सिबी अधिकारी / काठमाडौँ, चैत १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि २० आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ । सगरमाथाका तीनसहित २० आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ । आज मात्रै सगरमाथाका तीनसहित छ आरोही […]
काठमाडौं, चैत १७ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले थ्री नेशन्स कप जित्ने टोलीका प्रत्येक सदस्यलाई पुरस्कृत गर्ने भएको छ । टोलीका प्रत्येक सदस्यलाई एन्फाले एक एक लाख रुपियाँ पुरस्कार दिने जनाएको छ । एन्फाका प्रवक्ता किरण राईका अनुसार थ्री नेशन्स कपको उपाधि जित्दा नेपालले पुरस्कारबाट प्राप्त गरेको पाँच हजार अमेरिकी डलरबाट टोलीका सदस्यलाई वितरण […]
इश्वरचन्द्र झा / काठमाडौं, चैत्त १६ गते । नेपाल ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । उपाधिको लागि भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको उपाधि जितेको हो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ट्रफी उचाल्न सफल भयो । सन् १९९९ मा दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाललाई हराएर बङ्गलादेशले ट्रफी उचालेको थियो […]
शान्ता अधिकारी / चितवन, चैत १५ गते । भरतपुर महानगरपालिका– ५ पिपलचोक नजिकैको एउटा कृषि फार्म । कालो प्लाष्टिकको छापो (मल्चिङ) माथि राताम्मे स्टेवरी । कृषि स्नातकदेखि कृषि विषयमा विद्यावारिधि गर्ने अनुसन्धानकर्ताहरुको अध्ययन र अनुसन्धानस्थल र सर्वसाधारणको लागि नयाँ र आकर्षणको केन्द्र । भरतपुर महानगरपालिका– ५ पिपलचोक नजिकै सशान्त देवकोटा नेतृत्वको आठ जनाको समूहले शुरु […]
काठमाडौँ, चैत १४ गते । दिवङ्गत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको आज अन्त्येष्टि गरिएको छ। मस्तिष्कघातका कारण शुक्रबार राति ८ः२४ बजे नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा निधन भएका नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। उहाँको पार्थिव शरिरमा स्व जोशीका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिएका थिए। अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलिका लागि उनको […]
सिबी अधिकारी / काठमाडौं, चैत १३ गते ।वसन्त यामको सगरमाथा आरोहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) जारी गरेको छ । सो यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् । बहराइनका राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आरोहण अनुमति लिएका विभागले आज यहाँ […]
चितवन / चैत १२ गते । चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ । एक वर्षदेखि काठमाडौँमा उपचार गराउँदै आउनुभएका भरतपुर महानगरपालिका–१० स्थायी घर भई हाल काठमाडौँ बस्दै आउनुभएका लामालाई उहाँकी छोरी उषा तामाङले कलेजो दान गर्नुभएको थियो । […]
काठमाडौँ, चैत ११ गते । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत फागुन मसान्तसम्म ३५ दशमलव १९ प्रतिशत मात्रै जडान सम्पन्न भएको छ । पहिलो खण्डअन्तर्गत प्रदेश नम्बर १, २ र […]
काठमाडौँ, चैत १० गते । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता हुनुभएको छ । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गर्नुभएको थियो । राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति […]
मुकुन्द गैरे / काठमाडौँ, चैत्र ९ गते । मेलम्चीबाट पहिलो चरणमा आउने पानी खान मिल्ने प्रशोधित पानी आउने भएको छ । मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा पठाउन तोकिएकै समय अर्थात् यही चैत्र १५ गते भित्र आउने भएको छ । कार्यविधि अनुसार १० दिन सुरुङ भित्र पानी होल्ड गरेर राख्नु पर्ने भएकाले यसै अनुसार पानी राखिएको मेलम्ची […]