको सरकार ढालिएको बताउनुभएको छ । पार्टीले सञ्चालन गरेको ‘सम्बृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत गोरखा आइपुग्नुभएका अध्यक्ष ओलीले शनिबार गोरखामा आयोजित अन्तरक्रियामा सो कुरा बताउनुभएको हो । “म पहिलोचोटी यो देशको प्रधानमन्त्री […]