पारस खडका आईसीसीको दशक पुरस्कारको मनोनयनमा

काठमाडौं, मंसिर ९ गते । नेपाली क्रिकेट टोलीका पूर्ब कप्तान समेत रहनुभएका अलराउण्डर पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एशोसिएट प्लेयर अफ द् डिकेड पुरस्कारका लागि मनोनयनमा पर्नुभएको छ । पारससँगै अशोसिएट राष्ट्रबाट स्कटल्याण्डका काइल कोट्जर, कैलम म्याकक्लोयड, रिची बेरिंगटन, पपुवा न्यू गिनीका असाद भाला र नेदरल्याण्ड्सका पिटर बोरेन पुरस्कारको मनोनयनमा परेका छन् ।

आईसीसीले एक दशकसम्म उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटरलाई विभिन्न शिर्षकमा पुरस्कृत गर्न लागेको हो । स्पिरिट अफ क्रिकेट, आईसीसी अशोसिएट क्रिकेट, आईसीसी महिला एशोसिएट क्रिकेट, महिला क्रिकेट, पुरुष क्रिकेट, ओडीआई पुरुष र महिला क्रिकेट, टेष्ट क्रिकेट लगायतको विधाका क्रिकेटरको मनोनयन सूची आईसीसीले सार्वजनिक गरेको हो ।

३३ वर्षीय पारसले नेपालले एकदिवसीय मान्यता प्राप्त गरे यता छ अन्तर्राष्ट्रिय एकदिवसीयमा २३५ रन बनाउनुभएको छ । १५ टी ट्वान्टीमा उहाँले ७७४ रन बनाउनुभएको छ । एकदिवसीय खेलमा उहाँले एक शतक र एक अद्र्धशतक समेत लगाउनुभएको छ ।

नेपालको प्रतिनिधित्व गर्नुहुँदै उहाँले उमेर समूहका खेल सन् २००० को सुरुवातमै सुरु गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter