एक्सक्लुसिभ समाचार

प्रधानमन्त्री ओलीसँग भारतका विदेश सचिवद्वारा शिष्टाचार भेट; भारतमा उत्पादित खाेप बजारमा आउनेवित्तिकै नेपाललाई उपलब्ध गराउँछाैं : शृङ्गला

काठमाडौं, मंसिर ११ गते । भारतका विदेश सचिव हर्षवर्धन शृङ्लले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । उहाँ नेपाल भ्रमणका लागि आज काठमाडाैं आइपुग्नु भएकाे थियाे । भारतमा उत्पादित खाेप बजारमा आउनेवित्तिकै नेपाललाई उपलब्ध गराउँछाैं : शृङ्गला नेपाल र […]


तीन महिनामा विप्रेषण १२.६ प्रतिशत बढ्याे, दुई खर्ब ५८ अर्ब भित्रियो

काठमाडौँ, मङ्सिर १० गते। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रु दुई खर्ब ५८ अर्ब ८६ करोड बराबरको विप्रेषण भित्रिएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो । कोरोनाका कारण प्रमुख श्रम गन्तव्यमा समेत रोजगारीमा समस्या आए पनि […]


पारस खडका आईसीसीको दशक पुरस्कारको मनोनयनमा

काठमाडौं, मंसिर ९ गते । नेपाली क्रिकेट टोलीका पूर्ब कप्तान समेत रहनुभएका अलराउण्डर पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एशोसिएट प्लेयर अफ द् डिकेड पुरस्कारका लागि मनोनयनमा पर्नुभएको छ । पारससँगै अशोसिएट राष्ट्रबाट स्कटल्याण्डका काइल कोट्जर, कैलम म्याकक्लोयड, रिची बेरिंगटन, पपुवा न्यू गिनीका असाद भाला र नेदरल्याण्ड्सका पिटर बोरेन पुरस्कारको मनोनयनमा परेका छन् । आईसीसीले एक […]


सरकारविरुद्धका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रमकाे आग्रह

ताप्लेजुङ, मङ्सिर ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उहाँले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज […]


सामाजिक सुरक्षा योजना: परिमार्जनको तयारी, आवश्यक परेमा झिक्न सकिने

अशोक घिमिरे / काठमाडौँ, मङ्सिर ७ गते । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाप्रति आकर्षण बढाउन योगदानकर्ताको चाहनाअनुसार केही योजना परिमार्जनको प्रस्ताव गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएको दुई वर्ष पुग्न लागे पनि योजनाप्रति सरोकारवालाको सहभागिता न्यून देखिएपछि कोषले योजना परिमार्जन गर्न लागेको हो । सामाजिक सुरक्षाको आधारभूत अवधारणासँगै योगदानकर्ताको चाहनालाई […]


घलेगाउँ घरबासमा आउन थाले पर्यटक

लमजुङ, मङ्सिर ५ गते । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् । गत साउनसम्म घरबास बन्द रहेकोमा भदौ १ गतेबाट खुल्ला भएपछि कहिलेकाहीँ दुई चार जना आउन थालेका थिए । […]


सहलगानी सम्बन्धी कार्यविधि स्वीकृत गाैरवका आयाेजनामा आन्तरिक लगानी जुटाउन सहज

काठमाडौं, मंसिर ५ गते । सरकारले स्थानीय तहमा निर्माण गर्न लागेको पाँचदेखि १५ शय्याको आधारभूत अस्पतालका लागि आवश्यक जग्गा प्राप्तिको बाटो खोलेको छ । मुलुकका ७५३ स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित कार्य अगाडि बढाएको सरकारले अस्पतालका लागि जग्गा नभएको स्थानमा सरकारी जग्गा लिजमा लिन सक्नेगरी कार्यनीतिमा संशोधन गरेको छ । सरकारले नीति तथा […]


तरकारीको बिरुवा हुर्कदा मनमा खुसी हुर्कन्छ

नवीन शिशिर विक / बागलुङ, मंसिर ४ गते । गाउँमा रोजगारीको अभाव, परिवार पाल्नुपर्ने बाध्यता, वैदेशिक रोजगारको लागि अनिच्छुक, यस्तै बाध्यता र परिस्थितिले यामप्रसाद शर्मालाई बनायो कृषक । काठेखोला गाउँपालिका–२ भीमापोखरा सिमका यामप्रसाद शर्माले विगत १५ बर्षदेखि गाउँमै व्यावसायिक तरकारी खेती गरेर परिवार पाल्दै आउनुभएको छ । ‘आवश्यकता नै आविष्कारको जननी हो’ भने जस्तै परम्परागत […]


एक हजार ४४२ जना सङ्क्रमित थपिए, तीन हजार ५३८ जना सङ्क्रमणमुक्त

काठमाडौं, मंसिर ३ गते । नेपालमा कोरोना भाइरसका एक हजार ४४२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ४४२ जना सङ्क्रमित थपिएको र तीन हजार ५३८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म १६ लाख २३ हजार ७५४ नमूनाको आरटी पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा […]


प्रदेश नं २ सरकार सार्वजनिक यातायात सञ्चालन गर्दै

धनुषा, मङ्सिर २ गते । प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि पाँच बस पनि खरीद गरिसकेको छ । भौतिक विकास पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले प्रदेशवासीलाई यातायातमा सहुलियत दिन प्रदेशस्तरीय बस सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । ती बस अहिले धनुषाको […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter