एक्सक्लुसिभ समाचार

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने

वासिङ्टन डिसी, जेठ ३१ गते । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ । उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्ले आगामी महासभामा पेश गर्न सैद्धान्तिक सहमतिसमेत प्रदान गरिसकेको छ […]


जुम्लामा एमबीबीएस पढाइ हुने: २५ सिट दिने आयोगको निर्णय

शूरबहादुर सिंह / कर्णाली, जेठ ३० गते । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतीक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ । यही जेठ […]


गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त

कास्की, जेठ २९ गते । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उहाँलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । २००६ साल १३ मंसिरमा तनहुँमा जन्मिएका पोखरेलका बुबा प्रजातन्त्र सेनानी हुनुहुन्थ्याे । उहाँ पञ्चायतकालदेखि सक्रिय राजनीतिमा हुनुहन्छ। उहाँ २२ […]


बाँस र नियालोले परिवार धान्दै, ८० वर्षीय बाडी गुरुङ

लमजुङ, जेठ २८ गते । सेतै फुलेको दारी, कपाल । चाउरिएका मुहार । शिरमा टाका टोपी, शरीरमा भोटो र कच्छाड र खुट्टामा एक जोर चम्पल । यति मात्र नभई हातमा लिएको हँसियाले बाँस, नियालोको चोयासँगै रमाउनु हुन्छ, दोर्दी गाउँपालिका—३ नौथर शेराका ८० वर्षीय बाडी गुरुङ । आराम गरेर बस्नुपर्ने उमेरमा युवाहरु भन्दा व्यस्त हुनुहुन्छ उहाँ […]


राष्ट्रपतिद्वारा नवनियुक्त मन्त्रीहरुलाई सपथ; गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त

काठमाडौं, जेठ २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रिहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेरफेर गर्नुभएको थियो । सात मन्त्री र एक राज्यमन्त्री थप गरी प्रधानमन्त्री ओलीको सिफारिसमा २५ सदस्यीय मन्त्रिपरिषद बनाउनुभएको हो । संविधानमा बढीमा २५ सदस्यीय संघीय सरकार गठन गर्नसक्ने व्यवस्था गरेको छ । […]


अन्तरिम आदेश भएन, कारण माग, असार ९ देखि नियमित सुनुवाइ

काठमाडौँ, जेठ २६ गते । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो आदेश जारी गरेको हो । इजलासले उक्त विवादमा आगामी असार ९ गतेदेखि निरन्तर […]


भानुभक्त प्राणी उद्यानमा १७७ प्रजातिका चरा फेला

अमरराज नहर्की / तनहुँ, जेठ २५ गते । तनहुँको भानुभक्त प्राणी उद्यान क्षेत्र १७७ प्रजातिका चराको क्रिडास्थल भएको पत्ता लागेको छ । गर्मी मौसममा १४४ र बाँकी हिउँद याममा गरी सो सङ्ख्यामा चरा भेटिएको हो । हालै गरिएको साताव्यापी चरा अनुगमनका क्रममा १२४ फेला परेपछि गर्मी र हिउँद मौसममा गरी उद्यानमा १७७ प्रजातिको चराहरुको क्रिडास्थल […]


तीन हजार ३७० थपिए, छ हजार ९५१ कोरोनामुक्त, ९२ को मृत्यु

काठमाडौं, जेठ २४ गते । नेपालमा कोरोनाभाइरसका तीन हजार ३७० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार २ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै नेपालमा कोरोना कुल सङ्क्रमित पाँच लाख ९१ हजार ४९४ जना पुगेको जनाएको छ । हाल नेपालमा ८५ हजार ५४४ […]


मेलम्चीको हेडवर्क निर्माण सम्पन्न, भौतिक काम लगभग पूरा

मुकुन्द गैरे / काठमाडौं, जेठ २३ गते । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाकोे बाँकी काममध्ये हेडवर्क निर्माणकाे काम पनि सम्पन्न भएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले हेडवर्क बनाउने काम सम्पन्न भइसकेको र बाहिर गेटका ढोका राख्नको लागि काम भइरहेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । पछि सुरुङमा जस्तै समय समयमा हेडवर्क सफा गर्नुपर्ने […]


सेनाको अगुवाइमा विभिन्न हिमालबाट २७ हजार ६७१ किलो फोहर सङ्कलन

काठमाडौँ, जेठ २२ गते । नेपाली सेनाले विश्व वातावरण दिवसका अवसरमा सफा हिमाल अभियानमा सम्लग्न सैनिक टोली र सहयोगी संस्थालाई कदरपत्र प्रदान गरेको छ । सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित कार्यक्रममा प्रबन्धरथी उपरथी गोकुल भण्डारीले उहाँहरुलाई कदरपत्र प्रदान गर्नुभएको हो । सेनाको अगुवाइमा सर्वाेच्च शिखर सगरमाथा सहित ल्होत्से, मकालु, धवलागिरी, पुमोरी र आमादब्लम हिमालबाट […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter