• Wednesday, April 23, 2025

समाचार

हिमाल आरोहणका लागि एक हजार ३२९ ले लिए अनुमति

काठमाडौँ, मङ्सिर २३ गते । शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबार स्वदेशी तथा विदेशी गरी १७२ समूहका एक हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका हुन् । विभागका निर्देशक राकेश गुरुङका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमादब्लम आरोहणका लागि अनुमति लिनेहरू […]


अबको पर्यटन छुट्टै हुनुपर्छ : अर्थमन्त्री डा. महत

पोखरा, मङ्सिर २२ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले अबको पर्यटन त्यस्तै होइन, छुट्टै हुनुपर्ने बताउनुभएको छ। शुक्रबार पोखरामा ८ औं पर्वतीय महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री डा. महतले प्राकृतिक र अर्गनिक उत्पादन मात्र सर्भ गर्न पोखराका व्यवसायीलाई अनुरोध गर्नुभयो। मन्त्री डा. महतले भन्नुभयो, ‘‘एउटा होटलबाट सुरु गरौं न यो काम। त्यसपछि यहाँका कृषि उत्पादनले बजार पाउँछ। […]


सिंचाइँ सुविधाले कृषकलाई राहत

मीना कंडेल / कावासोती, मङसिर २२ गते । नवलपुरको कावासोती –३ मा डिप ट्युबवेल सिंचाइँ सञ्चालनमा आएसँगै कृषकलाई राहत मिलेको छ । सिंचाइँका लागि आकाशे पानीको भर पर्नुपर्ने यस क्षेत्रका कृषक अहिले सिंचाइँ सुविधा पुगेपछि खुसी भएका हुन् । गाउँमा डिप ट्युबवेल सिंचाइँ सञ्चालन भएपछि अहिले भने थप सहयोग पुगेको कृषकको भनाइ छ । कावासोती […]


एनसेलबारे ३० दिनभित्र स्वतन्त्र अनुसन्धान गर्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको शेयर खरिद बिक्री तत्काललाई रोक्न सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले एनसेल खरिद बिक्री तत्काल रोक्न र ३० दिनभित्र स्वतन्त्र अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले एनसेल सेयर बिक्री प्रकरणमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्व जानकारी गराउनुपर्नेमा प्रारम्भमा जानकारी नगराई […]


साढे चार वर्षमा आधा काम पनि सम्पन्न भएन नारायाघाट–बुटवल सडक

बोमलाल गिरी / नवलपुर, मंसिर २० गते । साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैले मर्मत गर्नेगरी २०७५ साल चैतमा नारायाघाट–बुटवल सडकको शिलान्यास गरिएको थियो । तर चार वर्ष आठ महिनाको अवधिमा आधा पनि काम सम्पन्न भएको छैन । चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडकलाई […]


एनसेल खरिद–बिक्री शंकास्पद, सरकारले तत्काल छानबिन गर्नुपर्छः सत्ता गठबन्धन; यस्तो आयो सरकारको धारणा

काठमाडौं, मङ्सिर १९ गते। सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ। बैठकपछि […]


पृथ्वीराजमार्गको कालोपत्रे धमाधम

अमरराज नहर्की / तनहुँ, मङ्सिर १९ गते। पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार कार्य अन्तर्गत थप पाँच किलो मिटरको कालोपत्रे सुरु भएको छ। योजना पूर्वी खण्डको काम सुरु भएको हो। आँबुखैरेनी गाउँपालिका चोकदेखि मार्की चोकसम्मको साढे चार किलोमिटर सडकको कालोपत्र मङ्गलबार सुरु भएको हो। पूर्वी खण्डका आयोजना प्रमुख श्याम यादवका अनुसार गाउँपालिकाचोकबाट सुरु गरेर गत असार […]


सुन्तला उत्पादनमा वृद्धि हुँदा किसान उत्साहित

गल्याङ / मङ्सिर १८ गते । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् । मौसम अनुकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौँलामा यस वर्ष सुन्तलाको उत्पादन बढेको हो । सुन्तला पकेट सञ्चालक समिति सिरौँलाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँलामा अघिल्लो वर्ष रु दुई करोडको सुन्तला बिक्री भएको […]


बीउ उत्पादनमा आत्मनिर्भर बनाउन माग

रमेश विश्वकर्मा / गुल्मी, मंसिर १८ गते । गुल्मीमा सहभागी एक कार्यक्रमका कृषकहरूले जिल्लालाई बीउ उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने माग गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा कृषकलाई व्यावसायिक बीउ उत्पादनका लागि बीउबिजन व्यवसायी अनुमतिपत्र प्राप्त गर्न आवश्यक पर्ने तालिममा सहभागी कृषकहरूले यस्तो बताएका हुन् । तालिम कृषकका लागि अत्यन्तै उपयोगी भएको भन्दै बीउको कारोबारमा सहजता ल्याउन […]


कर्णाली नदीमा विश्वकै लामो र्‍याफ्टिङ हुने

काठमाडौँ, मङ्सिर १७ गते । अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट २०२४ मार्च ८ देखि १३ तारिख सम्म नेपालमा हुने भएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज, नेपाल नदी संरक्षण संस्था एनआरसिटी र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter